- विकेटनेपाल, बैशाख २७ – बिहिबार
प्रदेश नम्बर ६ को राजधानी सुर्खेतमा इतिहासमै पहिलो पटक हुन लागेको रास्ट्रीय स्तरको प्रतियोगिता कर्णाली प्रिमियर लिग टि-२० मा सहभागी हुने टिम र टिमका कप्तानको नाम सार्बजनिक गरिएको छ ।
बन्धु विकास सहकारी संस्थाको आयोजनामा हुन लागेको प्रतियोगिता पहिले जेष्ठ ४ गतेबाट १२ गतेसम्म हुने भनिएपनि एकदिन अगावै अर्थात जेष्ठ ३ गतेबाट सुरु हुने आयोजकले जनाएका छन् ।
टिमको नाम र कप्तान
क्रमसंख्या | टिमको नाम | कप्तान |
---|---|---|
१ | एबिसी स्पोर्ट्स क्लब | रुपेश श्रीवास्तव |
२ | रोयल राइजिङ क्रिकेट क्लब | बिबस गिरि |
३ | मध्यपश्चिम क्रिकेट क्लब | सुबेन्दु पाण्डे |
४ | त्रिभुवन आर्मी क्लब | बिनोद भण्डारी |
५ | रुपन्देही एघार | शक्ति गौचन |
६ | महाकाली क्रिकेट क्लब | प्रदीप ऐरी |
७ | भेरिगङ्गा स्पोर्ट्स क्लब | लोकेन्द्र बि क |
८ | काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टर | संजय बस्नेत |
९ | टिकापुर क्रिकेट क्लब | रबिन्द्र शाही |
१० | धनगढी क्रिकेट एकेडमी | भुवन कार्की |
आयोजक बन्धु विकास सहकारी संस्थाले कर्णाली प्रदेशमा क्रिकेट गतिविधि शुन्य अवस्थामा रहेको र यस क्षेत्रमा क्षमतावान खेलाडीहरुको पहिचान होस् भन्नको लागि प्रतियोगिता आयोजना गर्न लागेको संस्थाका अध्यक्ष टेक बहादुर शाहीले बताए ।
रुस्लानले मुख्य प्रायोजन गर्ने प्रतियोगिताको बिजेताले रु. ३ लाख , उपविजेताले रु. १ लाख ५० हजार प्राप्त गर्नेछ। यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले रु. २ हजार ५०० प्राप्त गर्नेछ भने प्रतियोगिताको उत्कृस्ट खेलाडीले रु. २५, हजार र उत्कृस्ट बलर तथा ब्याट्सम्यानले रु. १० हजार प्राप्त गर्ने घोषणा गरिएको छ। यस्तै प्रत्येक दिन खेल हेर्ने दर्शक मध्ये भाग्यमानी १ जनालाई १ हजार रुपैयाँ समेत प्रदान गरिनेछ।
खेल तालिका २८ गते सार्बजनिक गर्ने प्रतियोगिता लिग-कम नक-आउट फर्म्याटमा आयोजना हुनेछ जसमा सहभागी १० टिमलाई २ वटा समुहमा बिभाजन गरि समुहमा प्रत्येकले एक-अर्कासंग १-१ खेल खेलेपछि समुहको उत्कृस्ट-२ टिमले सेमीफाइनलमा स्थान बनाउने प्रतियोगिता संयोजक रेशम शाहीले जानकारी गराएका छन्। खेलहरु आईसीसीको नियम अनुसार खेलाइने छ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमको आवास र खानाको व्यवस्था आयोजकलेनै गर्ने समेत संयोजक शाहीले बताएका छन्। न्यु ज्वाला ट्रेडर्स एण्ड जेनरल अर्डर सप्लायर्स सुर्खेत सह-प्रायोजकका रुपमा रहने प्रतियोगिताको हस्पिटल पार्टनर देउती हस्पिटल रहनेछ।
सुर्खेतमा यति ठुलो प्रतियोगिता आयोजना हुन लागको यो नै पहिलो पटक हो। राष्ट्रिय स्तरका ख्यातिप्राप्त खेलाडीहरुको सहभागिता रहने हुनाले प्रतियोगिता कर्णाली प्रदेशमै ऐतिहासिक र महत्वपूर्ण हुने बिश्वास आयोजक बन्धु विकास सहकारी संस्थाले गरेको छ।