काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो ।

काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले आफ्नो टोली बाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने भएकाले नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतका काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट जिल्लालाई केन्द्रित गरेर ट्यालेन्ट हन्ट आयोजना गरिएको बताए । उनका अनुसार यसका लागि अनलाइन आवेदनमा ३८० खेलाडीले आफ्नो नाम दर्ता गरेका थिए, जसमा मंगलबार १५० खेलाडीले ट्यालेन्ट हन्टमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

नेपाल क्रिकेट संघका सचिव एवंम बाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का, काठमान्डौं गुर्खाजका कार्यकारी प्रमुख अधिकृत सन्देश कटवाल, नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष एवंम बालुवाटार क्रिकेट क्लबका अध्यक्ष उपेन्द्रप्रसाद भट्टराईले ब्याटिङ, बलिङ र विकेटकिपिङ गरेर ट्यालेन्ट हन्टको उद्घाटन गरेका थिए ।

सो अवसर क्यानका सदस्य एवंम प्रवक्ता छुम्बी लामा, बाग्मती प्रदेश एवंम काठमाडौं जिल्लाका सदस्य अरुण सत्याल, काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष विजितध्वज चन्दको उपस्थिति थियो ।

क्यानका सचिव पारस खड्काले ट्यालेन्ट हन्टबाट १ जना खेलाडीले मात्र काठमान्डौं गुर्खाजबाट एनपीएल खेल्न पाउने भए पनि ट्यालेन्ट हन्टमा आएका सबै खेलाडी आजबाट गुर्खाज परिवारमा आवद्ध भएको बताए । ‘म पनि २२–२३ वर्ष अघि तपाईहरु जसरी नै बालुवाटार क्रिकेट एकेडेमीमा भर्ना भएर आज यो स्थितिमा आएको छु, आज तपाईहरुलाई पनि यसरी नै अगाडि बढ्ने मौका काठमाडौंले जुराइदिएको छ,’ पारसले भने, ‘एनपीएललाई लिएर चासो र उत्साह दिन प्रतिदिन बढ्दै गएकाले यो नेपाली खेलकुदकै ठुलो इभेन्ट बन्ने आशा लिएको छु ।’

क्यानका पूर्व उपाध्यक्ष भट्टराईले नेपाली क्रिकेटको विकासमा बालुवाटार क्रिकेटको योगदान निकै ठुलो रहेको र यसलाई निरन्तरता दिने कार्यक्रम जारी रहेको जनाए । बाग्मती प्रदेश एवंम काठमाडौं जिल्लाका सदस्य अरुण सत्यालले ‘ट्यालेन्ट हन्ट’बाट एक जनामात्र खेलाडी छनोट भए पनि राम्रा अन्य खेलाडीलाई जिल्ला र प्रदेशको टोलीका लागि पनि राखिने प्रतिबद्धता जनाए ।

काठमाडौंका प्रमुख प्रशिक्षक वसन्त शाहीले ‘ट्यालेन्ट हन्ट’ ले सबै खेलाडीलाई मौका दिने तथा एक उत्कृष्ट खेलाडी टोलीमा रहे पनि अन्य ४-५ खेलाडीलाई टिमसँगै राखेर प्रशिक्षणमा समावेश गरिने बताए ।

काठमाडौंको प्रारम्भिक चारणको ‘ट्यालेन्ट हन्ट’ बुधबार सिआइसी भक्तपुर, बिहीबार ललितपुरको हात्तिबनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा हुनेछ । यसैगरी शनिबार काँडाघारीस्थित वान डे क्रिकेट एकेडेमीमा अन्तिम छनोट हुनेछ ।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]