‘खेलाडीको लागि ध्यान महत्वपूर्ण’ – शरद

द आर्ट अफ लिभिंगले भारतमा आयोजना गरेको ‘द वर्ल्ड समिट अन इथिक्स एण्ड लिडरसिप इन स्पोर्ट्स’ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेटर शरद भेसावकरले पनि सहभागिता जनाएका छन्।

भारतको बैंगलोरमा आयोजित उक्त कार्यक्रममा भेसावकरले खेलमा मानसिक स्वास्थ्यको महत्वबारे बोल्दै आफ्नो खेल जीवनमा आर्ट अफ लिभिंगले पारेको प्रभाव बारे बताएका थिए। त्यसक्रममा शरदले बिगत झन्डै एक दशक देखि आर्ट ओफ लिभिंगको ध्यान गर्दै आएको जसले गर्दा मैदानमा उर्जावान हुनुको साथै तनाव व्यवस्थापन गर्न समेत ठूलो मद्दत गरेको बताए।

शरदले युवा खेलाडीहरुलाई ध्यान र योगासंग परिचित गराउनु पर्नेमा जोड दिंदै खेलमा हारलाई समेत सकारात्मक रुपमा लिन मद्दत हुने बताए।

उनले खेलाडीहरुको ग्लोबल प्लेटफर्म र हटलाईन नम्बर हुनु पर्ने जसमा आफ्नो मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न पाउने व्यवस्था हुनु पर्ने बताए। एन्टी-डोपिंग र एन्टी करप्सन युनिट जस्तै खेलाडीहरुमाझ लागि योगा र ध्यान जोड्न माध्यम बनाउनु पर्नेमा उनले जोड दिए।

उनले खेलाडीहरुको शरीर सुहाउँदो शाकाहारी र भेगन डाईटबारे समेत धारणा राख्दै शाकाहारी भोजनबाट समेत पर्याप्त पोषण पाउन सकिने जानकारी गराए। त्यस क्रममा उनले भेगन डाईटमा रहेका धेरै एथलिटहरुले ओलम्पिकमा गोल्ड मेडल ल्याएको उदाहरण दिए।

सन् २००४ मा नेपाली राष्ट्रिय टिमको लागि डेब्यु गरेका भेसावकर नेपाललाई २०१४ टि-ट्वान्टी विश्वकपमा छनोट गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

 





थप समाचार

निकोलको अलराउन्ड प्रदर्शनमा नामिबियाद्वारा नेपाल पराजित

काठमाडौं । जेन निकोलको कीर्तिमानी शतक तथा उत्कृष्ट बलिङको सहयोगमा नामिबियाले नेपाललाई पराजित गरेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा […]

निकोलको कीर्तिमानी शतकमा नेपाललाई २ सय ७ रनको लक्ष्य

काठमाडौं । जेन निकोलको कीर्तिमानी शतकको सहयोगमा नामिबियाले नेपाललाई जितका लागि २ सय ७ रनको लक्ष्य दिएको छ । टियु […]

नेपालले टस हार्यो, ललित बेन्चमा

काठमाडौं । नेपालले नामिबियाविरुद्धको खेलमा टस हारेको छ । टियु क्रिकेट मैदानमा नामिबिया कप्तान जेजे स्मिथले टस जितेर ब्याटिङ रोजेपछि […]

त्रिदेशिय टी-ट्वान्टी सिरिज आजबाट, नामिबिया र नेपाल भिड्दै

काठमाडौं । आज(मंगलबार) बाट नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित त्रिदेशीय टी-ट्वान्टी सिरिज सुरु हुदैछ । सिरिजको पहिलो खेलमा नामिबिया र […]

पाँचपोखरीको लगातार दोस्रो जित, भोटेचौरकाे विजयी सुरूआत

काठमाडौं । पाँचपोखरी टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको तेश्रो दिन पाँचपोखरी र भोटेचौर विजयी भएका छन् । तेस्रो दिनको पहिले खेलमा पाँचपोखरी […]

नामिबियाविरुद्ध नेपाल : सम्भावित प्लेईङ-११

काठमाडौं । मंगलबारबाट सुरु हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित टी-ट्वान्टी आईको पहिलो खेलमा नेपाल र नामिबिया खेल्दै छन् । नेपाल […]