पटेल र भाटीले किर्तिमान बनाएपछि महेन्द्रनगरलाई पराजित गर्दै काठमाण्डौ फाईनलमा

  • विकेटनेपाल, चैत्र २९ – बिहिबार

दोश्रो क्वालीफायर खेलमा महेन्द्रनगर युनाईटेडलाई ५ विकेटले पराजित गर्दै काठमाडौँ गोल्ड़ेंस धनगढी प्रिमिएर लिगको फाइनलमा प्रवेश गरेको छ । टिम चौराहा धनगढीले  यस अघि नै फाइनलमा स्थान बनाईसकेको छ ।

स्कोरकार्ड 

वर्षाले प्रभावित हिजोको खेललाई रिजर्व डे को लागि सरिएको थियो । टस जिती काठमाडौँ गोल्ड़ेंसले फिल्डिंग गर्ने निर्णय गर्यो । काठमाडौँको सुरुवात निकै नै राम्रो रह्यो । सन्नी पटेलले महेन्द्रनगरको प्रारम्भिक र मध्यक्रमको ब्याटिंगलाई धरासायी बनाउने क्रममा १० रन खर्ची ६ विकेट लिए । महेन्द्रनगरको स्कोर एक समय १०/६ थियो । आरिफ शेख र पुनीत मेहराले ७ औ विकेटको लागि ८५ रनको साझेदारी गरे । आरिफ ४३ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि कारण केसी र पुनितले अन्त्यमा विस्फोटक ब्याटिंग गर्दै २० ओभरमा १४२ रनको योगफल तयार गरे । पुनित मेहराले ४ चौका र चार छक्काको मद्दतले ४२ बलमा सर्वाधिक ५८ रन बनाए ।

१४३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको काठमाडौँ गोल्ड़ेंसका लागि सुबोथ भाटी र अमित श्रेष्ठ प्रारम्भिक ब्याट्सम्यानको रुपमा देखिए । भाटी पहिलो बलदेखि  नै आक्रामक शैलीमा देखिएका थिए । श्रेष्ठ र भाटीबिच पहिलो विकेटको लागि ७६ रनको साझेदारी भयो । प्रतियोगिताकै सबै भन्दा छिटो ५० (१७ बलमा) हान्दै भाटी ५२ रन बनाई भुवन कार्कीको बलमा भण्डारीद्वारा स्टम्पिंग भएका थिए । काठमाडौँले  सजिलै १८.२ ओभरमा ५ विकेट गुमाई लक्ष्य   प्राप्त गर्यो । गोल्ड़ेंसका लागि ओपनर अमित श्रेष्ठले २६ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३१ बलमा २५ रन बनाए । युनाईटेडका लागि पुनीत मेहराले १५ रन खर्ची २ विकेट लिएका थिए ।

४ ओभर गर्दै १० रन मात्र खर्चेर ६ विकेट लिएका सन्नी पटेल म्यान अफ द म्याच घोषित भए । शुक्रबार टिम चौराहा धनगढी र काठमाडौँ गोल्ड़ेंसबीच फाइनल खेल हुनेछ ।

पटेल र भाटीको किर्तिमान

धनगढी प्रिमियर लिगको दोश्रो संस्करणसम्म आइपुग्दा सन्नी पटेलले पहिलो इनिंगमा १० रन खर्चिने क्रममा लिएको ६ विकेट प्रतियोगिताको इतिहासमा अहिलेसम्मकै उत्कृस्ट रहेको छ । दोश्रो नम्बरमा पहिलो संस्करणमा कन्चनपुर आइकोनिकका   तर्फबाट खेल्दै बिराटनगर किंग्स  का बिरुद्द सागर पुनले ५ विकेट लिने क्रममा २५ रन खर्चेका थिए । यस्तै   तेस्रो स्थानमा   डिपिएल १ मा ललित राजबंशी  ले ४ विकेट लिन ५   रन र चौथो स्थानमा डिपिएल २ मा रशिद खानले समान ४ विकेट लिन ६ रन खर्चेको रहेका   छन् ।

यस्तै भारतीय खेलाडी जयकिशन कोल्सावाला पितृशोकको कारणले पहिलो खेल मात्र खेल्दै घर फर्किएपछी उनको स्थानमा आएका सुबोध भाटीले डिपिएल इतिहासकै सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन् । उनले मात्र १७ बलमा ४ चौका  ५ छक्का सहित अर्धशतक प्रहार गरेका हुन् । उनले यसभन्दा अगाडी डिपिएल १ को फाइनलमा आरिफ शेखले टिम चौराहा धनगढीलाई   उपाधी जिताउने क्रममा   मात्र २८ बलमा अर्धशतक प्रहार गरेको अर्धशतकको किर्तिमान तोडेका हुन् ।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]