केन्या ११० रनमै समेटियो , ललित भण्डारीको उत्कृस्ट बलिंग

  • विकेटनेपाल, मङ्सिर १७

बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको खेलको लागि युएईमा रहेको नेपाली टिमले दोश्रो अभ्यास खेलमा केन्याको सामना गरिरहेको छ। स्कोरकार्ड  , अपडेट 

टस जितेर नेपालले केन्यालाई पहिलो ब्याटिंगको निम्तो दिंदै ३२.२ ओभरमा ११० रनमै अलआउट गरेको छ।

नेपालको लागि ललित भण्डारी एक्लैले ४ विकेट हात पारे। जुन क्रममा देब्रेहाते फास्ट बलर भण्डारीले १० ओभर बलिंग गर्दै १ मेडन ओभर सहित ४६ रन खर्चिए। यस्तै सन्दिप लामिछानेले कसिलो बलिंग गर्दै २ विकेट लिनेमा ३.२ ओभर ५ रन खर्चिए।

ललित भण्डारीले ४ विकेट हात पारे ( फाइल फोटो )

करन केसी , सागर पुन र आरिफ शेखले १/१ विकेट हात पारे भने किफायती बलिंग गरेका शक्ति गौचन विकेट बिहिन ( ६-३-८-० ) रहे ।  सागर पुनले ३ ओभरमा मात्र ४ रन खर्चिए भने , कारणले ७ ओभरमा ४० रन तथा आरिफले ३ ओभरमा ६ रन दिए।

केन्या ओपनर रिसब पटेलले सर्बाधिक २५ रन तथा एलेक्स ओबान्डाले २५ रनको  योगद दिए। दुवैले पहिलो विकेटको लागि ५४ रनको साझेदारी गर्दा मात्र ५.४ ओभर खेलेका थिए। ओबान्डालाई छैठौ ओभरमा कारन केसीले आउट गरेपछि केन्याले लगातार विकेट गुमाएको थियो।

खेलको स्कोरकार्ड  , ताजा अपडेट 

नेपालले पहिलो अभ्यास खेलमा अमेरिकासंग ५ विकेटको हार बेहोरेको थियो ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy