टि-१० लिग : जित्नै पर्ने खेलमा आज सन्दिपको केरला र नर्थर्न वारियर्स खेल्दै

  • विकेटनेपाल, मङ्सिर १३ – बिहिबार 

युएईमा जारि टि-१० लिग अन्तर्गत दोश्रो चरणको पाँचौ खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम केरला नाइट्सले ड्यारेन स्यामी कप्तानीको नर्थर्न वारियर्ससंग खेल्दैछ।

लिगमा हालसम्म ४ खेलमा २ हार, १ नतिजाविहिन खेल र १ मात्र जित हात पार्न सकेको केरलालाई उत्कृस्ट-४ भित्रपर्दै प्लेअफमा पुग्ने सम्भावना जीवित राख्न आज जित अत्यन्त आवस्यक रहेको छ।

नाइट्सले लिगको पहिलो खेलमा शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित गरेपछि दोश्रो खेलमा शेन वाट्सन कप्तानीको सिन्धिजसंग भने नाइट्स ९ विकेटले पराजित हुन पुग्यो। यस्तै आइतवार सम्पन्न तेस्रो खेल भने बर्षाका कारण रद्ध भएको थियो भने चौथो खेलमा पन्जाबी लेजेन्ड्ससंग ३६ रनले पराजित भएको थियो।

अर्कोतर्फ नर्थर्न वारियर्सले पहिलो खेलमा बङ्गाल टाइगर्ससंग ३६ रनले पराजित भएपछि लगातार ३ खेलमा जित हात पार्ने क्रममा पन्जाबी लेजेन्ड्सलाई ९९ रनले, मराठा अरबीयन्सलाई ८ विकेटले तथा सिन्धिजलाई १ विकेटले पराजित गरिसकेको छ। ड्यारेन स्यामीको कप्तानी रहेको वारियर्समा आन्द्रे रसेल, वहाव रियाज, रभी बोपारा, निकोलस पुरन, लेन्डल सिम्मोन्स जस्ता खेलाडीहरु रहेका छन्।

अंकतालिका 

केरला अंक तालिकामा हाल सातौँ स्थानमा रहेको छ भने नर्थर्न वारियर्स ४ खेलमा ३ जित र १ हारको साथ दोश्रो स्थानमा रहेको छ। पहिलो स्थानमा रहेको शहिद अफ्रिदी कप्तानीको पख्तुन्सले ५ खेलमा ४ जित र १ हार बेहोर्दै प्लेअफमा स्थान पक्का गरिसकेको छ।

टि-२० लिगको फर्म्याट अनुसार लिग चरणको अंकतालिकामा उत्कृस्ट हुने २ टिमले क्वालिफायर खेल खेल्न पाउनेछन् जसको विजेता सिधा फाइनल प्रवेश गर्नेछ। यस्तै अंकतालिकामा तेश्रो र चौथो हुने टिम बीच इलिमीनेटर खेल हुनेछ जसको विजेताले क्वालिफायरमा हार्ने टिमसंग प्रतिस्पर्धा गर्नेछ जसको विजेता फाइनल प्रवेश गर्नेछ।

खेलबारे जानकारी 

केरला नाइट्स र नर्थर्न वारियर्स बीचको खेल सारजाह मैदानमा नेपाली समय बेलुका ५:१५ बजे सुरु हुनेछ।खेलको प्रत्यक्ष प्रशारण सोनी/इएसपीएनले गरिरहेको छ भने अनलाइनमा समेत Sonyliv.com मा भइरहेको छ।

प्रतियोगितामा हालसम्म सन्दिपको प्रदर्शन

पहिलो खेल –  बिरुद्ध पख्तुन्स ( २-०-१७-३ ) : प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ३ विकेट लिंदै सन्दिपले शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित अहम योगदान दिएका थिए। उक्त खेलमा नेपाली लेग स्पिनरले आन्द्रे फ्लेचर, कोलिन इन्ग्राम, मोहम्मद कलिमको विकेट लिएका थिए। २ ओभर बलिङ्ग गर्ने क्रममा उनले मात्र १७ रन खर्चेर ३ विकेट लिंदै निकै तारिफ पाएका थिए।

पहिलो ओभर – विकेट ( फ्लेचर ) , १ रन, २ रन, छक्का, १ रन , विकेट ( इन्ग्राम )
दोश्रो ओभर – चौका, डट बल, १ रन, विकेट ( कलिम ) , १ रन, १ रन

Sandeep lamichhane
Sandeep Lamichhane

दोश्रो खेल – बिरुद्ध सिन्धिज ( २-०-१४-१ ) : दोश्रो खेलमा सन्दिपको टिम पराजित भए पनि आफ्नो पहिलो खेलको लयलाई दोहोर्याएका उनले न्युजिल्याण्ड राष्ट्रीय क्रिकेटर समेत रहेका एन्टन डेभसिचको विकेट लिएका थिए । आक्रमक ब्याटिंग गरेर ४९ रन बनाएका डेभसिचलाई उनले क्याच आउट गराएका थिए।

पहिलो ओभर – १ रन , १ रन, छक्का , १ रन , डट बल, १ रन
दोश्रो ओभर – १ रन, १ रन , विकेट ! , डट बल, १ रन, १ रन

तेश्रो खेल – बिरुद्ध राज्पुत्स ( २-०-२३-२ ) : लगातार राम्रो प्रदर्शन गरिरहेका सन्दिपले आफ्नो तेस्रो खेलमा समेत २ विकेट हात पारे। बर्षाका कारण पछि गएर रद्ध भएको खेलमा सन्दिपले आफ्नो २ ओभरमा उत्कृस्ट लयमा रहेका मोहम्मद सेहजाद र कार्लोस ब्रेथवेटको विकेट हात पारेका थिए।

पहिलो ओभर – १ रन, डट बल, डट बल, १ रन, विकेट ! , चौका
दोस्रो ओभर – छक्का, छक्का, १ रन, विकेट, डट बल, चौका

Sandeep Lamichhane
Sandeep Lamichhane ( Photo – thenational.ae)

चौथो खेल – बिरुद्ध पन्जाबी लेजेन्ड्स ( २-०-२८-० ) 

प्रतियोगिताको पहिलो ३ खेलमा ६ विकेट लिएका नेपाली गुगली ब्वाई पहिली पटक विकेट विहिन बने।खेलको दोश्रो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपको पहिलो ओभरमै उमर अकमलले ३ चौका र १ छक्का प्रहार गर्दै कुल १८ रन प्रहार गरेका थिए। त्यसपछि सुधारिएको बलिङ्ग गर्दै सन्दिपले दोश्रो ओभरमा १० रन खर्चिए र २ ओभरमा २८ रन खर्चिए।

पहिलो ओभर ( ६ , ४ , ० , ० , ४ , ४ ) – छक्का ( उमर अकमल ) , चौका ( उमर अकमल ) , डट बल, डट बल, चौका ( उमर अकमल ) , चौका ( उमर अकमल )

दोश्रो ओभर ( ४ , १ , ० १ , ४ , ० ) – चौका ( मुर ) , १ रन ( मुर ) , डट बल ( साल्ट ) , १ रन ( साल्ट ) , चौका ( मुर ) , डट बल ( मुर )

टि-१० लिगका लागि अगस्टमा सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई प्रतियोगिताको डिफेन्डिंग च्यापियन केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा नाइट्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेको छ।





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]