अलि खान आईपीएल छनौट हुने पहिलो अमेरिकी क्रिकेटर

आईपीएल टिम कोलकाता नाइट राइडर्सले अमेरिकी क्रिकेट टिमका फास्ट बलर अलि खानलाई इंग्ल्यान्ड फास्ट बलर ह्यारी गर्नीको प्रतिस्थापनको रुपमा टिममा अनुवन्ध गरेको छ। गर्नीले ढाडको चोटका कारण प्रतियोगिता खेल्न नसक्ने भएपछि सेप्टेम्बर १९ देखि सुरु हुने आईपीएल र गत महिना इंग्ल्यान्ड भाइटालिटि ब्लास्ट टि-२० बाट नाम फिर्ता लिएका थिए। बंगलादेशका फास्ट बलर मुस्तफीजुर रहमानलाई टिममा ल्याउने प्रयास असफल भएपछि टिमले खानलाई मौका दिएको हो।

दिनेश कार्तिक कप्तानीको कोलकाताले २९ वर्षीय अलि खानलाई अनुबन्ध गरेपछि आईपीएलमा छनौट हुने उनि पहिलो अमेरिकी क्रिकेटर भएका छन्।

यसै साता सम्पन्न करेबियन प्रिमियर लिग टि-२० मा विजेता टिम ट्रिनबागो नाइट राइडर्सको प्रतिनिधित्व गरेका खान त्यहाँबाट युएई आउनेछन्। अवगत रहोस् ट्रिनबागो नाइट राइडर्स र कोलकाता नाइट राइडर्स एउटै कम्पनिको टिम जो जसको मालिक बलिउड अभिनेता शाहरुख खान रहेका छन्। गत सिजन पनि अलि कोलकाताको प्रतिस्थापनको रुपमा उपलब्ध रहेका थिए।

अलि आईपीएल छनौट हुने पहिलो अमेरिकी क्रिकेटर बनेका छन्

सिपिएल टि-२० मा ट्रिनबागोले लगातार १२ खेलमा जित हात पार्दै उपाधि जित्दा फास्ट बलर खानले ८ खेलमा ८ विकेट लिएका थिए। यस क्रममा उनले फाइनलमा सेन्ट लुसिया जुक्स बिरुद्ध २५ रन खर्चेर २ विकेट लिएका थिए।

सन् २०१६ मा सिपिएल टि-२० डेब्युको पहिलो बलमै कुमार संगाकाराको विकेट लिएका खानले लगातार सिपिएलमा राम्रो बलिंग गर्दै आएका थिए। यस क्रममा उनले गायना र ट्रिनबागोको प्रतिनिधित्व गर्ने क्रममा तिन सिजन खेल्ने क्रममा ३१ खेलमा ३५ विकेट लिएका छन्। उनले २०१८ को सिजनमा ट्रिनबागोको लागि खेल्दै १२ खेलमा १६ विकेट लिएका थिए।


२०१६ मा अमेरिकी राष्ट्रिय टिमको लागि ओमान बिरुद्ध डेब्यु गरेका खानले यस अघि बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, ग्लोबल टि-२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, युएई टि-१० लिग खेलीसकेका छन्। कूल ३६ टि-२० खेल्ने क्रममा उनले ३८ विकेट लिएका छन्।

पाकिस्तानमा जन्मेका खानको परिवार उनि १८ वर्षको हुँदा अमेरिकाको ओहायोमा बसाइँ सरेको थियो। उनको १४० को गतिमा फास्ट बलिंग र राम्रो योर्कर गर्ने क्षमताका कारण सिपिएल टि-२० र अमेरिकी राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका थिए।

अलिले २०१९ को विश्व क्रिकेट लिग डिभिजन-२ मा अमेरिकाको लागि नामिबिया बिरुद्ध २ रनको रोमान्चक जित दर्ता गर्ने क्रममा शानदार बलिंग गर्दै अमेरिकालाई जिताएका थिए। नामिबियालाई जितको लागि १२ बलमा १४ रन आवस्यक रहेको र ४ विकेट बाँकी रहेको अवस्थामा ४९ औं ओभर बलिंग गरेका खानले ओभरमा तिन विकेट लिंदै २ रनको रोमान्चक जितमा अहम योगदान दिएका थिए। खाननै उक्त खेलको प्लेयर अफ द म्याच चुनिएका थिए। यस्तै उनि अमेरिकाले केन्या बिरुद्ध २०१८ मा इतिहासकै पहिलो जित दर्ता गर्दा ३ विकेट लिंदै प्लेयर अफ द म्याच चुनिएका थिए।

कोलकाता टिममा खान सहित विदेशी खेलाडीहरुको रुपमा इंग्ल्यान्ड कप्तान ओएन मोर्गन, टम बान्टन, आन्द्रे रसेल, सुनिल नारायण, क्रिस ग्रिन, प्याट कमिन्स र लकी फर्गुसन रहेका छन्। टिममा स्थान बनाएता पनि खानले अन्तिम-११ मा स्थान बनाउन भने मुस्किल हुनेछ।

आईपीएल २०२० मा कोलकाता टिम : दिनेश कार्तिक ( कप्तान ), आन्द्रे रसल, सुनील नारायण, कुलदीप यादव, शुभमन गिल, लकी फर्गुसन, नितीश राणा, रिंकू सिंह, प्रसिद्ध कृष्णा, संदीप वारियर, अलि खान, कमलेश नागरकोटी, शिवम माभी, सिद्धेश लाड, प्याट कमिन्स, ओएन मोर्गान, टम ब्यान्टन, राहुल त्रिपाठी, वरुण चक्रवर्ती, क्रिस ग्रीन, एम सिद्धार्थ, निखिल नायक ।

( साभार – क्रिक्इन्फो )

यो पनि पढ्नुस :-

IPL 2020 : ८ कप्तान मध्ये कोहलीको कमाइ सबैभन्दा धेरै, कुन कप्तानको तलब कति

‘पोलार्ड र पान्ड्या जस्ता ब्याट्सम्यानले यो आईपीएलमा संघर्ष गर्नेछन्’ रमिज राजा

IPL 2020 : कस्तो छ डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स टिम

‘युएईको पिचमा हाई स्कोरिंग म्याच कम देख्न पाइनेछ’ भुवनेश्वर कुमार





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]