५ पटक बिश्वकप खेलेको केन्या डिभिजन-३ मा झरेपछि केन्या क्रिकेटमा भूकम्प !

Kenya Cricket Team
  • विकेटनेपाल – १२ फाल्गुन, शनिवार

सन् १९९६ देखि सन् २०११ सम्म लगातार ५ वटा एकदिवसीय बिश्वकप खेलेको केन्या क्रिकेट टिम २०१८ सम्म आइपुग्दा डिभिजन-३ मा पुगेको छ। नामिबियामा भर्खरै सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन -२ मा अत्यन्त खराब प्रदर्शन गर्दै डिभिजन-३ मा घटुवा भएसंगै केन्या क्रिकेट टोलिका मुख्य व्यक्तिहरुले पदबाट राजिनामा दिएका छन्।

नेपालसंगै, युएई, नामिबिया, क्यानडा, ओमान र केन्या सहभागी डिभिजन-२ को बिजेता हुँदै युएई र उपविजेता हुँदै नेपाल २०१९ बिश्वकप छनौट खेल्न छनौट भएका थिए भने नामिबिया र क्यानडा तेश्रो र चौथो स्थानमा रहँदै डिभिजन-२ मै रहेका थिए। ओमान र केन्या भने पाँचौ र छैठौं स्थानमा रहेपछि डिभिजन-३ मा झरेको हो।

टिमको खराब प्रदर्शन पछि राजिनामा दिनेहरुमा केन्या क्रिकेट टोलिका कप्तान राकिप पटेल, मुख्य प्रशिक्षक थोमस ओडोयो र क्रिकेट बोर्ड प्रमुख ज्याकी जनमोहम्मद रहेका छन्। ५ पटक विश्वकप खेलिसकेको केन्याले यसपटक डिभिजन दुईमा एउटापनि जित हातपार्न विफल रह्यो।

यसअघि सन् २०१५ देखि २०१७ सम्म संचालित आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा अन्तिम ४ मा परेपछि केन्या नेपाल, नामिबिया, युएईसंगै डिभिजन-२ मा घटुवा भएको थियो। डिभिजन-२ मा सहभागी ६ टोलि मध्ये केन्या अन्तिम स्थानमा रह्यो। त्यसको फलस्वरूप राकिप पटेलको कप्तानीमा रहेको टोलि डिभिजन-३ मा घटुवा भयो।

डिभिजन-२ को असफल यात्रा अन्त्य गर्दै स्वदेश फर्किएसंगै केन्याका कप्तान, मुख्य प्रशिक्षक र क्रिकेट बोर्ड प्रमुखले राजिनामा पेस गरेका हुन्। केन्याका मुख्य प्रशिक्षक थोमस ओडोयो केन्याकै पुर्व खेलाडी हुन्। यस्तै क्रिकेट बोर्ड प्रमुख ज्याकी जनमोहम्मद भने पहिलो महिला क्रिकेट बोर्ड प्रमुख समेत हुन्।

केन्या क्रिकेटका डेभलपमेन्ट डाइरेक्टर अभिजित सरकार र नैरोबी प्रदेश क्रिकेट एसोसिएसनका प्रमुख टोम टिकोलोले समेत राजिनामा दिएका छन्। केन्यामा क्रिकेट बोर्डको खालि पदका लागि ३० दिन भित्र चुनाव हुने व्यवस्था रहेको छ।

यस्तो थियो डिभिजन – २ मा केन्याको नतिजा :

– युएई बिरुद्द २१८ रनले पराजित
– क्यानडा बिरुद्द ५९ रनले पराजित
– नेपाल बिरुद्द ३ विकेटले पराजित
– नामिबिया बिरुद्द ८ विकेटले पराजित
– ओमान बिरुद्द २ विकेटले पराजित





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]