राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजकमा केल्मी

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन केल्मीले गर्ने भएको छ। आइतबार केल्मी र नेपाल क्रिकेट संघ बीच सम्झौता भएको हो।

सम्झौता पछि नेपाली राष्ट्रिय क्रिकेट टिम तथा उमेर समूह र महिला क्रिकेट टिमले समेत अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा केल्मीको जर्सी लगाउनेछ।

दुई पक्ष बीच ३१ डिसेम्बर २०२३ सम्मको लागि सम्झौता भएको हो। सम्झौता रकम ७० लाख रुपैयाँ बराबरको भएको क्यानले बताएको छ। सम्झौतामा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द र केल्मि नेपालका निर्देशक प्रदिप न्यौपानेले हस्ताक्षर गरेका थिए।

सम्झौता पछि केल्मीले क्यानलाई जर्सी लगायत आवस्यक सम्पूर्ण पोशाक उपलब्ध गराउनेछ।

सम्झौता कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले केल्मीलाई धन्यवाद तहिये – “नेपाली क्रिकेटमा यति ठूलो रकमको जर्सी सम्झौता भएको पहिलो पटक हो जसले खेलाडीको मनोबल बढाएको छ। यसको लागि केल्मीलाई धन्यवाद।” कार्यक्रममा युवा तथा खेल मात्री महेश्वरजंग गहतराजको उपस्थिति थियो। केल्मीका न्यौपानेले क्यानसंग लामो सम्झौता गर्ने मनसाय व्यक्त गरे।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]