खुकुरी कप: एकै खेलमा दुई शतक, बालुवाटारसंग पिसी फाइटर पराजित

Rabin Joshi 50

फिचर फोटो – रबिन जोशी

  • विकेटनेपाल, माघ २८ – आइतबार

मुलपानी मैदानमा जारि खुकुरी च्यालेंजर्स कप टी- २० क्रिकेट अन्तर्गत आइतबार सम्पन्न दुई खेलहरुमा बालुवाटार क्रिकेट क्लब र त्रिमुर्ति ब्वाइजले जित हात पारेका छन्। जितसँगै बालुवाटार समुह ‘बि’ को बिजेता तथा पराजित भएपनि समूह ‘बि’ उप-बिजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

यस अघिनै समुह ‘ए’ बाट शान्तिनगर युथ क्लब र केसीटिसी, समुह ‘सी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी र त्रिभुवन आर्मी क्लब र समुह ‘डी’ बाट मकवानपुर क्रिकेट क्लब क्वार्टरफाइनल प्रवेश गरिसकेका छन्।

पहिलो खेल: बालुवाटार क्रिकेट क्लब Vs रोयल पिसी फाइटर

मुलपानी मैदानमा सम्पन्न भएको पहिलो खेलमा पृथु बास्कोटा कप्तानीको बालुवाटार क्रिकेट क्लबले रोयल पिसी फाइटरलाई ६ विकेटले पराजित गर्यो।

स्कोरकार्ड

रोयल पिसी फाइटरले दिएको १५९ रनको लक्ष्य बालुवाटारले १८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो। बालुवाटारको जितमा प्रनित थापा मगरले ४८ रनको आक्रामक पारि खेले। ओपनर उनले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै पहिलो विकेटको लागि सुमन उदयसँग ५२ रनको साझेदारी गरे। उदयले १९ रन बनाए । त्यस्तै पृथु बास्कोटाले १२ रन, अमर सिंह रौटेलाले ३० रन, सिद्धान्त राज शाहीले अविजित २३ रन (१८ बल, ४ चौका) प्रहार गरे।

म्यान अफ द म्याच अमर सिंह रौटेला

यसअघि ब्याटिंग गरेको फाइटरले कप्तान रबिन जोशीले ६४ रनको पारि खेलेपछि २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो । जोशीले ५० बलमा ५ चौका र ३ छक्का प्रहार गर्दा सन्दिप सुनारले ३२ रन (२५ बल, ३ चौका, २ छक्का), सुबास खकुरेलले २४ रन (२० बल, ४ चौका) बनाएका थिए । प्रकाश बिस्ट २ चौका र १ छक्का सहित १० बलमा २१ रनमा अविजित रहे ।

१ विकेट र  १६ बलमा ३० रनको पारि खेलेका अमर सिंह रौटेला म्यान अफ द म्याच घोषित भए ।

दोश्रो खेल: त्रिमुर्ति बोयज Vs आईओई पुल्चोक

दोश्रो खेलमा त्रिमुर्ति ब्वाइजले आइओई पुल्चोकलाई ५ विकेटले पराजित गर्यो ।

स्कोरकार्ड

त्रिमुर्तिले आईओई पुल्चोकले दिएको १७१ रनको लक्ष्य २ बल बाकीछदै ५ विकेट गुमाएर पुरा गरेको थियो । उसको जितमा जीवन लम्सालले अविजित १३१ रनको पारि खेले । उनले ७८ बलमा १३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै कुशल मिश्रले १५ रन र दिपेन्द्र मगरले १३ रन बनाए।

शतक प्रहार गरेपछि जिभन लम्साल

यसअघि पहिले ब्याटिंग गरेको आईओई पुल्चोकले गौरव खड्काको शतकीय पारिमा २० ओभरमा ३ विकेट गुमाएर १७० रनको योगफल तयार पारेको थियो । ११६ रनको पारि खेल्नेक्रममा खड्काले ६१ बलमा १७ चौका र २ छक्का प्रहार गरे।

मात्र ८ रनमा दुई विकेट गुमाएको पुल्चोकको लागि खड्काले निशब लुइँटेलसँग मिलेर तेस्रो विकेटको लागि १३५ रनको साझेदारी गरेका थिए । निशबले ३१ रन बनाए।

१३१ रनको म्याच जिताउ पारि खेलेका जीवन लम्साल म्यान अफ द म्याच घोषित भए।

अंकतालिका ( पुरा अंकतालिका हेर्न क्लिक गर्नुस

Group B

TEAM MATCH WIN LOSS NO RESULT POINTS
Baluwatar Cricket Club 4 4 0 0 12
Royal PC Fighter 4 3 1 0 9
IOE Pulchowk 4 1 3 0 3
Trimurty Boys 4 1 3 0 3
Lord Buddha Cricket Club 4 1 3 0 3

 

 





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]