दोश्रो क्वालिफायरको काठमाण्डौ र भैरहवाबिचको खेलको समय परिवर्तन

  • विकेटनेपाल, पौष ४ – बुधबार

काठमाण्डौमा जारि तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपिएल टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गतको दोश्रो क्वालिफायरको खेल समय परिवर्तन भएको छ।

किर्तिपुर मैदानमा हुने खेल यसअघि दिउँसो १२:४५ बजेबाट सुरु हुने समय तालिका रहेपनि भोलि हुने काठमाण्डौ किंग्स-११ र भैरहवा ग्लाडीएटर्सबीचको खेल ११:३० बजे सुरु हुने आयोजकले जानकारी गराएको छ।प्रतियोगितामा केहि प्राबिधिक समस्या आएकोले खेल समय परिवर्तन गर्नुपरेको इपिएलले बुधबार जारि गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।

भोलि हुने दोश्रो क्वालीफायरको बिजेताले शनिबार हुने फाइनल खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्सको सामना गर्नेछ। ललितपुरले यसअघि हिजो भएको पहिलो क्वालिफायरमा रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाण्डौलाई अन्तिम बलमा रोमान्चक १ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।

अर्कोतर्फ शरद भेसावकरको कप्तानीमा रहेको भैरहवाले भने राउण्ड रोबिन चरण सकिँदा अंक तालिकाको तेस्रो स्थानमा रहँदै आज भएको ईलिमिनेटर खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्यो।

एभरेस्ट प्रिमियर लिगको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउने छ। यस्तै प्रतियोगिताको प्येलर अफ दि सिरिजले टिभीएस बाइक पाउनेछ।

पुरस्कार राशी बढाउने होडबाट बाहिरियो ईपिएल 

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको विजेताले २५ लाख पुरस्कार प्राप्त गर्ने भएको छ।

विजेता रकम वृद्धि गरे पनि घरेलु लिगको सर्वाधिक विजेता राशि घोषणा गर्ने होडबाट भने ईपिएल बाहिरिएको छ। यस अघि पोखरा प्रिमियर लिगले पहिलो संस्करणमा विजेतालाई २७ लाख रुपैयाँ  दिईएको थियो जुन नेपाली घरेलु क्रिकेटकै सर्वाधिक पुरस्कार राशि हो।

यस अघि धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगले प्रत्येक संस्करणमा विजेता राशिमा एकले अर्कालाई उछिन्दै आएको थियो जसमा पोखरा प्रिमियर लिग समेत सामेल भएको थियो।

एभरेस्ट प्रिमियर लिगले पहिलो संस्करण सन् २०१६ मा विजेतालाई ५ लाख रुपैयाँ पुरस्कार राखेको थियो। त्यसपछि आयोजना भएको धनगढी प्रिमियर लिगले आफ्नो पहिलो संस्करणमा विजेतालाई १५ लाख रुपैयाँ दिएको थियो। त्यसपछि एभरेस्ट प्रिमियर लिगले आफ्नो दोश्रो संस्करणको विजेतालाई २१ लाख रुपैयाँ दिएको थियो जसलाई उछिन्दै धनगढी प्रिमियर लिगले आफ्नो दोश्रो संस्करणमा विजेतालाई २५ लाख रुपैयाँ प्रदान गरेको थियो। धनगढी प्रिमियर लिगलाई उछिन्दै कान्छो फ़्रेञ्चाइज टि-२० लिग पोखरा प्रिमियर लिगले विजेतालाई २७ लाख रुपैयाँ पुरस्कार दियो।

घरेलु टि-२० लिगमा पुरस्कार राशिमा प्रतिस्पर्धा : ईपिएल पहिलो संस्करण – ५ लाख, डिपिएल पहिलो संस्करण – १५ लाख, ईपिएल दोश्रो संस्करण – २१ लाख, डिपिएल दोश्रो संस्करण – २५ लाख, पिपिएल पहिलो संस्करण – २७ लाख, ईपिएल तेश्रो संस्करण – २५ लाख





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]