कोभिड-१९ केसका कारण वेस्टइन्डिज-अस्ट्रेलिया बीच दोश्रो एकदिवसीय टस पछि स्थगित

कोभिड-१९ केस देखिएका कारण वेस्टइन्डिज र अस्ट्रेलिया बीच तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोश्रो खेल स्थगित गर्दै सारिएको छ।

खेल सुरु हुनु केहि मिनेट मात्र अघि वेस्टइन्डिज टिमको एक स्टाफको कोरोना रिपोर्ट पोजेटिभ आएपछि तत्काल खेल स्थगित गरीएको थियो। टस जितेर केनिंगटन ओभल मैदानमा अस्ट्रेलियाले ब्याटिंग रोजेको थियो।

“टिमको खेलाडी बाहेकको स्टाफको कोभिड-१९ रिपोर्ट पोजेटिभ एक कारण वेस्टइन्डिज र अस्ट्रेलिया बीचको दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय सारिएको छ। कोभिड-१९ प्रोटोकलका कारण यो निर्णय लिएका हौँ। दुवै टिमका सदस्यहरु तथा म्याच अफिसियलहरु आज आराम गर्नेछन्। सबै जनाको टेस्ट पछि यो खेल हुने अर्को मिति घोषित गरिने छ। पीसीआर टेस्टको नतिजा नआउन्जेल सबै जना आफ्नै होटल रुममा आइसोलेसनमा बस्नेछन्।” वेस्टइन्डिज क्रिकेटले विज्ञप्ति जारि गर्दै बताएको छ।

शुक्रबारनै खेलाडी सहित संलग्न सबैको कोभिड-१९ रिपोर्ट आउने छ जसपछि अर्को खेल कहिले गर्ने बारे निर्णय हुनेछ।

खेल नभएपछि होटल फर्कदै अस्ट्रेलियन खेलाडीहरु

पोजेटिभ केसका कारण अस्ट्रेलियाको आगामी खेलतालिका समेत अनिश्चित बनेको छ। जुलाई २४ तारिखमा तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेपछि अस्ट्रेलिया पाँच वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्न बंगलादेश प्रस्थान गर्ने तालिका रहेको थियो। सिरिज अगस्ट ३ तारिख देखि सुरु हुने तालिका रहेको छ।

खेलमा अस्ट्रेलियाले पेसर राईली मेरेडीथलाई डेब्यु गर्ने अवसर दिएको थियो जसले अब डेब्युको लागि अझै कुर्नुपर्ने भएको छ।

जारि सिरिज अन्तर्गत पहिलो खेलमा अस्ट्रेलिया १३३ रनले विजयी भएको थियो। त्यस अघि सम्पन्न टि-२० अन्तर्राष्ट्रिय सिरिज वेस्टइन्डिजले ४-१ ले जित्न सफल भएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy