महिला एसपीएल टि-२० : रुबिना कप्तानीको सुरुंगा फाईनलमा

  • विकेटनेपाल १५ असार, राजबिराज ।

सबल नेपालको आयोजनामा  राजबिराजको पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा संचालित सप्तरी महिला प्रिमियर लिग प्रतियोगिता अन्तर्गत आईतवार भएको अन्तिम खेलमा सुरुंगा नगरपालिकाले राजबिराज सिस्कालाई ३४ रनले पराजित गर्दै सोमवार हुने फाईनल खेलको लागि आफनो स्थान पक्का गरेको छ।

आईतवार सम्पन्न खेलमा सुरुंगाका कप्तान रुविना क्षेत्रिले टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय १८ रनको योगफल तयार पारेका थियो ।

सुरुंगाका लागि कप्तान रुविना क्षेत्रीले ३६ बलमा ४ चौका मद्दतले ३८ तथा रोमा थापाले ३८ बलमा ४ चौकाको मद्दतले ३५ रनको योगदान दिएका थिए । दुवैले दोश्रो विकेटका लागि ६९ रन जोडे ।

Rubina Chhetri

रुविना र रोमा बाहेक अपसरी बेगमले १७ बलमा २ चौका प्रहार गरि अविजित १८ तथा संगिता राईले १० रनको योगदान दिएका थिए । बलिंगतर्फ राजबिराजका तर्फबाट नेरी थापाले २ तथा अस्मिना कर्मचार्य र कविता जोशिले सामान १ विकेट लिए ।

१ सय १९ रनको चुनौति लिई मैदानमा ओर्लेको राजबिराज सिस्का एन्जलस सुरुंगाले २० ओभरमा ७ विकेट गुमाएर ८४ रनमै समेटिन पुग्यो।

राजबिराजलाई सस्तोमा समेटन सुरुंगाका अफसरी बेगमले आर्कषक बलिंग गर्दै ४ ओभरमा १२ रन दिई महत्वपुर्ण २ विकेट तथा सोमु बिष्ट र निशा साहले सामान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सुरुंगा नगरपालिकाका अप्सरी बेगम भएका थिए ।

सुरुंगा नगरपालिका र खडक नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघ र सेभ द चिल्ड्रेन संगको सहकार्यमा सबल नेपालद्धारा गत १३ गते देखि संचालित प्रतियोगिताको फाईनल खेल असार १६ गते सोमवार सुरुंगा र खडक बिच बिहान ७ बजे देखि हुने जानकारी आयोजक समितिका रोशन मण्डलले जानकारी गराउनु भएको छ ।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]