५ पटक बिश्वकप खेलेको केन्या डिभिजन-३ मा झरेपछि केन्या क्रिकेटमा भूकम्प !

२०७४ फाल्गुन १२, शनिबार २१:०३

Kenya Cricket Team
  • विकेटनेपाल – १२ फाल्गुन, शनिवार

सन् १९९६ देखि सन् २०११ सम्म लगातार ५ वटा एकदिवसीय बिश्वकप खेलेको केन्या क्रिकेट टिम २०१८ सम्म आइपुग्दा डिभिजन-३ मा पुगेको छ। नामिबियामा भर्खरै सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन -२ मा अत्यन्त खराब प्रदर्शन गर्दै डिभिजन-३ मा घटुवा भएसंगै केन्या क्रिकेट टोलिका मुख्य व्यक्तिहरुले पदबाट राजिनामा दिएका छन्।

नेपालसंगै, युएई, नामिबिया, क्यानडा, ओमान र केन्या सहभागी डिभिजन-२ को बिजेता हुँदै युएई र उपविजेता हुँदै नेपाल २०१९ बिश्वकप छनौट खेल्न छनौट भएका थिए भने नामिबिया र क्यानडा तेश्रो र चौथो स्थानमा रहँदै डिभिजन-२ मै रहेका थिए। ओमान र केन्या भने पाँचौ र छैठौं स्थानमा रहेपछि डिभिजन-३ मा झरेको हो।

टिमको खराब प्रदर्शन पछि राजिनामा दिनेहरुमा केन्या क्रिकेट टोलिका कप्तान राकिप पटेल, मुख्य प्रशिक्षक थोमस ओडोयो र क्रिकेट बोर्ड प्रमुख ज्याकी जनमोहम्मद रहेका छन्। ५ पटक विश्वकप खेलिसकेको केन्याले यसपटक डिभिजन दुईमा एउटापनि जित हातपार्न विफल रह्यो।

यसअघि सन् २०१५ देखि २०१७ सम्म संचालित आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा अन्तिम ४ मा परेपछि केन्या नेपाल, नामिबिया, युएईसंगै डिभिजन-२ मा घटुवा भएको थियो। डिभिजन-२ मा सहभागी ६ टोलि मध्ये केन्या अन्तिम स्थानमा रह्यो। त्यसको फलस्वरूप राकिप पटेलको कप्तानीमा रहेको टोलि डिभिजन-३ मा घटुवा भयो।

डिभिजन-२ को असफल यात्रा अन्त्य गर्दै स्वदेश फर्किएसंगै केन्याका कप्तान, मुख्य प्रशिक्षक र क्रिकेट बोर्ड प्रमुखले राजिनामा पेस गरेका हुन्। केन्याका मुख्य प्रशिक्षक थोमस ओडोयो केन्याकै पुर्व खेलाडी हुन्। यस्तै क्रिकेट बोर्ड प्रमुख ज्याकी जनमोहम्मद भने पहिलो महिला क्रिकेट बोर्ड प्रमुख समेत हुन्।

केन्या क्रिकेटका डेभलपमेन्ट डाइरेक्टर अभिजित सरकार र नैरोबी प्रदेश क्रिकेट एसोसिएसनका प्रमुख टोम टिकोलोले समेत राजिनामा दिएका छन्। केन्यामा क्रिकेट बोर्डको खालि पदका लागि ३० दिन भित्र चुनाव हुने व्यवस्था रहेको छ।

यस्तो थियो डिभिजन – २ मा केन्याको नतिजा :

– युएई बिरुद्द २१८ रनले पराजित
– क्यानडा बिरुद्द ५९ रनले पराजित
– नेपाल बिरुद्द ३ विकेटले पराजित
– नामिबिया बिरुद्द ८ विकेटले पराजित
– ओमान बिरुद्द २ विकेटले पराजित

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy