स्टरलिङ्गको आक्रामक इनिङ्ग मदतले सन्दिपको टिमले बनायो १०१ को योगफल

  • विकेटनेपाल, मङ्सिर १३ – बिहिबार

युएईमा जारि टि-१० लिग अन्तर्गत दोश्रो चरणको पाँचौ खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम केरला नाइट्सले ड्यारेन स्यामी कप्तानीको नर्थर्न वारियर्ससंग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस जितेर नर्थन वारियर्सले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको केरलाले निर्धारित १० ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएको हो।

केरलाको इनिंगमा पहिलो विकेटको लागि पल स्टरलिङ्ग र क्रिस गेलले ६८ रनको साझेदारी गरेका थिए। सुस्त ब्याटिंग गरेका गेल सातौँ ओभरमा रसेलको बलमा आउट हुनु अघि उनले १८ बलमा १ चौका मदतले १४ रन बनाए।

नवौं ओभरमा स्टरलिङ्ग ६० रन बनाएर आउट भए जुन क्रममा उनले मात्र २८ बलमा ५ छक्का र ३ चौका प्रहार गरे। उनले मात्र २२ बलमा अर्धशतक पुरा गरेका थिए। त्यसपछि कप्तान आएन ओर्गनले १७ ( १३ बल , २ चौका ) बनाएर अविजित रहे।

वारियर्सको लागि आन्द्रे रसेल र  हार्दस भिलजोनले १/१ विकेट लिए।

जारि खेलमा नेपालका बुद्धि बहादुर प्रधान अम्पायरको भूमिकामा रहेका छन्। एक दिवसीय अन्तर्राष्ट्रिय र टि-२० अन्तर्राष्ट्रिय धेरै खेलाईसके पनि प्रधान बिश्व चर्चित लिगमा पहिलो पटक अम्पयारिंग गरिरहेका छन्।

लिगमा हालसम्म ४ खेलमा २ हार, १ नतिजाविहिन खेल र १ मात्र जित हात पार्न सकेको केरलालाई उत्कृस्ट-४ भित्रपर्दै प्लेअफमा पुग्ने सम्भावना जीवित राख्न आज जित अत्यन्त आवस्यक रहेको छ।

नाइट्सले लिगको पहिलो खेलमा शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित गरेपछि दोश्रो खेलमा शेन वाट्सन कप्तानीको सिन्धिजसंग भने नाइट्स ९ विकेटले पराजित हुन पुग्यो। यस्तै आइतवार सम्पन्न तेस्रो खेल भने बर्षाका कारण रद्ध भएको थियो भने चौथो खेलमा पन्जाबी लेजेन्ड्ससंग ३६ रनले पराजित भएको थियो।

अर्कोतर्फ नर्थर्न वारियर्सले पहिलो खेलमा बङ्गाल टाइगर्ससंग ३६ रनले पराजित भएपछि लगातार ३ खेलमा जित हात पार्ने क्रममा पन्जाबी लेजेन्ड्सलाई ९९ रनले, मराठा अरबीयन्सलाई ८ विकेटले तथा सिन्धिजलाई १ विकेटले पराजित गरिसकेको छ। ड्यारेन स्यामीको कप्तानी रहेको वारियर्समा आन्द्रे रसेल, वहाव रियाज, रभी बोपारा, निकोलस पुरन, लेन्डल सिम्मोन्स जस्ता खेलाडीहरु रहेका छन्।

अंकतालिका 

केरला अंक तालिकामा हाल सातौँ स्थानमा रहेको छ भने नर्थर्न वारियर्स ४ खेलमा ३ जित र १ हारको साथ दोश्रो स्थानमा रहेको छ। पहिलो स्थानमा रहेको शहिद अफ्रिदी कप्तानीको पख्तुन्सले ५ खेलमा ४ जित र १ हार बेहोर्दै प्लेअफमा स्थान पक्का गरिसकेको छ।

टि-२० लिगको फर्म्याट अनुसार लिग चरणको अंकतालिकामा उत्कृस्ट हुने २ टिमले क्वालिफायर खेल खेल्न पाउनेछन् जसको विजेता सिधा फाइनल प्रवेश गर्नेछ। यस्तै अंकतालिकामा तेश्रो र चौथो हुने टिम बीच इलिमीनेटर खेल हुनेछ जसको विजेताले क्वालिफायरमा हार्ने टिमसंग प्रतिस्पर्धा गर्नेछ जसको विजेता फाइनल प्रवेश गर्नेछ।

प्रतियोगितामा हालसम्म सन्दिपको प्रदर्शन

पहिलो खेल –  बिरुद्ध पख्तुन्स ( २-०-१७-३ ) : प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ३ विकेट लिंदै सन्दिपले शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित अहम योगदान दिएका थिए। उक्त खेलमा नेपाली लेग स्पिनरले आन्द्रे फ्लेचर, कोलिन इन्ग्राम, मोहम्मद कलिमको विकेट लिएका थिए। २ ओभर बलिङ्ग गर्ने क्रममा उनले मात्र १७ रन खर्चेर ३ विकेट लिंदै निकै तारिफ पाएका थिए।

पहिलो ओभर – विकेट ( फ्लेचर ) , १ रन, २ रन, छक्का, १ रन , विकेट ( इन्ग्राम )
दोश्रो ओभर – चौका, डट बल, १ रन, विकेट ( कलिम ) , १ रन, १ रन

दोश्रो खेल – बिरुद्ध सिन्धिज ( २-०-१४-१ ) : दोश्रो खेलमा सन्दिपको टिम पराजित भए पनि आफ्नो पहिलो खेलको लयलाई दोहोर्याएका उनले न्युजिल्याण्ड राष्ट्रीय क्रिकेटर समेत रहेका एन्टन डेभसिचको विकेट लिएका थिए । आक्रमक ब्याटिंग गरेर ४९ रन बनाएका डेभसिचलाई उनले क्याच आउट गराएका थिए।

पहिलो ओभर – १ रन , १ रन, छक्का , १ रन , डट बल, १ रन
दोश्रो ओभर – १ रन, १ रन , विकेट ! , डट बल, १ रन, १ रन

तेश्रो खेल – बिरुद्ध राज्पुत्स ( २-०-२३-२ ) : लगातार राम्रो प्रदर्शन गरिरहेका सन्दिपले आफ्नो तेस्रो खेलमा समेत २ विकेट हात पारे। बर्षाका कारण पछि गएर रद्ध भएको खेलमा सन्दिपले आफ्नो २ ओभरमा उत्कृस्ट लयमा रहेका मोहम्मद सेहजाद र कार्लोस ब्रेथवेटको विकेट हात पारेका थिए।

पहिलो ओभर – १ रन, डट बल, डट बल, १ रन, विकेट ! , चौका
दोस्रो ओभर – छक्का, छक्का, १ रन, विकेट, डट बल, चौका

चौथो खेल – बिरुद्ध पन्जाबी लेजेन्ड्स ( २-०-२८-० ) 

प्रतियोगिताको पहिलो ३ खेलमा ६ विकेट लिएका नेपाली गुगली ब्वाई पहिली पटक विकेट विहिन बने।खेलको दोश्रो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपको पहिलो ओभरमै उमर अकमलले ३ चौका र १ छक्का प्रहार गर्दै कुल १८ रन प्रहार गरेका थिए। त्यसपछि सुधारिएको बलिङ्ग गर्दै सन्दिपले दोश्रो ओभरमा १० रन खर्चिए र २ ओभरमा २८ रन खर्चिए।

पहिलो ओभर ( ६ , ४ , ० , ० , ४ , ४ ) – छक्का ( उमर अकमल ) , चौका ( उमर अकमल ) , डट बल, डट बल, चौका ( उमर अकमल ) , चौका ( उमर अकमल )

दोश्रो ओभर ( ४ , १ , ० १ , ४ , ० ) – चौका ( मुर ) , १ रन ( मुर ) , डट बल ( साल्ट ) , १ रन ( साल्ट ) , चौका ( मुर ) , डट बल ( मुर )

टि-१० लिगका लागि अगस्टमा सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई प्रतियोगिताको डिफेन्डिंग च्यापियन केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा नाइट्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेको छ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]