वर्षा बन्यो वाधा : नेपाल र क्यानडा बीच पहिलो एकदिवसीय रद्द

नेपालको क्यानडा भ्रमण अन्तर्गत दुई खेलको एकदिवसीय सिरिजको पहिलो खेल टस समेत हुन् नपाई रद्द भएको छ।

ओन्टारियो स्थित किंग सिटि मैदानमा नेपाली समय मंगलबार राति ८:४५ बजे खेल सुरु हुने भनिएता पनि लगातार वर्षाले टस समेत हुन नपाएको हो।

सिरिज अन्तर्गत दोश्रो खेल बुधबार ( जुलाई ६ ) राति नेपाली समय ८:४५ बजे खेलिनेछ।

क्यानडामा सिरिज खेलेर नेपाली टोली उतैबाट नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित आईसीसी विश्वकप लिग–२ त्रिदेशीय सिरिज खेल्न स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy