केसीटिसीलाई उपाधि

  • विकेटनेपाल, भदौ २५

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा शनिबार सम्पन्न प्रथम गणेश बहादुर‒प्राणमाया चित्रकार स्मृति कप अन्डर नाइन्टिन क्रिकेट प्रतियोगिताको उपाधि काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले जितेको छ । उसले फाइनलमा हिमालयन क्रिकेट एकेडेमीलाई १२ रनले पराजित गरेको हो ।

काठमाडौँको टुडिखेलमा सम्पन्न फाईनल खेलमा काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले टस जितेर ब्यटिङ गर्दै निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षेतीमा १०८ रन बनाएकोे थियो। केसिटीसीका म्यान अफ द म्याच घोषित बिबेक रानाले सर्बाधिक ३० रन बनाउन सफल भएका थिए भने आदिल खानले २७ रन बनाए । बलिङतर्फ हिमालयनका प्रतिश जिसीले २ विकेट लिएका थिए ।

जवाफी ब्यटिङमा उत्रेको हिमालयनले २० ओभरमा ७ विकेटको क्षेतीमा ९६ रनमा बनाउदा खेल गुमाएको थियो । हिमालयन जबन कार्कीले ३७ तथा कुश मण्डलले मात्र १५ रन बनाए। त्यस्तै बलिङ तर्फ केसिटीसीका बिबेक राणा र शुर्य लामाले समान २/२ विकेट लिएका थिए ।

म्यान अफ द सिरिज हिमालयनका पबन कार्की, केसिटिसीका आदिल खान बेष्ट ब्याट्म्यान र हिमालयनका प्रतिश जिसी बेष्ट बलर घोषित भएका थिए । बिजेता र उप बिजेतालाई सुचना तथा सञ्चार राज्य मन्त्री तप्त बहादुर बिष्टले ट्रफी,मेडल र नगद पुरुष्कार बितरण गर्नु भएको थियो ।

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]