खुकुरीलाई टि-२० प्रतियोगिताको उपाधि, शाहब आलम उत्कृस्ट

  • विकेटनेपाल,भैरहवा, ८ चैत ।

रुपन्देही क्रिकेट संघको आयेजनामा भैरहवामा सम्पन्न जिल्लास्तरीय शशिकान्त–शकुन्तला बर्मा मेमोरियल रुपन्देही टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवाले हात पारेको छ।

बिहीबार भएको फाइनल खेलमा शंकरनगर क्रिकेट क्लब शंकरनगरलाई ९ विकेटले हराउँदै खुकुरीले उपाधि जितेको हो। यससँगै उसले लागातार दुईवटा उपाधि हात पार्न सफल भएको छ। खुकुरीले यसअघि सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि पनि जितेको थियो । जितसँगै खुकुरीले नगद ५० हजार र ट्रफी हात पार्यो भने उपविजेता शंकरनगरले नगद २५ हजार रुपैयाँ र ट्रफी हात पर्यो।

शाहब आलम प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भए

स्थानीय सिद्धार्थ रंगशालामा भएको फाइनलमा जितका लागि शंकरनगरबाट पाएको ८३ रनको लक्ष्य खुकुरीले १३.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। उसका लागि शंकर रानाले नटआउट ५७ तथा मिर्नाल गुरुङले नटआउट १९ रनको योगदान दिए। बलिङमा शंकरनगरका तुलबहादुर थापाले १ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको शंकरनगरले १६.२ ओभरमा सबै विकेट गुमाई जम्मा ८२ रनको योगफल बनाएको थियो । उसका लागि भीम सार्कीले ४९ तथा संदीप सुनारले २१ रन बनाए पनि जितका लागि पर्याप्त भएन। उसलाई सस्तैमा समेट्ने क्रममा बलिङमा खुकुरीका इकलाख अहम्मद र रमेश कुर्मीले समान ३/३ विकेट लिए। इकलाख अहमद म्यान अफ द फाइनल समेत भए।

प्रतियोगितामा खुकुरीका साहव आलम म्यान अफ द सिरिज र बेष्ट बलर घोषित भई नगद १५ हजार रुपैयाँ र ट्रफी हात पारे। शंकरनगरका संदीप सुनार बेष्ट ब्याट्सम्यान घोषित भए । उनले नगद ५ हजार रुपैयाँ र ट्रफी हात पारे।

बेस्ट ब्याट्सम्यान सन्दिप सुनार

विजयी खेलाडीहरुलाई जिल्ला समन्वय समिति रुपन्देहीका सभापति एकराज विश्वकर्मा, नेपाल क्रिकेट संघका पूर्व केन्द्रिय सदस्य प्रेमकुमार सेन्चुरी, संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, खेलकुद विकास समिति सदस्य उमा अधिकारी, सगरमाथा इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक गोपाल ज्ञवाली लगायतले पुरस्कार प्रदान गरेका थिए । अमेरिका निवासी विवेक बर्मा मुख्य प्रायोजक रहेको प्रतियोगितालाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट कथ्था मिलले सहप्रायोजन गरेका थिए ।





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]