नेपालमै पहिलो पल्ट दुई दिवसीय प्रतियोगिता ‘काठमाडौँ क्रिकेट लिग’ आयोजना हुने

धनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग लगायत बिभिन्न २० ओभर फर्म्याटको लिगहरु लगातार आयोजना भइरहेको नेपालमा लामो फर्म्याटको क्रिकेट नभएको गुनासो खेल प्रेमी, खेलाडीहरु र विश्लेषकहरुले समेत वारम्बार गर्ने गर्छन्। नेपाली खेलाडीहरुको क्षमता बढाउन र अझ बिशेष गरि ब्याटिंग समस्या समाधान गर्न समेत लामो फर्म्याटको प्रतियोगिताको आवस्यकता रहँदै आएको थियो।

नेपाली खेल प्रेमीहरुको चाहना अब भने पुरा हुने भएको छ। नेपाली घरेलु क्रिकेट ईतिहासमा पहिलो पटक दुई दिवसीय प्रतियोगिता आयोजना हुने भएको छ। यसअघि ५० ओभरको फर्म्याटमा आयोजना भएको काठमाण्डौ क्रिकेट लिगलाई अब नयाँ स्वरुपमा अघि बढाइने घोषणा भएको छ।

झन्डै ४ वर्ष अघि सन् २०१५ मा काठमाण्डौको टुडिखेलमा ५० ओभरको फर्म्याटमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले काठमाडौँ क्रिकेट लिग आयोजना गरेको थियो। अब सोहि नाममानै २ दिवसीय प्रतियोगिता आयोजनाको घोषणा भएको हो। प्रतियोगिता यो पटक हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजना र ग्रेट हिमालय क्रिकेट एकेडेमीको सह-आयोजक हुनेछ।

“टि-२० क्रिकेट धेरै भइरहेको र नेपालमा लामो फर्म्याटको आवस्यकता रहेको तथ्यलाई मध्यनजर गरेर युवा तथा राष्ट्रिय खेलाडीहरुलाई एक्सपोजर दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेका हौँ” एकेडेमीका निर्देशक सुदिप शर्माले विकेटनेपाललाई बताउनु भएको छ।

पहिलो संस्करणको बिजेता धनागढ़ी टिम

प्रतियोगितामा ६ वटा टिमलाई सहभागी गराउने र कम्तिमा २ हफ्ता देखि बढीमा १८ दिन प्रतियोगिताको अवधि रहने समेत शर्माले जानकारी गराउनु भएको छ। टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान गरि २ वटा मैदान आयोजना गर्न प्रयास गरिनेछ जसले प्रतियोगिताको समयावधिमा धेरै खेलहरु खेलाउन सम्भव हुने बताईएको छ।

लिग फाल्गुनको अन्तिम साता आयोजना हुने सम्भावना प्रबल रहेको छ। धनगढी प्रिमियर लिग सकिएपछि राष्ट्रिय क्रिकेट टिम खाली हुने हुनाले सो अवधि चयन गरिएको हो।

सहभागी हुने टिमहरु कस्तो रहने, पुरस्कार राशि लगायत विषयमा छिट्टै आयोजकले टुंगो लगायर पत्रकार सम्मेलन गरेर प्रतियोगिताको घोषणा गर्ने तयारी आयोजकले गरिरहेको छ।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy