EPL : स्थगित खेलहरु नयाँ मितिमा हुने ( खेलतालिका सहित )

काठमाडौँमा जारि एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल टि-२० ) अन्तर्गत सोमबार टस समेत हुन नपाई रोकिएको दुई वटा खेलहरु नयाँ मितिमा खेलिने भएको छ।

सोमबार विहानको काठमाडौँ किंग्स-११ र बिराटनगर वारियर्स बीचको तथा दिउसोको चितवन टाइगर्स र भैरहवा ग्ल्याडीएटर्स बीचको खेल मैदान खेल्नलायक नहुँदा टस समेत नभई स्थगित गरिएको थियो। दुवै खेल पछि एक/एक अंक नबाँड्दै आयोजकले टिमहरुलाई नयाँ मितिमा खेल गर्ने प्रस्ताव गरेको थियो जसमा टिमहरु सहमत भएका हुन्।

विकेटनेपाललाई प्राप्त नयाँ खेल तालिका अनुसार अब काठमाडौँ किंग्स-११ र बिराटनगर वारियर्स बीचको खेल अक्टोबर १ तारिख ( शुक्रबार ) विहान ९:३० बजे खेलिनेछ भने चितवन टाइगर्स र भैरहवा ग्ल्याडीएटर्स बीचको खेल अक्टोबर २ तारिख ( शनिवार ) विहान ९:३० बजे खेलिनेछ।

प्राप्त जानकारी अनुसार आज दिउसो १२:१५ बजे खेलिने भनिएको पोखरा राइनोज र काठमाडौँ किंग्स-११ बीचको खेल पनि यदी टस समेत नभई स्थगित भएको खण्डमा उक्त खेल पनि नयाँ मितीमा खेलिनेछ। आज पनि दिनभर घाम लागेको खण्डमा मात्र थोरै ओभर खेल हुने सम्भावना रहेको छ। आज राति पनि पानि परेकोले पुनः मैदान सुक्न समय लाग्नेछ। मैदानको चोभार इन्डमा पानि नसोसीएका कारण मैदान गिलो रहेको छ। मैदान सुन्दर देखाउन जिरो लेभलमा घाँस काटीएपछि राम्रोसंग घाँसले पानि सोस्न नसक्दा मैदान तयार हुन समय लागेको हो।

नयाँ खेल तालिका अनुसार अब सेप्टेम्बर २९ तारिख ( बुधबार ) देखि अक्टोबर ३ तारिख ( आइतबार ) सम्म प्रत्येक दिन दुई खेल खेलिनेछ। अक्टोबर ४ तारिख ( सोमबार ) एक मात्र खेल खेलिनेछ जुन दिन अझै स्थगित भएको एक खेल खेलाउन सकिने ठाउँ रहेको छ। त्यसपछि अक्टोबर ५, ६ र ७ तारिखमा लिगको प्लेअफ खेलहरु खेलिनेछन् भने अक्टोबर ८ तारिखमा एक दिन फाइनल अघि खेल राखिएको छैन। अक्टोबर ९ तारिख शनिवार लिगको फाइनल खेलिनेछ।

नयाँ खेलतालिका 





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]