डिपिएल -३ सुरु, काठमाण्डौले टस जितेर बलिंग गर्ने

धनगढी, माघ २८ – धनगढीमा आजदेखि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा धनगढी स्टार्स र काठमाण्डौ गोल्डेन्स खेल्दैछन्। खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाण्डौ गोल्डेन्सले सोमपाल कामीको कप्तानीमा रहेको धनगढी स्टार्स बिरुद्द पहिले बलिंग गर्ने निर्णय गरेको छ।

बिहानीको समय भएकोले पिचमा सीतको मात्र भएको कारणले टस जितेर बलिंग गरेको गोल्डेन्सका कप्तान मल्लले बताए। यस्तै सोमपालले पनि आफुले टस जितेको भए पहिले बलिंग गर्ने योजना भएको जनाए।

धनगढी स्टार्स एघार: सोमपाल कामी (कप्तान), पवन सर्राफ, सौरभ खनाल, बिपिन खत्री, अमित श्रेष्ठ, राजु रिजाल, रोबिन क्षेत्री, सुनील धमला, सन्दिप रजाली, रोहन मुस्तफा, आमिर हयात

काठमाण्डौ गोलडेन्स एघार: ज्ञानेन्द्र मल्ल (कप्तान)ललित राजबंशी, अनिल साह, बिक्रम भुसाल, राशिद खान, योगेन्द्र कार्की, नन्दन यादब, सोनु तामांग, मेहबुब आलम, गौरब तोमर, अंकित देबसा





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]