क्यानका अध्यक्ष चन्दद्धारा काठमाडौंको चुनिखेलमा सुविधा सम्पन्न किक्रेट एकेडेमी उद्घाटन

काठमाडौं किक्रेट एकेडेमीको औपचारीक रुपमा उद्घाटन गरिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा रहेको सुविधा सम्पन्न एकेडेमीको सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दको प्रमुख आतिथ्यमा औपचारीक उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा क्यानका अन्य पदाधीकारी, राष्टिय किक्रेट खेलाडी आशिफ सेख लगायत किक्रेटसंग सरोकार राख्ने ब्यक्तिहरुको उपस्थित थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्यानका अध्यक्ष चन्दले नेपालको क्रिकेट विकासमा क्रिकेट एकेडेमीहरुले महत्वपुर्ण योगदान पुर्याउने बताए । नेपालमा क्रिकेटको विकासका लागि निजि क्षेत्र पनि अघि बढ्नुलाई क्यानले सकारात्मक रुपमा लिएको समेत उनले बताए । क्रिकेट विकासका लागि सरकारले अझै ध्यान दिनुपर्ने उनको भनाई थियो ।

पछिल्लो समय नेपालमा क्रिकेटको श्वर्णिम युगको सुरुवात भएको समेत अध्यक्ष चन्दले बताए ।

नेपालमा क्रिकेटको सम्भावना उच्च रहेको भन्दै उनले यसको विकासका लागि सरकार र निजि क्षेत्र संगसंगै अघि बढ्नुपर्ने बताए ।

नेपालको समग्र क्रिकेट विकासका लागि सपनामाथिको लगानीका रुपमा काठमाडौं किक्रेट एकेडेमी अघि बढेको संचालकको भनाई छ ।

एकेडेमीले क्रिकेटको अभ्यासका लागि सुविधा सम्पन्न आउटडोर र इनडोर खेल मैदानको व्यवस्था गरेको छ ।

एकेडेमीको मुख्य प्रशिक्षकका रुपमा राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक जगत तमटा रहेका छन् । उनकाअनुसार काठमाडौं किक्रेट एकेडेमीमा राष्ट्रिय खेलाडीहरुले समेत अभ्यास गर्न सक्ने गरी पुर्वाधारहरु बनाइएको छ ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]