राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजकमा केल्मी

२०७८ पुष ४, आईतवार १७:५४

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन केल्मीले गर्ने भएको छ। आइतबार केल्मी र नेपाल क्रिकेट संघ बीच सम्झौता भएको हो।

सम्झौता पछि नेपाली राष्ट्रिय क्रिकेट टिम तथा उमेर समूह र महिला क्रिकेट टिमले समेत अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा केल्मीको जर्सी लगाउनेछ।

दुई पक्ष बीच ३१ डिसेम्बर २०२३ सम्मको लागि सम्झौता भएको हो। सम्झौता रकम ७० लाख रुपैयाँ बराबरको भएको क्यानले बताएको छ। सम्झौतामा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द र केल्मि नेपालका निर्देशक प्रदिप न्यौपानेले हस्ताक्षर गरेका थिए।

सम्झौता पछि केल्मीले क्यानलाई जर्सी लगायत आवस्यक सम्पूर्ण पोशाक उपलब्ध गराउनेछ।

सम्झौता कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले केल्मीलाई धन्यवाद तहिये – “नेपाली क्रिकेटमा यति ठूलो रकमको जर्सी सम्झौता भएको पहिलो पटक हो जसले खेलाडीको मनोबल बढाएको छ। यसको लागि केल्मीलाई धन्यवाद।” कार्यक्रममा युवा तथा खेल मात्री महेश्वरजंग गहतराजको उपस्थिति थियो। केल्मीका न्यौपानेले क्यानसंग लामो सम्झौता गर्ने मनसाय व्यक्त गरे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy