EPL : स्थगित खेलहरु नयाँ मितिमा हुने ( खेलतालिका सहित )

काठमाडौँमा जारि एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल टि-२० ) अन्तर्गत सोमबार टस समेत हुन नपाई रोकिएको दुई वटा खेलहरु नयाँ मितिमा खेलिने भएको छ।

सोमबार विहानको काठमाडौँ किंग्स-११ र बिराटनगर वारियर्स बीचको तथा दिउसोको चितवन टाइगर्स र भैरहवा ग्ल्याडीएटर्स बीचको खेल मैदान खेल्नलायक नहुँदा टस समेत नभई स्थगित गरिएको थियो। दुवै खेल पछि एक/एक अंक नबाँड्दै आयोजकले टिमहरुलाई नयाँ मितिमा खेल गर्ने प्रस्ताव गरेको थियो जसमा टिमहरु सहमत भएका हुन्।

विकेटनेपाललाई प्राप्त नयाँ खेल तालिका अनुसार अब काठमाडौँ किंग्स-११ र बिराटनगर वारियर्स बीचको खेल अक्टोबर १ तारिख ( शुक्रबार ) विहान ९:३० बजे खेलिनेछ भने चितवन टाइगर्स र भैरहवा ग्ल्याडीएटर्स बीचको खेल अक्टोबर २ तारिख ( शनिवार ) विहान ९:३० बजे खेलिनेछ।

प्राप्त जानकारी अनुसार आज दिउसो १२:१५ बजे खेलिने भनिएको पोखरा राइनोज र काठमाडौँ किंग्स-११ बीचको खेल पनि यदी टस समेत नभई स्थगित भएको खण्डमा उक्त खेल पनि नयाँ मितीमा खेलिनेछ। आज पनि दिनभर घाम लागेको खण्डमा मात्र थोरै ओभर खेल हुने सम्भावना रहेको छ। आज राति पनि पानि परेकोले पुनः मैदान सुक्न समय लाग्नेछ। मैदानको चोभार इन्डमा पानि नसोसीएका कारण मैदान गिलो रहेको छ। मैदान सुन्दर देखाउन जिरो लेभलमा घाँस काटीएपछि राम्रोसंग घाँसले पानि सोस्न नसक्दा मैदान तयार हुन समय लागेको हो।

नयाँ खेल तालिका अनुसार अब सेप्टेम्बर २९ तारिख ( बुधबार ) देखि अक्टोबर ३ तारिख ( आइतबार ) सम्म प्रत्येक दिन दुई खेल खेलिनेछ। अक्टोबर ४ तारिख ( सोमबार ) एक मात्र खेल खेलिनेछ जुन दिन अझै स्थगित भएको एक खेल खेलाउन सकिने ठाउँ रहेको छ। त्यसपछि अक्टोबर ५, ६ र ७ तारिखमा लिगको प्लेअफ खेलहरु खेलिनेछन् भने अक्टोबर ८ तारिखमा एक दिन फाइनल अघि खेल राखिएको छैन। अक्टोबर ९ तारिख शनिवार लिगको फाइनल खेलिनेछ।

नयाँ खेलतालिका 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy