अन्तिम बलमा छक्का प्रहार गर्दै शतक बनाउनु अघि के सोच्दै थिए बटलर

श्रीलंका बिरुद्ध इनिंग्सको अन्तिम बलमा छक्का प्रहार गर्दै टि-२० विश्वकप २०२१ को पहिलो शतक बनाएका इंग्ल्यान्ड ओपनर जोस बटलरले खेल पछि प्रतिक्रिया दिने क्रममा अन्तिम बलमा दुश्मन्था चमिराले कहाँ बल गर्ने अनुमान गर्ने प्रयास गरेको बताए। प्रतियोगितामा लगातार चौंथो जित दर्ता गरेको इंग्ल्यान्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १३७ रन मात्र बनाउन सक्यो। बटलरले करियरकै पहिलो टि-२० अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा ६७ बलमा ६ चौका र ६ छक्का मद्दतले अविजित १०१ रन बनाए।

“इमान्दार भएर भन्छु, म उनले ( दुश्मन्था चमिराले ) कहाँ बल फाल्नेछन् सोचीरहेको थिएँ। म शान्त थिए तर लामो समय क्रिजमा रहेको थिए र मात्र चाहन्थे कि उनले गल्ति गरुन्।” शतक प्रहार गर्दाको पल सम्झदै बटलेले बताए।

“सुरुवातमा ब्याटिंग गर्न निकै कठिन थियो। मोर्गनसंग निकै राम्रो साझेदारी गरेपछि अन्तिममा आक्रमण गर्ने प्रयास गर्यौं। स्पिनरलाई खेल्न गाह्रो हुँदा सुरुवातमा १२० राम्रो योगफल जस्तो लागेको थियो। मोर्गनसंग ब्याटिंग गर्दा मजा आयो।” उनले थपे। टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले सुरुवाती ३ विकेट ३५ रनको योगफलमा गुमाएपछि बटलर र मोर्गनले ११२ रनको साझेदारी गर्दै इंग्ल्यान्डको पारि उकासेका थिए।

लक्ष्य पछ्याउने क्रममा श्रीलंका जिततर्फ अघि बढ्दै गर्दा आफुले श्रीलंकन कप्तान दासुन शनाकालाई गरेको रन आउट खेलको महत्वपूर्ण क्षणको रुपमा लिए – “हामि लामो साझेदारी पछि ( शनाका र हसरंगा बीच ) दबाबमा थियौं त्यसैले त्यो विकेट महत्वपूर्ण थियो जसले गर्दा निकै खुसि भएँ।”

बटले इंग्ल्यान्डको लागि तिन वटै फर्म्याट टेस्ट, वानडे र टि-२० मा शतक बनाउने एक मात्र इंग्ल्यान्ड खेल्दि बनेका छन्। उनले आफू रेकर्डको लागि नखेल्ने बताए – “राम्रो रेकर्ड हो तर म कहिल्यै पनि रेकर्डको लागि खेल्दिन। म मेरो ब्याटिंगले गर्दा खुसि छु र यसैलाई प्रतियोगिताभर निरन्तरता दिन चाहन्छु।” उनले बताए।

खेलपछि प्रतिक्रिया दिने क्रममा इंग्ल्यान्ड कप्तान ओएन मोर्गनले बटलरको तारिफ गर्दै उनले इंग्ल्यान्डको लागि करियरकै उत्कृस्ट मध्येको ब्याटिंग गरेको बताए – “मलाई लाग्छ जोस बटलरले इंग्ल्यान्ड जर्सीमा उत्कृस्ट मध्येको परि खेले। उनि पक्कै पनि यो खेलको उत्कृस्ट खेलाडी मध्येका हुन्। उनि जस्तो खेअल्दी हाम्रो टिममा हुनु सौभाग्यको कुरा हो।”





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]