२६ वर्षमा वेस्टइन्डिज बलरले बल्ल पुरा गर्न सके २०० औं विकेट

इंग्ल्यान्ड बिरुद्ध जारि टेस्ट सिरिजको तेश्रो टेस्टमा वेस्टइन्डिज पेस बलर केमार रोचले २०० औं विकेट लिएका छन्।

वेस्टइन्डिजको लागि कुनै बलरले २६ वर्ष पछि २०० विकेटको आँकडा छुनसकेका हुन्। २०० विकेट पुरा गर्ने रोच नवौं वेस्टइन्डिज क्रिकेटर हुन्। ओल्ड ट्रयाफोर्ड, म्यानचेस्टरमा जारि सिरिजको दोश्रो दिन रोचले ९१ औं ओभरमा क्रिस वोक्सको विकेट लिंदै उक्त कोसेढुङ्गा पार गरेका हुन्।

वेस्टइन्डिजको लागि अन्तिम पटक सन् १९९४ मा तिब्र गति बलर कर्टले एम्ब्रोसले २०० विकेट पुरा गरेका थिए।

टेस्टको पहिलो इनिंगमा इंग्ल्यान्डलाई ३६९ रनमा समेट्ने क्रममा रोचले कुल ४ विकेट लिंदै विकेट संख्या २०१ पुर्याएका छन्। उनले २५.४ ओभर बलिंग गर्दै २ मेडन ओभर गर्दै ७२ रन खर्चिए।

वेस्टइन्डिजको लागि टेस्टमा सबैभन्दा बढी विकेट लिने बलर कर्टनि वाल्स हुन् जसले १३२ टेस्ट खेल्ने क्रममा कुल ५१९ विकेट लिएका थिए।

टेस्टमा सर्वाधिक विकेट लिने वेस्टइन्डिज बलरहरु :- 

वेस्टइन्डिजको लागि टेस्टमा धेरै विकेट लिने बलरहरुको सुचीमा रोच नवौं नम्बरमा रहेका छन्। भर्खरै ३२ वर्ष पुरा गरेका रोच ५९ औं टेस्ट खेलीरहेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा रोचले ९२ खेलमा १२४ विकेट लिएका छन्। टि-२० अन्तर्राष्ट्रियमा ११ खेल मात्र खेल्ने क्रममा उनले १० विकेट लिएका छन्।

सन् २००८ मा अस्ट्रेलिया बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका रोचले सोहि वर्ष एकदिवसीयमा बर्मुडा बिरुद्ध तथा २००९ मा बंगलादेश बिरुद्ध टेस्टमा डेब्यु गरेका थिए।

वेस्टइन्डिजको लागि टेस्टमा धेरै विकेट लिने बलरहरुको सुचीमा रोच नवौं स्थानमा छन्। उनि भन्दा १ स्थान माथि रहेका एन्डी रोबर्ट्सको नाममा २०२ विकेट रहेको छ जसलाई भेट्न अब रोच १ विकेट मात्र टाढा रहेका छन्।

टेस्टमा धेरै विकेट लिने १० वेस्टइन्डिज बलर 

१. कर्टनि वाल्स : ५१९ विकेट ( १३२ खेल, २४२ इनिंग ) 

२. कर्टले एम्ब्रोस : ४०५ विकेट ( ९८ खेल, १७९ इनिंग )

३. मेल्कम मार्शल : ३७६ विकेट ( ८१ खेल, १५१ इनिंग ) 

४. ल्यान्स गिब्स : ३०९ विकेट ( ७९ खेल , १४८ इनिंग ) 

५. जोएल गर्नर : २५९ विकेट ( ५८ खेल , १११ इनिंग )

६. माइकल होल्डिंग : २४९ विकेट ( ६० खेल , ११३ इनिंग ) 

७. ग्यारी सोबर्स : २३५ विकेट ( ९३ खेल , १५९ इनिंग ) 

८. एन्डी रोबर्ट्स : २०२ विकेट ( ४७ खेल , ९० इनिंग ) 

९. केमार रोच : २०१ विकेट ( ५९ खेल, १०५ इनिंग ) नोट – खेल जारि 

१०. वेस हल : १९२ विकेट ( ४८ खेल, ९२ इनिंग )

यो पनि पढ्नुस :- 

– क्यान कार्यसम्पादन कमिटिको बैठक सम्पन्न, के-के भए निर्णयहरु

– सिपिएल टि-२० खेल्न जान पाउलान् सन्दिप ? यसरी हुँदैछ प्रयास

– १९ सेप्टेम्बर देखि युएईमा आयोजना हुनेछ आईपीएल





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]