पन्त र ठाकुरको शतकीय साझेदारी, भारतद्वारा इंग्ल्यान्डलाई कठिन लक्ष्य

पहिलो इनिंग्समा खराब प्रदर्शन पछि दोश्रो इनिंग्समा शानदार पुनरागमन गर्दै भारतले चौथो टेस्ट जित्न इंग्ल्यान्डलाई ३६८ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ। टेस्ट क्रिकेट इतिहासमा इंग्ल्यान्डले यति ठूलो लक्ष्य पछ्याएर टेस्ट जितेको छैन।

टेस्टको दोश्रो इनिंग्समा भारतले १४८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४६६ रन बनाउदै ३६७ रनको विशाल अग्रता हाँसिल गरेको हो।

चौथो दिनको सुरुवात २७०/३ बाट गरेको भारतले चौथो दिन पहिलो विकेटको रुपमा रभीन्द्रा जडेजालाई गुमाउन पुग्यो। १७ रन बनाएर क्रिस वोक्सबाट एलबिडब्लु भएका जडेजाले कोहलीसंग ५९ रनको साझेदारी गरे। जडेजाको विकेट पछि वोक्सले खाता नखोल्दै अजिंक्ये रहानेलाई पनि एलबिडब्लु पारे। त्यसपछि ४४ रन बनाएका कोहलीलाई मोईन अलिले स्लिपमा क्याच आउट गराए।


३१२/६ को अवस्थाबाट रिशभ पन्त र शार्दुल ठाकुरले शतकीय साझेदारी गर्दै भारतको अग्रता लम्ब्याए। कप्तान जो रुटले ठाकुरलाई आउट गर्दै १०० रनको साझेदारी तोडे। खेलमा दोश्रो अर्धशतक बनाएका ठाकुरले ७२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। त्यसपछि सिरिजमा पहिलो अर्धशतक पुरा गरेकापन्त १०६ बलमा ४ चौका मद्दतले ५० रन बनाएर मोइन अलिबाट कट एण्ड बोल्ड भए। उमेश यादव र जस्प्रित बुम्राहले नवौं विकेटको लागि ३६ रनको साझेदारी गर्दै योगफल ४५० पार गराए। यादव २५ तथा बुम्राह २४ रन बनाएर आउट भए।

यस अघि तेश्रो दिन रोहित शर्माले १२७ रन, चेतेश्वर पुजाराले ६१ रन तथा केएल राहुलले ४६ रन बनाएका थिए।

इंग्ल्यान्डको बलिंगमा क्रिस वोक्सले सर्वाधिक ३ विकेट ( ३२-८-८३-३ ) लिए भने मोईन अलि ( २६-०-११८-२ ) र ओली रोबिन्सनले २ विकेट ( ३२-७-१०५-२ ) लिए। जेम्स एण्डरसन, क्रेग ओभरटन र जो रुटले समान १ विकेट लिए।

टेस्टको पहिलो इनिंग्समा भारतले १९१ रन बनाएको थियो भने इंग्ल्यान्डले पहिलो इनिंग्समा २९० रन बनाएको थियो।

सिरिज अन्तर्गत पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोश्रो खेलमा भारतले १५१ रनले जितेको थियो। तेश्रो खेल इंग्ल्यान्डले इनिंग्स र ७६ रनले जित्दै सिरिज बराबरी गरेको थियो।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]