बालुवाटारमाथि केसीटिसीको सानदार जित

काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको हिमालय क्रिकेट लिग ( एचसिएल ) दुईदिवसीय क्रिकेट प्रतियोगिताको चौथों खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर(केसीटिसी) ले बालुवाटार क्रिकेट क्लबमाथि सानदार जित हासिल गरेको छ ।

सोमबार खेलको दोस्रो दिन दोस्रो ईनिङमा बालुवाटार ३१.२ ओभरमा आफ्नो सबै विकेट गुमाएर ५१ रनमा सिमित भएपछी नतिजा केसीटिसीले एक ईनिङ बाँकी रहदै ९७ रनले आफ्नो पक्षमा पार्न सफल भयो ।

दोस्रो ईनिङमा बालुवाटारका लागि प्रशान्त पण्डित १२ र नवीन तामाङले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकसमेत जोड्न नसक्दा टिम सस्तैमा अलआउट हुन पुग्यो ।

दोस्रो ईनिङमा पनि बालुवाटारको ब्याटिङ ध्वस्त पार्ने क्रममा केसीटिसीका सुर्य तामाङले ४ तथा सुरज तामाङ ३ र खेलको प्लेयर अफ द म्याच घोषित भएका तिलक भण्डारीले २ विकेट लिएका थिए । भने विपिन आचार्यको नाममा पनि १ विकेट रहेको थियो ।

त्यसअघि पहिलो दिनको समाप्तीमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर(केसीटिसी)ले बालुवाटार क्रिकेट क्लबमाथि १ सय ७ रनको अग्रता बनाएको थियो ।

आईतबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बालुवाटार पहिलो ईनिङमा २३.३ ओभरमा अलआउट हुँदै ५३ रन बनाएको थियो ।

केसीटिसीका बलरहरु चम्किँएपछी बालुवाटारका ब्याट्सम्यान सस्तैमा आउट हुन पुगे । उसका लागि सागर थापाले ११ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

बालुवाटारको ब्याटिङ ध्वस्त पार्ने क्रममा केसीटिसीका तिलक भण्डारीले सर्वाधिक ५ तथा सुर्य तामाङले ३ र सुरज तामाङ र सुभाश खत्रीले समान १/१ विकेट लिएका थिए ।

त्यसपछि केसीटिसीले आफ्नो पहिलो ईनिङ सुरु गर्दै ५५.३ ओभरमा ९ विकेटको क्षतिमा पारीको समाप्ती गर्दै २ सय १ रन बनाएको थियो ।

केसीटिसीका लागि ओपनर ब्याट्सम्यान विपिन आचार्यले अर्धशतकीय ७२ रनको योगदान गरे । १०५ बलको सामना गरेका उनले ८ चौकासहित उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि सचिन लाखहले ३६ तथा सुर्य तामाङ २६ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ बालुवाटारका राजन जिसी र दिनेश जंग बुढा मगरले समान ३/ ३ विकेट लिएका थिए । भने कमल श्रेष्ठले २ र अभिनाश सिंहले १ विकेट लिएका थिए ।

यो जितसँगै केसीटिसी १० अंक १५ बोनस अंकसहित कुल २५ अंकका साथ समूह `ए´ को पहिलो स्थानमा रहेको छ । अब केसीटिसीले समूहको अन्तिम खेलमा ओसिस क्रिकेट एकेडेमीसँग १५ र १६ गते खेल्नेछ ।

यता समूहका दुबै खेलमा पराजित भएपछी बालुवाटार प्रतियोगिताबाट बाहिरिएको छ ।

राउण्ड रोबिन लिगपछि दुई समूहको पहिलो स्थानमा रहने टिम १८ र १९ गते हुने फाइनलमा पुग्नेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]