कतार बिरुद्ध नेपालको सिरिज क्लिन स्विप, सिताको कीर्तिमानी प्रदर्शन

तेश्रो तथा अन्तिम खेलमा घरेलु टोलि कतारलाई १०९ रनको विशाल अन्तरले पराजित गर्दै नेपालले तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज क्लिन स्विप गरेको छ। नेपाली महिला राष्ट्रिय टिमले खेलेको यो नै पहिलो अन्तर्राष्ट्रिय सिरिज हो। सिरिज अन्तर्गत नेपालले पहिलो र दोश्रो खेल क्रमशः ११९ रन र ६१ रनले जितेको थियो।

कतारको दोहा स्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको कतारले पुरै २० ओभर ब्याटिंग गर्दै ७ विकेट क्षेतीमा ५५ रन मात्र बनाउन सक्यो। कतारको ब्याटिंगमा अलिना खानले सर्वाधिक १९ रन तथा कप्तान आयशाले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ४ जना ब्याटर रन आउट हुन पुगे। नेपालको बलिंगमा सबनम राई, सरस्वति चौधरी, रुबिना क्षेत्रीले समान एक विकेट लिए।

यस अघि स जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा १६४ रन बनाएको थियो। १६५ रन टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला क्रिकेट टिमको सर्वाधिक योगफल हो। कतारसंग यही सिरिजमा नेपालले पहिलो खेलमा १४६ रन बनाएको थियो जुन रेकर्ड २ खेल पछि टुटेको हो।

नेपालको ब्याटिंगमा ओपनर सिता राना मगरले सर्वाधिक ८२ रन योगदान दिईन्। अविजित रहने क्रममा उनले ७२ बलमा ७ चौका प्रहार गरिन्। यस्तै ज्योति पाण्डेले २४, सरिता मगरले १७ तथा डली भट्टले १२ रन योगदान दिए।

इन्दु बर्मा र रुबिना क्षेत्री पछि सिता टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने तेश्रो नेपाली महिला क्रिकेटर बनिन्। सिताको स्कोर नेपाली महिला क्रिकेटरको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक स्कोर समेत हो। यसै सिरिजमा इन्दु बर्माले बनाएको ५५ रनको रेकर्ड सिताले तोडेकी हुन्।

सिरिज समाप्ति पछि नेपाली क्रिकेट टिम अब टि-२० विश्वकप एसिया छनोट खेल्न युएई प्रस्थान गर्नेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

प्रतियोगिताको खेल तालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २२ तारिखमा हंगकंगसंग आईसीसी एकेडेमी मैदान ( २ ) मा खेल्नेछ। यस्तै दोश्रो खेल सोहि मैदानमा नोभेम्बर २३ तारिखमा भुटानसंग, तेश्रो खेल नोभेम्बर २५ तारिखमा कुवेतसंग आईसीसी एकेडेमी मैदान ( १ ) मा, चौंथो खेल मलेसियासंग सोहि मैदानमा नोभेम्बर २६ तारिखमा तथा पाँचौ खेल नोभेम्बर २८ तारिखमा आईसीसी एकेडेमी मैदान ( २ ) मा युएईसंग खेल्नेछ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]