ज्ञानेन्द्र मल्लको केसिटिसीले मनायो १०औं वर्षगांठ

  • विकेटनेपाल, पुष १४ , शनिवार 

नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले संचालन गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर (केसिटिसी) ले आफ्नो स्थापनाको १०औं वर्षगांठ मनाएको छ। केसिटिसीले काठमाडौँमा आज एक कार्यक्रमको आयोजना गर्दै आफ्नो १०औं वर्षगांठ मनाएको हो।

उक्त कार्यक्रममा केसिटिसीले आफ्नो एकेडेमीमा अभ्यास गर्दै यू१६, यू१९, राष्ट्रिय टोली तथा महिला राष्ट्रिय टोलीमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई पनि सम्मान गरेको थियो। त्यस्तै केसिटिसीको स्थापना देखि हाल सम्म सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो।

सम्मान पाउने खेलाडीहरुमा राष्ट्रिय क्रिकेटर राजेश पुलामी, यु-१९ राष्ट्रिय क्रिकेटरहरु सुमित महर्जन, आदील खान, नन्दन यादब, सुर्य लामा रहेका छन्। यस्तै महिला राष्ट्रिय क्रिकेटरहरु बिनु बुढा मगर, सिता राना मगर, करुना भण्डारी र निमा तामांग पनि सो अवसरमा सम्मानित भए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy