एलपीएल : खड्क बोहराको आक्रामक शतकमा सिद्धार्थ शिशुको जित

Sher Malla
  • विकेटनेपाल, मङ्सिर-१ , धनगढी 

धनगढीमा जारी तेस्रो निस्ट लिटिल फ्लावर प्रिमियर लिगमा सिद्धार्थ शिशु सदन र लिटल फ्लावर बोर्डीङ स्कुल विजयी भएका छन्। आजको पहिलो खेलमा सावीक विजेता सिद्धार्थ शिशु सदनले सरस्वती मावि गेटालाई ३२ रनले पराजित भएको छ।

जितसङ्गै सिद्धार्थ शिशु सदन सेमिफाइनलमा प्रवेश गरेको छ भने पराजित भएको सरस्वती मावि गेटा प्रतियोगिताबाट बाहिरिएको छ।

सिद्धार्थले जितको लागि दिएको १ सय ८८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १ सय ५६ रन बनाउन सक्यो। सरस्वतीको लागि हिक्मत सेठिले अविजित ६२, हृदय बिठारीले ४४ रन बनाए। बलिङतर्फ सिद्धार्थका प्रतिस जिसिले २ विकेट लिए।

खड्क बोहराले ६९ बलमा १७ चौका र १ छक्का सहित अविजित १०३ रन बनाए

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको सिद्धार्थ शिशु सदनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो। पहिलो विकेट २ रनमा गुमाएको सिद्धार्थ शिशु सदनको लागि दोस्रो विकेटको रूपमा खडक बोहरा र सुरेन्द्र साउदले ऐतिहासिक १ सय २३ रनको साझेदारी गरेका थिए।

सिद्धार्थ शिशु सदनको लागि ब्याटिङमा खड्क बोहराले ६९ बलमा १७ चौका र १ छक्का सहित अविजित १०३ रन बनाए भने सुरेन्द्र साउदले ३७ र कप्तान प्रतिस जिसिले ३२ रनको महत्त्वपूर्ण योगदान दिए।

शेर मल्लको प्रदर्शनमा लिटल फ्लावरको जित 

आजै सम्पन्न दोश्रो खेलमा लिटल फ्लावर स्कुल धनगढीले क्यास्पियन एकेडेमी धनगढीमाथि १७ रनको जित निकालेको छ।

जितसङ्गै लिटिल फ्लावर स्कुल धनगढी सेमिफाइनल प्रवेश गरेको छ भने पराजित भएको क्यास्पियन एकेडेमी धनगढी प्रतियोगिताबाट बाहिरिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावर स्कुल धनगढीले जितको लागि दिएको १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको क्यास्पियन एकेडेमी धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय २७ रन बनाउन सक्यो। क्यास्पियन एकेडेमी धनगढीको लागि दिनेश अधिकारीले ७२, रोशन अधिकारीले ३० रनको योगदान दिए। बलिङतर्फ लिटिल फ्लावर स्कुलका बिक्रम ठगुन्ना र सागर भण्डारीले समान २/२ तथा शेर मल्ल र सुरज तिरुवाले समान १/१ विकेट लिए।

Sher Malla

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावर स्कुलले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४४ रन बनायो। लिटिल फ्लावर स्कुलको लागि ब्याटिङमा शेर मल्लले ३४ तथा कप्तान बिपिन रावलले २२ रनको योगदान दिए। बलिङतर्फ क्यास्पियनको रोशन अधिकारि र निरज रावलले समान ३/३ , आकाश चन्दले २ विकेट लिएका थिए। शेर मल्ल खेलको म्यान अफ द म्याच भए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]