केसीए यु-१४ क्रिकेट : किंग्स र हिमालयन ‘सी’ विजयी

२०८१ माघ १३, आईतवार १७:३२

केसीए यु-१४ क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा किंग्स क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी ‘सी’ विजयी भएका छन्।

चुनिखेल बुढानिलकण्ठस्थित काठमाडौं क्रिकेट एकेडेमीको मैदानमा आइतबार सम्पन्न पहिलो खेलमा किंग्स क्रिकेट एकेडमीले काठमाडौँ क्रिकेट एकेडेमीलाई ९४ रनको विशाल अन्तरले पराजित गर्यो।

टस हारेर पहिले ब्याटिंग गर्दै किंग्स क्रिकेट एकेडेमीले दिएको १२३ रनको लक्ष्य पछ्याएको काठमाडौँ क्रिकेट एकेडेमीले १२ ओभरमा २९ रनमा सबै विकेट गुमायो।

किंग्सको जितमा प्लेयर अफ द म्याच घोषित शान्तनु बस्नेतले ३६ रन बनाउनुको साथै २ विकेट पनि लिए।

यस्तै दोश्रो खेलमा जित दर्ता गर्ने क्रममा हिमालयन क्रिकेट एकेडेमी ‘सी’ ले भक्तपुर सीईसीले दिएको ६१ रनको लक्ष्य ४ विकेट मात्र गुमाएर भेटायो।

खेलको प्लेयर अफ द म्याच भक्तपुर सीईसीका प्रशान्त पौडेल घोषित भए जसले २० रन बनाउनुको साथै २ विकेट पनि लिए।

प्रतियोगिता अन्तर्गत चौंथो दिन सोमबार पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे भक्तपुर सीईसी र काठमाडौँ क्रिकेट एकेडेमी बीच तथा दोश्रो खेल दिउँसो १ बजे ओएसीस र भक्तपुर एमसीई बीच हुनेछ।

आगामी माघ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित १२ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको सबै खेल चुनिखेल–१३, बुढानिलकण्ठमा रहेको काठमाण्डौ क्रिकेट एकेडेमी ( केसिए ) को  मैदानमा जारी छ।

यस्तै प्रतियोगिताको बिजेताले ५० हजार पाउने भने उपविजेताले ३० हजार पाउने आयोजकले बताएको छ। प्रतियोगिताको बेस्ट ब्याटर, बेस्ट बलर उत्कृष्ट खेलाडीले समान ५ हजार पाउनेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy