IPL : काटीचले छाडे बैंगलोरको मुख्य प्रशिक्षक पद

२०७८ भाद्र ६, आईतवार ११:५०

आईपीएल टिम रोयल च्यालेन्जर्स बैंगलोरका मुख्य प्रशिक्षक सिमोन काटीचले शनिवार व्यक्तिगत कारण देखाउदै राजिनामा दिएका छन्। लिगको दोश्रो फेज १९ सेप्टेम्बरबाट युएईमा सुरु हुँदैछ।

सिमोन काटीचको स्थानमा बैंगलोरको मुख्य प्रशिक्षक टिमका क्रिकेट डीरेक्टर माइक हेसन रहनेछन्।काटीचको शनिवार ४५ औं जन्मदिनकै क्रममा भर्चुवल प्रेस कन्फरेन्समार्फत उनले यसको घोषणा गरेका थिए।


पूर्व अस्ट्रेलियन ओपनर काटीचले २ वर्ष देखि बैंगलोरको प्रशिक्षण सम्हालेका थिए। उनको प्रशिक्षणमा बैंगलोर आईपीएल २०२० मा प्लेअफसम्म पुग्न सफल भएको थियो जुन २०१६ पछि पहिलो अवसर थियो। जारि सिजन पहिलो फेजमा बैंगलोर बलियो अवस्थामा रहेको छ जसले १० खेल मध्ये ७ खेलमा जित दर्ता गर्दै ८ अंक सहित अंकतालिकामा तेश्रो स्थानमा रहेको छ।

बैंगलोरले भर्खरै अस्ट्रेलियन स्पिनर एडम जाम्पा सहित तिन खेलाडीको रिप्लेसमेन्टको समेत घोषणा गरेको थियो। श्रीलंकाका वानिन्दु हसरंगा र दुश्मन्था चमिरा सहित सिंगापुरका टिम डेभिडलाई कोहली कप्तानीको टिमले आबद्ध गरेको हो। उनीहरुले न्युजिल्यान्डका फिन एलेन र अस्ट्रेलियाका ड्यानियल स्याम्सको स्थान पूर्ति गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy