डिपिएल -३ सुरु, काठमाण्डौले टस जितेर बलिंग गर्ने

धनगढी, माघ २८ – धनगढीमा आजदेखि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा धनगढी स्टार्स र काठमाण्डौ गोल्डेन्स खेल्दैछन्। खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाण्डौ गोल्डेन्सले सोमपाल कामीको कप्तानीमा रहेको धनगढी स्टार्स बिरुद्द पहिले बलिंग गर्ने निर्णय गरेको छ।

बिहानीको समय भएकोले पिचमा सीतको मात्र भएको कारणले टस जितेर बलिंग गरेको गोल्डेन्सका कप्तान मल्लले बताए। यस्तै सोमपालले पनि आफुले टस जितेको भए पहिले बलिंग गर्ने योजना भएको जनाए।

धनगढी स्टार्स एघार: सोमपाल कामी (कप्तान), पवन सर्राफ, सौरभ खनाल, बिपिन खत्री, अमित श्रेष्ठ, राजु रिजाल, रोबिन क्षेत्री, सुनील धमला, सन्दिप रजाली, रोहन मुस्तफा, आमिर हयात

काठमाण्डौ गोलडेन्स एघार: ज्ञानेन्द्र मल्ल (कप्तान)ललित राजबंशी, अनिल साह, बिक्रम भुसाल, राशिद खान, योगेन्द्र कार्की, नन्दन यादब, सोनु तामांग, मेहबुब आलम, गौरब तोमर, अंकित देबसा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy