भारत बिरुद्ध इंग्ल्यान्डको कीर्तिमानी जित

निर्णायक पाँचौ टेस्टमा भारत बिरुद्ध कीर्तिमानी जित दर्ता गर्दै घरेलु टोलि इंग्ल्यान्डले पाँच खेलको टेस्ट सिरिज २-२ को बराबरीमा अन्त्य गरेको छ।

भारतले दिएको ३७८ रनको लक्ष पछ्याएको इंग्ल्यान्डलाई पाँचौ दिन जित्न थप ११९ रन आवस्यक हुँदा साथमा ७ विकेट बाँकी थियो। अघिल्लो दिन अविजित रहेका जो रुट र जोनी बेयरस्टोले पाँचौ दिन विकेट नगुमाई लक्ष पार गरेका हुन्। इंग्ल्यान्डले ७६.४ ओभरमा लक्ष भेटायो।

जो रुटले १७३ बलमा १९ चौका र १ छक्का मद्दतले १४२ रन तथा बेयरस्टोले १४५ बलमा १५ चौका र १ छक्का मद्दतले ११४ रन बनाए। भारतको लागि जस्प्रित बुम्राहले २ विकेट लिए।

टेस्टको पहिलो इनिंग्समा भारतले रिशभ पन्त र रभीन्द्र जडेजाको शतक मद्दतले ४१६ रन बनाएको थियो। इंग्ल्यान्डले पहिलो इनिंग्समा जोनी बेयरस्टोको शतक मद्दतले २८४ रन बनायो। भारतले दोश्रो इनिंग्समा २४५ रन बनाएपछि इंग्ल्यान्डले चुनौतिपूर्ण लक्ष्य पाएको थियो।

इंग्ल्यान्डको कीर्तिमान

इंग्ल्यान्ड टेस्ट क्रिकेट इतिहासमै लगातार ४ खेलमा २५० भन्दा माथिको लक्ष पछ्याउने पहिलो टिम बनेको छ। उसले न्युजिल्यान्ड बिरुद्ध यस अघिको सिरिजमा २७७, २९६ र २९९ रनको लक्ष पछ्याएको थियो।

यो जित टेस्ट क्रिकेट इतिहासमै इंग्ल्यान्डले पछ्याएको सबैभन्दा ठूलो लक्ष हो। यस्तै भारत बिरुद्ध कुनै पनि देशले पछ्याएको यो सबैभन्दा ठूलो लक्ष हो। यो इंग्ल्यान्ड भूमिमा पछ्याईएको दोश्रो ठूलो लक्ष हो। टेस्ट क्रिकेट इतिहासमा पछ्याइएको यो आठौँ ठूलो लक्ष हो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy