खुकुरी कपको सेमिफाइनल समीकरण पुरा

फिचर फोटो : क्षितिज सिंह (बालुवाटार क्रिकेट क्लब)

  • विकेटनेपाल – २ फाल्गुन, बुधवार

काठमाडौँमा जारि खुकुरी च्यालेन्जर्स टि-२० कप प्रतियोगितामा बुधवार सम्पन्न क्वार्टरफाइनल खेल जित्दै बालुवाटार क्रिकेट क्लब सेमीफाइनल प्रवेश गरेको छ।

बुधबारनै हुने भनिएको रोयल पिसी फाइटर र इन्टर-डिस्ट्रिक्ट क्रिकेट कल्ब बिचको खेलभने हुनसकेन। इन्टर-डिस्ट्रिक्ट क्रिकेट कल्बले प्रतियोगिताको प्लेयिंग कंडीसन बिपरित काम गरेको भन्दै गरेका कारण आयोजक र अफिसियलको निर्णयमा क्लबलाई प्रतियोगिताबाट निस्कासित गरिएको हो। त्यसको फलस्वरूप रोयल पिसी फाइटर सेमीफाइनलमा प्रवेश गरेको छ।

मुलपानी मैदानमा भएको खेलमा बालुवाटारले मकवानपुर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गर्यो।

टस जित्दै मकवानपुरले पहिले फिल्डिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको बालुवाटारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउंदै १६७ रन जोडेको थियो। बालुवाटारलाई राम्रो योगफलसम्म पुर्याउने क्रममा कप्तान पृथु बास्कोटाले ४५ तथा सुमन उदयले ४४ रनको योगदान गरेका थिए।

ओपनर प्रनित थापा मगर र सुमन उदयले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गर्दा प्रनित पहिलो विकेट स्वरूप व्यक्तिगत २५ रनमा पभेलियन फर्किएका थिए। त्यसपछि भने दोस्रो विकेटका लागि पृथु र सुमनले ७३ रनको साझेदारी गर्दै बालुवाटारको इनिंगलाई ठुलो स्कोर तर्फ लगेका थिए।

मकवानपुरको बलिंग तर्फ अशिम श्रेष्ठले २ विकेट हात पारेका थिए। यस्तै हसिम अन्सारी र रोबिन गुरुङले समेत समान १-१ विकेट चट्काएका थिए।

जवाफमा १६८ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको मकवानपुरले १८.५ ओभरमा सबै विकेट गुमाउँडा १४५ रन मात्र जोड्न सक्यो र नतिजा २२ रनले बालुवाटारको पक्षमा सुम्पिन बाध्य भयो।

मकवानपुरको चेजमा हसिम अन्सारीले ४७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर गर्न सकेनन्। मात्र २७ बल खेलेका अन्सारीले ६ चौका सहित ४७ रन जोडेपनि टोलिलाई जित दिलाउन विफल रहे।

मकवानपुरलाई लक्ष्य अघि नै समेट्ने क्रममा म्यान अफ द म्याच बनेका बालुवाटारका क्षितिज सिंहले ३ विकेट हात पारे। आफ्नो ४ ओभरको स्पेलमा क्षितिजले २२ रन खर्चेर ३ विकेट हात पार्दा रितेश सिंह र सिद्धान्त राज साहीले समान २-२ तथा अमर सिंह रौटेला र पृथु बास्कोटाले समान १-१ विकेट निकाले।

खेलको स्कोरकार्ड 

कुल २० टिमको सहभागीता रहेको प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पाउनेछ। यस्तै उत्कृस्ट खेलाडीले २० हजार तथा बलर/ब्याट्सम्यानले १०/१० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा सुरु भएको प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुनेछ ।

बिहिबार हुने दुई सेमिफाइनल खेलहरु :

शान्तिनगर युथ क्लब र बालुवाटार क्रिकेट क्लब
केसिटिसी र रोयल पिसी फाइटर





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]