किशोर महतो पहिलो पटक राष्ट्रिय टोलिमा समावेश, भन्छन्- ‘पाएको मौकाको सदुपयोग गर्नेछु’

Kishor Mahato

काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान) ले एसीसी ईस्टर्न रिजन पुरुष टी(ट्वान्टी कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

थाइल्याण्डमा हुने उक्त प्रतियोगिताका लागि शुक्रबार १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिएको हो । क्यानले १८ सदस्सीय प्रारम्भिक टोलीबाट अन्तिम टोलीको घोषणा गरेको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा किशोर महतो पहिलो पटक टोलीमा अटाएका छन् । उनी राष्ट्रिय टोलीका नियमित सदस्य रोहित पौडेलको स्थानमा टोलीमा अटाएका हुन् ।

तीव्र गतिका बलर किशोर महतो अहिले पहिलो पटक टोलीमा पर्दा निकै उत्साहित देखिन्छन् । उनी आफु टिममा पर्दा निकै खुसी लागेको बताउँछन् ।

मानिस निरन्तरको संघर्षले बलियो बन्छ र आफुले चाहेका हरचिज र देखेका हर सपना पुरा गर्न सक्छ । किशोरलाई पनि अहिले त्यस्तै भईरहेको छ । उनको राष्ट्रिय टिमसम्मको यात्रा पक्कै सहज थिएन । उनले आफुलाई घरेलु क्रिकेट र उमेर समुहमा प्रमाणित गरेपछि अहिले राष्ट्रिय टोलीसम्म आइपुगेका छन् ।

८ वर्षको उमेर देखि क्रिकेट खेल्न थालेका किशोरले सानै बाट राष्ट्रिय टोलीमा पर्ने सपना देखे । उनी निरन्तर घरेलु क्रिकेट र उमेर समुहमा आफुलाई प्रमाणित गरिरहेका छन् । उनले नेपालको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पनि आफुलाई पुर्याए पनि उनी अन्तिम टोलीमा भने पर्न सकिरहेका थिएनन् । उनी आफुले बन्द प्रशिक्षणमा सोचे जस्तो नगरेको र प्रशिक्षण पनि विविध थरीको हुने भएकाले विगतमा बन्द प्रशिक्षणमा परेपनि राष्ट्रिय टोलीमा नपरेको बताउँछन् ।

उनको घरेलु र उमेर समुहको तथ्यांक राम्रो रहेको छ । किशोरले नेपाली यू-१९ टोलीका लािग पनि खेलिसकेका छन् । उनले आईसीसी यू–१९ विश्वकप एसिया छनौटमा सिंगापुर विरुद्ध खेल्दै उमेर समुहमा डेब्यु गरे । उनले डेब्यु खेलमै २ विकेट हात पारे । त्यसपश्चात् उनले नेपालकै १९ वर्षमुनिको टिमबाट मलेसियामा आयोजना भएको यू–१९ एसिया कप पनि खेले ।

Kishor Mahato after taking wicket
Kishor Mahato

गत सिजनको पोखरा प्रिमिएर लिगमा उनले आफ्नो टोली विराटनगरका लागि पहिलो जीत दिलाउने क्रममा निकै सम्झनलायक प्रदर्शन गरेका थिए । बुटवल ब्लास्टर्स विरुद्ध रोमाञ्चक बनेको खेलको अन्तिम ओभरमा १३ रन आवश्यक रहंदा बिराटनगर टाईटन्सका किशोरले सिद्धान्त लोहनीको विकेट लिंदै मेडन ओभर बलिङ्ग गरेपछि खेल बिराटनगरले आफ्नो पक्षमा पार्यो ।

त्यसपश्चात् पनि किशोरले निकै राम्रा र सम्झनलायक प्रदर्शन गरिरहेका छन् । पोखरा प्रिमिएर लिगको पहिलो संस्करणमा ४ खेलमा ४ विकेट हात पारेका किशोरले दोस्रो संस्करणमा ५ खेलमा १० विकेट हात पारे ।

यस्तै उनले गत संस्करणको प्रधानमन्त्रि एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा समेत निकै उल्लेख्य प्रदर्शन गरे । गण्डकी प्रदेशबाट खेलेका उनले ४ खेलमा ८ विकेट हात पारे । इनरुवामा सम्पन्न मनमोहन मेमोरिएल एकदिवसीय क्रिकेट प्रतियोगितामा भने उनी २ खेलमै विकेट विहिन रहे ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँगको सिरिज अगाडि पोखरामा भएको बन्द प्रशिक्षणमा समेत किशोर परेका थिए । बन्द प्रशिक्षणमा उनले मलेसियासँगको २ खेलमा ४ विकेट हात पारे । दोस्रो खेलमा उनी म्यान अफ द म्याच समेत बने ।

यस्तो छ उनको क्रिकेटको विगत:

किशोर घरका एक्ला छोरा हुन् । आमा माया महतो र बुबा हरि बहादुर महतोका छोरा किशोरले घरमा क्रिकेट खेल्न थाले ।

नवलपुरमा जन्मिएका किशोरले क्रिकेट सिक्न सुरुमा कुनै एकेडेमी जोइन गरेनन् । उनी घरतिरै साथीहरुसँग क्रिकेट खेल्दै गर्दा क्रिकेटमा चाख बढ्न सुरु भयो र उनी घरका आफ्नै साथीहरुसंग क्रिकेट खेल्दै सिक्न थाले।

पछि उनले चितवनमा चितवन क्रिकेट एकेडेमीमा राजु खड्कासँग प्रशिक्षण लिए । उनलाई क्रिकेट खेल्न दिपेश श्रेष्ठ, आकाश थापा र संगर्ष पौडेलले सहयोग गरे।

किशोरलाई क्रिकेट खेल्दा घरबाट कुनै दवाव आउँदैनथ्यो । उल्टै क्रिकेट खेल्न घरबाट नै प्रेरणा पाउने गर्थे । ‘मलाई घरमा क्रिकेट नखेल भनेर कुनै दवाव आउँदैनथ्यो, बरु उल्टै साथ र सहयोग गर्नुभयो ।’ किशोरले बताए ।

आज उनी राष्ट्रिय टोलीसम्म पर्नुको श्रेय केबल आफ्नो परिवार र सिकाउने दाइहरुलाई दिन्छन् । ‘मलाई क्रिकेट खेल्न साथ दिने आमा बुबा र सिकाउने दाइहरु बाहेक कसलाई धन्यवाद भन्न सक्छु र ?’ किशोरले प्रश्न गरे ।

किशोर सानै बाट नेपाली क्रिकेट पनि फलो गर्थे । उनलाई सबै खेलाडी मनपर्ने र सबै आफ्ना आइडल रहेको किशोरले बताए । ‘मलाई नेपाली खेलाडी सबै मन पर्नुहुन्छ, किनकि सबैले राष्ट्रिय टिमको सेवा गर्नुभएको छ ।’ किशोर भन्छन्,‘त्यसैले मलाई सबै खेलाडी मन पर्नुहुन्छ र सबैलाई म सम्मान पनि गर्छु ।’

Kishor Mahato bowling
Kishor Mahato bowling

किशोरले आगामी दिनमा नेपाली राष्ट्रिय टिमलाई जतिसक्दो सेवा गर्न चाहन्छन् । उनी देशका लागि धेरै खेल्न चाहन्छन् । तापनि उनले कुनै महत्ताकांक्षी सपना भने देखेका छैनन् । उनी भन्छन्, ‘नेपालका लागि जतिसक्दो राम्रो खेल्न चाहन्छु तर निकै ठुला ठुला सपना देखेको छैन, भविष्यको निर्धारण भविष्यले नै गर्नेछ, पाएको मौकामा राम्रो गर्नेछु ।’

नेपालसहित सिंगापुर, हङकङ, मलेसिया, भुटान र म्यानमार सम्मिलित एसीसी ईस्टर्न रिजन टि-२० प्रतियोगिता फेब्रुअरी २९ देखि मार्च ६ सम्म थाईल्याण्डमा हुनेछ । यस प्रतियोगिताका लागि किशोरले पहिलो पटक नेपाली राष्ट्रिय टिममा स्थान बनाएका छन् । उनले पाएको मौकाको सही सदुपयोग गर्नेमा सबै नेपाली क्रिकेट समर्थक आशावादी छन् ।

एसीसी ईस्टर्न रिजन टि-२० को लागि नेपाली टिम 

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करन केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, कुशल मल्ल, सुशन भारी, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की,  किशोर महतो





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]