काठमाडौँ मेयर कपको खेलतालिका सार्वजनिक

काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ ( क्यान ) ले आयोजना गर्ने काठमाडौँ मेयर कप २०७७ एकदिवसीय प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

प्रतियोगितामा गत महिना काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल पुग्न सफल ४ वटा तथा काठमाडौँ मेयर-११ गरि ५ वटा टिमको सहभागिता रहनेछ।  प्रधानमन्त्री कपको उपाधि जित्ने त्रिभुवन आर्मी क्लब , उपविजेता नेपाल एपीएफ क्लब सहित सेमीफाइनलबाट बाहिरीएका बागमती प्रदेश र नेपाल पुलिस क्लब लिगमा सहभागी हुने अन्य टिमहरु हुन्।

प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलिनेछ। सहभागी ५ वटा टिमले एक अर्कासंग १-१ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने २ तिन फाइनल प्रवेश गर्नेछ। प्रतियोगिताको खेल तालिका भने सार्वजनिक गरिएको छैन।

क्यानद्वारा मंगलबार सार्वजनिक गरिएको खेल तालिका अनुसार फाल्गुन २२ गते सुरु हुने प्रतियोगिता फाल्गुन २९ गतेसम्म संचालन हुनेछ।  प्रतियोगिताको पहिलो दिन फाल्गुन २२ गते दुई वटा खेल हुनेछन्। टियु मैदान कीर्तिपुरमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् भने मुलपानी मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।


खेलतालिका 

फाल्गुन २२ गते : त्रिभुवन आर्मी क्लब Vs नेपाल एपीएफ क्लब ( टियु मैदान ) र नेपाल पुलिस क्लब Vs बागमती प्रदेश ( मुलपानी मैदान )

फाल्गुन २३ गते : नेपाल एपीएफ क्लब Vs  नेपाल पुलिस क्लब ( टियु मैदान )  , काठमाडौँ मेयर-११ Vs  बागमती प्रदेश ( मुलपानी मैदान )

फाल्गुन २४ गते : त्रिभुवन आर्मी क्लब Vs काठमाडौँ मेयर-११ ( टियु मैदान )

फाल्गुन २५ गते : बागमती प्रदेश Vs नेपाल एपीएफ क्लब ( टियु मैदान ) र नेपाल पुलिस क्लब Vs त्रिभुवन आर्मी क्लब ( मुलपानी मैदान )

फाल्गुन २६ गते : काठमाडौँ मेयर-११ Vs नेपाल पुलिस क्लब ( टियु मैदान )

फाल्गुन २७ गते : बागमती प्रदेश Vs त्रिभुवन आर्मी क्लब ( टियु मैदान ) र नेपाल एपीएफ क्लब Vs  काठमाडौँ मेयर-११ ( मुलपानी मैदान )

फाल्गुन २९ गते : फाइनल ( टियु मैदान )

प्रतियोगिता आयोजनाको लागि काठमाडौँ महानगरपालिकाले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने छ। बाँकी खर्च क्यान आफैले व्यहोर्नेछ।

प्रतियोगिताको लागि काठमाडौँ मेयर-११ टिमको घोषणा सोमबार क्यानले गरिसकेको छ।

काठमाडौँ मेयर-११ टिम : सिद्धान्त लोहनी, अर्जुन कुमाल, सौरभ खनाल, सन्दिप रजाली, खड्ग बहादुर बोहरा, हरिशंकर शाह , विवेक यादव, कृष्ण कार्की, रविन्द्र जंग शाही, बिपिन रावल, बिपिन खत्री, अनिल खरेल, विक्रम भुसाल, नारायण जोशी, अनुज चुनारा

धेरैले पढेको :- 

https://wicketnepal.com/mayor-cup-ktm-11-team-ann-wn21/

https://wicketnepal.com/narendr-modi-stadium-pitch-root-wn21/





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]