कुशल मल्लले उत्कृस्ट बलिङ्ग गर्दा काठमाडौँ १०० मै अल-आउट

  • विकेटनेपाल, पुष-५ बिहिबार 

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत दोश्रो क्वालीफायर खेलमा काठमाडौँ किंग्स-११ ले टस हारेर ब्याटिंग गर्दै २० ओभरमा १०० रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको छ। जारि खेलको विजेता टिमले शनिवार खेलिने फाइनलमा ललितपुर प्याट्रीएट्सको सामना गर्नेछ।

खेलमा टस हारेर ब्याटिंग गरेको काठमाडौँ किंग्स-११ ले अत्यन्त खराब सुरुवात गर्ने क्रममा पहिलो ४ विकेट ३७ रनको योगफलमै गुमाउन पुग्यो।

छैठौं ओभरमा कप्तान रोहन मुस्तफालाई शरद भेसावकरले बोल्ड गर्दै काठमाडौँको विकेट पतन सुरुवात गरेका थिए। त्यसको अर्को ओभरमा नरेश बुढायरलाई कुशल मल्लले बोल्ड गर्दै दोश्रो विकेट दिलाए भने त्यही ओभरमा ओ ब्रायन ठुलो सट खेल्ने चक्करमा लंगअनमा क्याच समातिन पुगे। मुस्तफाले ६, नरेशले २ रन बनाए भने केभिन खाता नखोली आउट भए।

Kushal Malla
Kushal Malla

 

६.३ ओभरमा २९/३ भएको काठमाडौँलाई अझ समस्यामा पार्न ११ औं ओभरको दोश्रो बलमा कुशल मल्लले व्यक्तिगत तेश्रो विकेट लिने क्रममा सन्दिप रजालीले १३ रन बनाएर संघर्ष गरिरहेका अमित श्रेष्ठलाई क्याच आउट गराए। ३२ बलमा अमितले १ चौका मदतले १३ रन बनाएका थिए।

पाँचौ विकेटको लागि प्रदिप साहु र डेब्यु गरेका सन्दिप रजालीले ३३ रनको साझेदारी गरे। २५ रन बनाएका साहुलाई अविनाश बोहराले १५ औं ओभरमा आउट गरे। त्यसपछि ब्याटिंग गर्न आएका सोमपाल कामिले ७ रनमा रन आउट हुन पुगे।

ट्यालेन्ट हन्टबाट टिममा स्थान बनाएका रजालीले पनि २७ रन ( २६ बल , १ चौका र १ छक्का ) बनाएर रन आउट हुन पुगे। त्यसपछि १० औं नम्बरमा ब्याटिंगमा आएका राजु रिजाल १ रन बनाएर नबिदको बलमा बोल्ड भए। त्यसपछि तल्लो क्रममा जितेन्द्र मुखिया ( २ ) र संसाद शेख ( ० ) ले पनि योगफलमा खास योगदान दिन नसक्दा टिम २० ओभरमा १०० रनमा अल आउट भयो। सिद्धान्त लोहनी ४ रनमा अविजित रहे।

भैरहवाको बलिङ्गमा यु-१६ राष्ट्रिय क्रिकेटर रहीसकेका कुशल मल्लले सर्वाधिक ३ विकेट लिने क्रममा ४ ओभरमा २० रन खर्चिए। यस्तै मोहम्मद नबिदले २ विकेट ( ४-०-२०-२ ) लिए भने  अविनाश बोहरा ( ३-०-१६-१ ) , शरद भेसावकर ( २-०-४-१ ) ले १/१ विकेट लिए। काठमाडौँले ३ विकेट रनआउटको रुपमा गुमायो।

खेलमा यस अघि लिग चरणमा १ मात्र खेल खेलेका सोमपाल कामिले पनि अन्तिम-११ मा स्थान बनाएका छन्। यस अघि सोमपालले लिग चरणको पहिलो खेलमा चितवन टाइगर्ससंग खेलेपछि गोलिगाँठामा चोटको कारण त्यसपछिको खेल खेल्न सकेका थिएनन्।

काठमाडौँले लेग स्पिनर बिक्रम भुसाल र सागर पुनलाई बाहिर राख्दै ट्यालेन्टबाट आएका सन्दिप रजाली र सोमपाललाई अन्तिम-११ मा स्थान दिईएको हो। सोमपाल खेल्ने भए पनि टिमको कप्तानी भने रोहन मुस्तफालेनै गर्नेछन्। सागर पुन प्रतियोगितामा कमजोर फर्ममा रहेका छन् र ६ खेल खेल्दा १०९ रन बनाउन सकेका छन्। भैरहवा ग्ल्याडीएटर्सले आफ्नो टिमको अन्तिम ११ मा इलिमीनेटरमै खेलाएको अन्तिम-११ खेलाएको छ।

काठमाडौँ अन्तिम ११ – सोमपाल कामि, जितेन्द्र मुखिया, नरेश बुढायर, अमित श्रेष्ठ, राजु रिजाल, संसाद शेख, सिद्धान्त लोहनी , सन्दिप रजाली, रोहण मुस्तफा ( कप्तान ) , केभिन ओ ब्रायन, प्रदिप साहु

भैरहवा अन्तिम ११ – शरद भेसावकर ( कप्तान ) , आरिफ शेख, रोहित पौडेल, कृष्ण कार्की, भुवन कार्की, प्रदिप ऐरि, , अविनाश बोहरा, कुशल मल्ल, रभी इन्दर सिंह, रायन टेन डेस्काटे, मोहमद नबिद





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]