कर्णाली याक्स र प्लम्बर पाइप्सबीच सम्झौता

दाेस्राे संस्करणकाे एनपीएपकाे फ्रेन्चाइज टाेली कर्णाली याक्स स्पोट्र्स प्रा.लि.ले स्ट्रेन्थ पार्टनरको रुपमा प्लम्बर पाइप्ससँग सह–प्रायोजनका लागि सम्झौता गरेको छ।

आइतबार काठमाडौंको याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र प्लम्बर पाइप्सका म्यानेजिङ डाइरेक्टर नितिन जालानले सम्झौता पत्रमा हस्ताक्षर गरे।

जय बागेश्वरी रोटो मोल्डिङ इन्डस्ट्रिजले यो कम्पनी २०७१ सालदेखि नेपालमा ल्याएको हो। सम्झौता नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि भएको हो।

प्लम्बर पाइप्सका डाइरेक्टर निरज जालानले कर्णाली याक्ससँग जोडिनु गौरवको विषय रहेको बताएका छन्। ‘ प्लम्बर पाइप्स प्लम्बिङ प्रणालीको लागि एक प्रसिद्ध ब्रान्ड हो। नेपालको अग्रणी प्लम्बिङ ब्रान्ड प्लम्बर पाइप्सले कर्णाली याक्ससँग प्रायोजकको रूपमा हात मिलाएको छ,’ कम्पनीका डाइरेक्टर जालानले भने, ‘हाम्रो देशको प्रमुख खेलकुद प्रतियोगिता एनपीएल र कर्णाली याक्ससँग जोडिनु गर्वको कुरा हो। यसबाहेक हामी हाम्रो देशमा खेलकुदको उन्नतिमा योगदान पु¥याउने आशा गर्छौं।’

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्।

यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो।

यसअघि कर्णाली याक्सले विदेशी खेलाडीका स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ।

कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा याक एण्ड यति तथा सह प्रायोजकमा नेबिकोसँग सम्झौता गरिसकेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy