काठमाडौँलाई जिताउन केभिन ओ ब्रायनको अल-राउण्ड प्रदर्शन

Kevin O Brian
  • विकेटनेपाल, मङ्सिर-२८ , शुक्रबार 

एभरेस्ट प्रिमियर लिग इपिएल टि-२० अन्तर्गत ११ औं खेलमा काठमाडौँ किंग्स-११ ले पोखरालाई ५ विकेटले पराजित गर्दै लिगमा दोश्रो जित दर्ता गरेको छ।

लगातार चौथो हार बेहोर्दै पोखरा राइनोज प्रतियोगिताको दोश्रो चरण नपुग्ने पक्का भएको छ। यस्तै काठमाडौँले भने ३ खेलमा २ जित र १ हार सहित ४ अंक बटुली अंकतालिकाको चौथो स्थानमा उक्लदै प्लेअफ पुग्ने सम्भावना मजबुत बनाएको छ। अंकतालिकामा ४ खेलमा ३ जित र १ हारको साथ ६ अंक सहित ललितपुर प्याट्रीएट्स पहिलो स्थानमा रहेको छ भने भैरहवा ग्ल्याडीएटर्स ३ खेलमा ३ जित हात पारे पनि नेट रनरेटमा पछि रहँदै दोश्रो स्थानमा रहेको छ।

खेलमा पहिले ब्याटिंग गर्दै पोखराले दिएको १६६ रनको लक्ष्य काठमाडौँले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पुरा गरेको हो।

केभीन ओ ब्रायनको उत्कृस्ट ब्याटिंग 

लक्ष्य पछ्याउने क्रममा ओपनिङ्ग गर्न आएका कप्तान रोहन मुस्तफा र अमित श्रेष्ठले पहिलो विकेटको लागि रनको साझेदारी गरेपछि अमित ११ रन बनाएर चौथो ओभरमा सोबबाट विकेटकिपर बिनोद भण्डारीबाट समातिन पुगे।

दोश्रो विकेटको लागि मुस्तफा र सागर पुनले ३२ रनको साझेदारी गरे। १८ रन बनाएका सागरलाई नवौं ओभरमा शक्ति गौचनले बोल्ड गरेपछि साझेदारी टुट्न पुग्यो। त्यसलगत्तै सुशन भारिले ओपनर रोहन मुस्तफालाई कायल कोट्जरको हातबाट क्याच आउट गराउन पुग्दा काठमाडौँ ८९/३ ( ९.२ ओभर ) को अवस्थामा पुग्यो।

Kevin O Brian

त्यसपछि केभिन ओ ब्रायन र नरेश बुढायरले चौथो विकेटको लागि २३ रनको साझेदारी गरे पनि नरेश १ रन बनाएर कोट्जरद्वारा रन आउट हुँदा काठमाडौँ पुनः समस्यामा पुग्यो।

नरेशको विकेट पछि ब्याटिंग गर्न आएका भारतीय खेलाडी सुब्रमन्यन आनन्दसंग ओ ब्रायनले पाँचौ विकेटको लागि ५८ रनको साझेदारी गर्दै टिमलाई सहज जिततर्फ अघि बढाए। आनन्द १९ औं ओभरको चौथो बलमा २७ रन ( १८ बल , २ छक्का ) बनाएर आउट हुँदा टिम जितको नजिक पुगीसकेको थियो।

अन्तिम ओभरमा ३ रन आवस्यक हुँदा ओ ब्रायनले पहिलो बलमा २ रन तथा दोश्रो बलमा १ रन लिंदै टिमलाई जित दिलाए।

आयरल्याण्डका स्टार खेलाडी ओ ब्रायनले प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक पुरा गर्ने क्रममा अविजित ५४ रन बनाए जुन क्रममा ३५ बलमा ३ छक्का र ४ चौका प्रहार गरे।

पोखराको बलिङ्गमा बिक्रम सोबले २ विकेट ( ४-०-३६-२ ) लिए भने शक्ति गौचन ( ४-०-२३-१ ) र सुशन भारि ( ४-०-२५-१ ) ले १/१ विकेट लिए। बिपिन खत्री ( २-०-२६-० ) , पल कग्लिन ( ३.२-०-३४-० ) र किशोर महतो ( २-०-१७-० ) विकेट विहिन रहे।

खेलको प्लेयर अफ द म्याच अल-राउण्ड योगदान योगदान दिएका केभिन ओ ब्रायन घोषित भए।

पोखराको ब्याटिंग 

खेलमा टस हारेर पहिले ब्याटिंग रोजेको पोखरा राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रनको योगफल तयार गरेको थियो।

उत्कृस्ट फर्ममा रहेका रिचर्ड लेभी र कप्तान कायल कोट्जरले पहिलो विकेटको लागि ४३ रनको साझेदारी गर्दै राइनोजलाई राम्रो सुरुवात दिलाए।

लेभीलाई लिगमा पहिलो खेल खेलीरहेका युएईका कप्तान समेत रहेका रोहण मुस्तफाले चौथो ओभरमा बोल्ड गर्दै किंग्स ११लाई पहिलो सफलता दिलाए। लेभीले २१ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ३८ रन बनाए। पहिलो विकेट गुमेपछि कोट्जरले दोश्रो विकेटको लागि सुनिल धमला ( ९ रन ) संग ३३ रन तथा पल कग्लिनसंग ३२ रनको साझेदारी गरे।

Kyle Coetzer
Kyle Coetzer

धमलालाई आठौँ ओभरमा र कोट्जरलाई १३ औं ओभरमा लेग स्पिनर बिक्रम भुसालले आउट गरे। कोट्जरले २५ बलमा ६ चौका मदतले ३७ रन बनाए।

कोट्जरको विकेट पछि बिनोद भण्डार १७ रन ( ११ बल, २ छक्का ) बनाएर आउट हुँदा राजेश पुलामी पनि ९ रनमा पेभेलियन फर्किए। बिक्रम सोब र बिपिन खत्री ३/३ रनमा अविजित रहे।

फलस्वरूप पुरै २० ओभर ब्याटिंग गरेको पोखराले ६ विकेट गुमाएर १६५ रनको योगफल तयार गर्यो।

Rohan Mustafa
Rohan Mustafa

काठमाडौँ किंग्स ११ को बलिङ्गतर्फ केभिन ओ ब्रायन र बिक्रम भुसालले समान २/२ विकेट लिए। भुसालले ४ ओभरमा २४ रन तथा ब्रायनले ४ ओभरमा ३९ रन खर्चिए। रोहन मुस्तफा ( ४-१-२१-१ ) तथा सम्षद शेख ( ४-०-३४-१ ) ले समान १/१ विकेट हात पारे भने जितेन्द्र मुखिया ( २-०-३२-० ) र सागर पुन ( २-०-१३-० ) विकेट विहिन रहे।

अघिल्लो खेलमा समेत घाइते भएका कारण अनुपस्थित सोमपाल आज पनि खेल्न सकेका छैनन् जसको सट्टा रोहन मुस्तफाले टिमको कप्तानी गरेका थिए।

लिग अन्तर्गत काठमाडौँले पहिलो खेलमा चितवन टाइगर्सलाई पराजित गरेको थियो भने दोश्रो खेलमा ललितपुरसंग भने १० विकेटको पराजय बेहोरेको थियो। उता पोखराले भने  पहिलो खेलमा भैरहवासंग २१५ रनको योगफल बनाउदा पनि पराजित हुन परेको पोखराले त्यसपछि दोश्रो खेलमा ललितपुरसंग पनि १६६ रनको योगफल बचाउन सकेन। तेश्रो खेलमा ब्याटिंग नचल्दा ८४ रन मात्रै बनाए पनि बिराटनगर बिरुद्ध राम्रो बलिङ्ग गरेको राइनोजले सुपर ओभरमा खेल गुमाउनु परेको थियो।

लिग अन्तर्गत आजै सम्पन्न पहिलो खेलमा चितवन टाइगर्सले पहिलो जित निकाल्ने क्रममा बिराटनगर वारियर्सलाई ५ रनले पराजित गर्यो। जितसंगै अंक तालिकामा चितवन ४ खेलमा ३ हार र १ जितको साथ चौथो स्थानमा उल्केको छ। उता ४ खेलमा २ जित र २ हारको साथ बिराटनगर तेश्रो स्थानमा यथावत रहेको छ। ३/३ जित हात पार्दै ललितपुर प्याट्रीएट्स र भैरहवा ग्ल्याडीएटर्स प्लेअफ पुगी सकेका छन्।





थप समाचार

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]