फिचर फोटो – योगेन्द्र सिंह कार्की ( शान्तिनगर युथ क्लब )
– विकेटनेपाल, फाल्गुन २ – बुधबार
काठमाडौँमा जारि खुकुरी च्यालेन्जर्स टि-२० कप प्रतियोगितामा मंगलबार सम्पन्न क्वार्टरफाइनल खेल जित्दै शान्तिनगर युथ क्लब र काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर ( केसीटिसी ) सेमीफाइनल प्रवेश गरेका छन्।
मुलपानी मैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई शान्तिनगर युथ क्लबले रोमान्चक कलमा ७ रनले पराजित गर्यो। यस्तै दोश्रो क्वार्टरफाइनलमाकाठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई २४ रनले पराजित गर्यो।
रोमान्चक खेलमा आर्मी स्तब्ध
नेपाल पुलिस क्लब सहभागी नभएपछि पुलिस क्लबको लागि खेल्ने क्रिकेटरहरु शान्तिनगर युथ क्लबबाट प्रतियोगिता खेलीरहेका छन्। पुलिस क्लबका नियमित खेलाडीहरु सुनिल धमला, अमित श्रेष्ठ, मन्जित श्रेष्ठ, कुशल भुर्तेल, योगेन्द्र सिंह कार्की, रामनरेश गिरि, अजय राजबंशी जस्ता क्रिकेटरहरु शान्तिनगरबाट खेलीरहेका छन्। यस कारण खुकुरी कपको क्वार्टरफाइनल खेल अघोषित पुलिस क्लब र आर्मी क्लब बीच जस्तै थियो।
टस जितेर त्रिभुवन आर्मी क्लबले पहीले बलिंग रोजेपछि ब्याटिंग गरेको शान्तिनगर युथ क्लबले निर्धारित २० ओभरमा १२८/८ को योगफल तयार गर्यो। रास्ट्रिय क्रिकेटर समेत रहेका सुनिल धमलाले ओपनिंग ब्याटिंग गर्दै सर्बाधिक ५१ रन ( ५१ बल, ६ चौका र १ छक्का ) , अमित श्रेष्ठले २३ तथा मन्जित श्रेष्ठले १३ रन बनाउनु बाहेक अन्य शान्तिगर ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।
आर्मीका बलर अविनाश बोहराले ४ विकेट ( ४-०-३१-४ ) तथा हरि झाले २ विकेट आफ्नो नाम गर्दा चन्द्र साउद र राजेश पुलामीले १/१ विकेट लिए।

१२९ रन लक्ष पछ्याउने क्रममा आर्मीले लगातार जसो विकेट गुमाउन पुग्यो। माथिल्लो क्रमका भुपेन्द्र थापा ( १५ ) इन्द्रकमल मानन्धर ( १५ ) , राजु रिजाल ( १७ ) , राजेश पुलामी ( ४ ) , नरेश बुढायर ( १३ ) रनमै आउट भएपछि आर्मीले ६७ रनको स्कोरमै ६ विकेट गुमाउन पुग्यो।त्यसपछि सातौँ विकेटको लागि लोकेन्द्र चन्द ( २० रन ) र दिपु कर्न ( १५ रन ) ले ४१ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ लैजाने प्रयास गरेका थिए। तर योगेन्द्र सिंह कार्कीले दुवै ब्याट्सम्यानलाई पेभेलियन फर्काएपछि आर्मी मात्र ७ रनको हार बेहोर्न बाध्य भयो।
यु-१९ रास्ट्रिय क्रिकेटर समेत रहेका शान्तिनगरका बलर योगेन्द्र सिंह कार्कीले ४ विकेट ( ३-०-१८-४ ) हात पारे भने रास्ट्रिय क्रिकेट टिमको अनुभब भएका शान्तिनगरका कप्तान मन्जित श्रेष्ठले ३ विकेट ( ४-०-१५-३ ) आफ्नो नाम गरे। योगेन्द्र खेलको म्यान अफ द म्याच समेत चुनिए।
केसीटिसीसंग ग्रेट हिमालय स्तब्ध
समुह चरणको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै समुह ‘सी’ बिजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले ( केसीटिसी ) क्वार्टरफाइनलमा यात्रा समाप्त गरिदियो।
टस जितेर ब्याटिंग गरेको केसीटिसीले २० ओभरमा १२३/७ को योगफल बनायो। ओपनर सुधिर चौधरीले ६४ रन ( ६० बल, ७ चौका र २ छक्का ) , दुर्गेश थापा ( ३५ ) र आदील खानले १४ रन दिनु बाहेक अन्य ब्याट्सम्यानहरुले दुई अंकमा रन बनाउन सकेनन्। अनुसासित बलिंग गर्ने क्रममा हिमालयका बलर इशान पाण्डेले ३ तथा प्रदिप ऐरी र कमल सिंह ऐरीले १/१ विकेट लिए।

लक्ष पछ्याउने क्रममा ग्रेट हिमाल १८.४ ओभरमा ९९ रनमै समेटिन पुग्यो। सुमित झाले ३ विकेट ( २.४-०-१६-३ ) तथा प्रितम थापाले २ विकेट ( ४-१-११-२ ) लिंदै ग्रेट हिमालयको इनिंग चाडै समाप्त गर्न अहम योगदान दिए।
ग्रेट हिमालयको लागि ओपनिंग ब्याट्सम्यानको रुपमा उत्रिएका रास्ट्रिय क्रिकेट टिमको अनुभब बोकेका प्रदिप ऐरीले २३ रन तथा कमल सिंह ऐरीले २० र अभिषेक बस्नेतले १७ रन बनाउनु बाहेक बिशेष योगदान रहेन। उत्कृस्ट ब्याटिंग गरेका सुधारी चौधरी खेलको म्यान अफ द म्याच चुनिए।
कुल २० टिमको सहभागीता रहेको प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पाउनेछ। यस्तै उत्कृस्ट खेलाडीले २० हजार तथा बलर/ब्याट्सम्यानले १०/१० हजार रुपैयाँ पुरस्कार पाउनेछ।
खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा सुरु भएको प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुनेछ ।