नेपाल टी-२० लिग : काठमाडौँको विजयी सुरुवात

काठमाडौँ । अज्मतुल्लाह ओमारजाईको आक्रमक ब्याटिङप्रेरित काठमाडौँ नाइट्सले शनिबारदेखि सुरु भएको नेपाल टी-२० लिगको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित १९ ओभरमा पाँच विकेट गुमाएर एक सय ६२ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पोखराले १९ ओभरमा सात विकेट गुमाएर एक सय ३६ मात्रै बनाउन सक्यो।

पोखराका लागि ओपनर उपुल थरङ्गाले ३४ बलमा ६ चौकासहित सर्वाधिक ४४ रनको योगदान गरे। यस्तै, आरिफ शेखले २०, अमीर हम्जा र अभिमन्यु मिथुनले १८–१८ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

काठमाडौंका लागि अभिनाष बोहराले चार ओभरमा तीन विकेट लिए। यस्तै बासिर अहमदले दुई तथा अनिल खरेलले एक विकेट लिए।


पहिलो इनिङमा खराब सुरुआत गरेको काठमाडौंले ४८ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। तर, पाँचौं र छैटौं नम्बरमा क्रिजमा उत्रिएका सुनम गौतम र ओमारजाईले एक सय १४ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ डोर्याएका थिए।

सुनमले २८ बलमा दुई चौकासहित २७ रन जोड्दा ओमारजाईले ४२ बलमा तीन चौका र सात छक्कासहित ८५ रनको योगदान गरे। पोखराका लागि प्रतिश जिसी र जहिर खानले दुई–दुई तथा मौसम ढकालले एक विकेट लिए।

उद्घाटन समारोहका कारण ढिलो सुरु भएको खेलको एक ओभर घटाइएको थियो। आजदेखि सुरु भएको नेपाल टी २० लिगमा ६ टिम सहभागी छन्। आजै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फारवेस्ट युनाइटेड भिड्दै छन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]