इपिएल टि-२० : स्टार आइरिस क्रिकेटर ओ ब्रायन पुनः काठमाडौँमा

इपिएलको अघिल्लो सिजन झैँ यो सिजन पनि टेस्ट राष्ट्र आयरल्याण्डका स्टार अल-राउण्डर केभिन ओ ब्रायन काठमाडौँ किंग्स-११ बाट खेल्ने भएका छन्।

गत सिजन काठमाडौँको लागि ओ ब्रायनले राम्रो अलराउण्ड प्रदर्शन गर्ने क्रममा ७ खेलमा ९ विकेट लिंदै १ सय ८४ रन समेत बनाएका थिए।  यस क्रममा ब्रायन धेरै विकेट लिने सुचीमा चौथो तथा  धेरै रन बनाउने सुचीमा छैठौं स्थानमा रहेका थिए।

सन् २००६ देखि आयरल्याण्डको लागि खेलीरहेका ओ ब्रायन सन् २०११ को विश्वकपमा इंग्ल्याण्ड बिरुद्ध शतक बनाउदै आयरल्याण्डले जित हात पारेपछि विश्वचर्चित भएका थिए।  त्यसक्रममा उनले ५० बलमा शतक ( ११३ रन ) बनाउदै विश्वकपमा छिटो शतक बनाउने ब्याट्सम्यान बनेका थिए। साथै ब्रायन आयरल्याण्डको लागि टेस्ट क्रिकेटमा शतक बनाउने समेत पहिलो खेलाडी हुन्।

गत सिजन काठमाडौँको लागि ओ ब्रायनले राम्रो अलराउण्ड प्रदर्शन गर्ने क्रममा ७ खेलमा ९ विकेट लिंदै १ सय ८४ रन समेत बनाएका थिए। 

दायाँ हाते ब्याट्सम्यान तथा तिब्र गति बलर ब्रायनले आयरल्याण्डको लागि ३ टेस्ट, १ सय ४५ एकदिवसीय र ९३ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्। यस क्रममा टेस्टमा ५१.६को औशतले २ सय ५८ रन, एकदिवसीयमा ३०.५६ को औशतले ४ हजार ५ सय ४६ रन तथा टि२० मा २०.९४ को औशतले १ हजार ५ सय ९२ रन बनाएका छन्। यस्तै एकदिवसीयमा १ सय १३ तथा टि-२० मा ५८ विकेट लिएका छन्। टेस्टमा एउटा, एकदिवसीयमा २ वटा तथा टि-२० मा उनले १ शतक प्रहार गरेका छन्।

इपिएलको गत सिजन अंकतालिकामा दोश्रो स्थानमा रहँदै प्लेअफ पुगेको काठमाडौँले क्वालीफायरमा ललितपुरसंग तथा दोश्रो क्वालीफायरमा भैरहवासंग पराजित हुन पुगेको थियो।

यस्तो छ काठमाडौँ टिम :- 

यो पटक काठमाडौँले सिद्धान्त लोहनी, बिक्रम भुसाल र पुरन बिकलाई रिलिज गर्दै राष्ट्रिय क्रिकेटर अमृत भट्टराई , यु-१९ राष्ट्रिय क्रिकेटर शेर मल्ल तथा दिपेन्द्र रावतलाई टिममा भित्र्याएको छ।

यस्तै यो पटक काठमाडौँले आफ्नो मार्की खेलाडी समेत रहेका सोमपाल कामि चितवन टाइगर्सलाई ‘ट्रेड’ गर्दै चितवन टाइगर्सका मार्की खेलाडी दिपेन्द्र सिंह ऐरीलाई टिममा भित्र्याएको छ। यस्तै खेलाडीहरु रिप्लेसमेन्टको नियम अनुसार यो पटक काठमाडौँ किंग्स-११ ले हाल क्यानडामा रहेका आफ्नो ब्याट्सम्यान नरेश बुढायरको सट्टा सुबास खकुरेललाई टिममा लिएको छ। यस्तै हाल जापानमा रहेका देब्रे हाते स्पिनर सुशील कंडेलको सट्टा अन्डर-१९ राष्ट्रिय क्रिकेटर तिब्र गति बलर आकाश चन्दलाई टिममा भित्र्याएको छ।

काठमाडौँ किंग्स-११ टिम : सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, संसाद शेख, अमर सिंह रौटेला, सुबास खकुरेल, आकाश चन्द, अमृत भट्टराई, शेर मल्ल, दिपेन्द्र रावत, विदेशी खेलाडी –  केभिन ओ ब्रायन ( अन्य विदेशी खेलाडी घोषणा हुन बाँकी )





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]