- विकेटनेपाल, माघ २४ – बुधबार
काठमाण्डौ स्थित मुलपानी किकेट मैदानमा आयोजित खुकुरी च्यालेंजर्स टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न दुई खेलहरुमा रौतहट राइजिंग ११ र मकवानपुर क्रिकेट क्लबले जित हात पारेका छन ।
पहिलो खेल: रौतहट राइजिंग ११ Vs टिकापुर क्रिकेट क्लब
आशु कन्डोईले अर्धशतकीय पारि खेलेपछि टस हारेर पहिले ब्याटिंग गरेको रौतहट राइजिंग-११ ले २० ओभरमा ४ विकेट गुमाएर १६७ रनको योगफल तयार पारेको थियो। कन्डोईले ७६ रन बनाउने क्रममा ६५ बलमा ११ चौका र २ छक्का प्रहार गरे। अस्चल चौधरीले पनि ३६ रनको पारि खेल्दा कन्डोईसंग पहिलो विकेटको लागि ११० रनको साझेदारी गरेका थिए।

जवाफमा उत्रेको टिकापुर क्रिकेट क्लबले ओपनरको शतकीय साझेदारीका बाबजुतपनि २० ओभरमा ६ विकेट गुमाउदै १५९ रनमात्र बनाउन सक्यो। ओपनरद्वय सुशान्त सिंह थापाले ५४ रन (३७ बल, ४ चौका, ४ छक्का) र रबिन्द्र जंग शाहीले ८१ रन (५९ बल, ५ चौका) प्रहार गर्दै पहिलो विकेटको लागि १०५ रनको साझेदारी गरेका थिए ।
१५७/२ को अवस्थाबाट कुनै रननै नजोडी लगातार ४ विकेट गुमाएपछी टिकापुर मात्र ८ रनले पराजित हुन पुग्यो।
दोश्रो खेल: बुटवल क्रिकेट बोयज Vs मकवानपुर क्रिकेट क्लब
आजै भएको दोश्रो खेल अन्तर्गत मकवानपुर क्रिकेट क्लबले बुटवल क्रिकेट बोयजलाई ७ विकेटले पराजित गरेको छ ।
बुटवल क्रिकेट क्लबले दिएको १५८ रनको लक्ष्य मकवानपुर क्रिकेट क्लबले १८.३ ओभरमा मात्र ४ विकेटको क्षतिमा पुरा गर्यो । जितमा हसिम अन्सारीले अविजित ७२ रनको पारि खेले। ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका अन्सारीले दोश्रो विकेटको लागि रबि थापासँग मिलेर ६४ रनको साझेदारी गरेका थिए। रबिले ३६ रन बनाए। अन्सारीले मात्र ३१ बलमा अर्धशतक पुरा गरेका थिए।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको बुटवलले बिशाल भण्डारीको अर्धशतक मदतमा २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो । ५२ रनको पारि खेलेका भण्डारीले ५६ बलमा ६ चौका प्रहार गरे। त्यस्तै देव खनालले ३४ रन बनाए ।
पहिलो खेलमा २२ बलमा आक्रामक ६८ रनको पारि खेलेका तुल बहादुर थापाले पुनः ४० रनको आक्रामक पारि खेल्नेक्रममा २० बलमा २ चौका र ४ छक्का प्रहार गरे ।
अंकतालिका
Group D
TEAM | MATCH | WIN | LOSS | NO RESULT | POINTS |
Rautahat XI | 2 | 2 | 0 | 0 | 6 |
Makwanpur Cricket Club | 2 | 2 | 0 | 0 | 6 |
Butwal Cricket Boys | 2 | 0 | 2 | 0 | 0 |
Inter – District Sport Club | 1 | 0 | 1 | 0 | 0 |
Tikapur Cricket | 1 | 0 | 1 | 0 | 0 |