जितसहित काठमाडौं गोल्डेन्स अंकतालिकाको शिर्ष स्थानमा उक्लियो, सिवाइसी अत्तरिया पराजित

विकेटनेपाल – २२ चैत्र, बुधवार | धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत बुधवार भएको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले सिवाइसी अत्तरिया माथि रोमान्चक ११ रनको जित हात पारेको छ ।

अंकतालिका

धनगढीको एसएसपी मैदानमा पहिले ब्याटिंग गर्दै काठमाडौं गोल्डेन्सले दिएको १३८ रनको बिजय लक्ष्यको पिछा गर्न उत्रिएको सिवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र जोड्न सक्यो । अत्तरियाको चेजमा गौरभ चित्करले ३६ तथा भिपिन चन्द्रले अविजित २६ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानहरुले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । मात्र २६ बल खेलेका चित्करले १ चौका र ४ छक्का सहित ३६ रन बनाएपनि जित दिलाउन विफल रहे ।

अत्तरियालाई लक्ष्य अगावै रोक्न. काठमाडौंका सुबोध भाटीले ३ विकेट चट्काए । यस्तै सन्नी पटेल र राशिद खानको नाममा समान २-२ विकेट रह्यो ।

यसअघि पहिले ब्याटिंग गरेको काठमाडौंले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन जोडेको थियो । उसको इनिंगमा ज्ञानेन्द्र मल्लले ४३ बलमा ४ चौका र ३ छक्का सहित ५७ रन जोडेका थिए । यस्तै नरेश बुढाएरले २७ तथा राशिद खानले १६ रनको व्यक्तिगत योगदान गरेका थिए ।

सिवाइसी अत्तरियाको बलिंगमा सुभान्कर उराओले ३ विकेट हातपारेका थिए । यस्तै कृष्ण कार्की र भिपिन चन्द्रले समान २-२ विकेट चट्काएका थिए ।

जितसंगै काठमाडौं गोल्डेन्स अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । ३ खेलमा ३ नै जित सहित काठमाडौंको ६ अंक छ भने दोस्रो स्थानमा रहेको टिम चौराहा धनगढीको ३ खेलबाट ४ अंक रहेको छ । यता काठमाडौंसंग हार बेहोरेको सिवाइसी अत्तरियाको भने ३ खेलबाट २ अंक रहेको छ र उ तेस्रो स्थानमा रहेको छ।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]