कृष्णको कप्तानीमा प्रधानमन्त्री कपको लागि लुम्बिनी प्रदेश टिमको घोषणा

krishna karki

यही पुष २६ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि-२० प्रतियोगिताको लागि लुम्बिनी प्रदेशले टिमको घोषणा गरेको छ।

टिमको कप्तानमा कृष्ण कार्की तथा उपकप्तान सौरभ खनाल रहेका छन्। टिमममा भर्खरै यु-१९ एसिया कपमा नेपालको कप्तानी गरेका देव खनाल सहित सो टिममा रहेका दुर्गेश गुप्ता र बसिर एहमद पनि समाबेश छन्। टिममको प्रशिक्षण दिपेन्द्र प्रताप सिंहले गर्ने छन् भने व्यवस्थापकमा नासिर अन्सारी छन्।

लुम्बिनी प्रदेश टिम : कृष्ण कार्की ( कप्तान ) , सौरभ खनाल ( उपकप्तान ) , सन्दिप रजाली, देव खनाल, बिक्रम भुसाल, अनिल खरेल, दुर्गेश गुप्ता, सुशान्त सिंह थापा, तुल बहादुर थापा, बसिर एहमद, सिद्धान्त राज शाही, बिशाल बिक्रम केसी, मोहन खत्री र दिपेन्द्र रावत , बैकल्पिक खेलाडी : दिलसाद अलि, निर्मल गुरुङ, राजबिर सिंह र नरेश कुमार नेपाली

गत वर्ष टिममा रहेका विकेटकिपर ब्याट्सम्यान प्रकाश केसी, प्रनित थापा, जितेन्द्र सहानी, राजबिर सिंहले यो पटक अन्तिम १४ टिममा स्थान बनाउन सकेनन्।

गत सिजन प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश पहिलो चरणबाट बाहिरिएको थियो जुन क्रममा ४ खेलमा २ जित १ हार र खेल बराबरीमा टुंगिएको थियो।

प्रतियोगितामा लुम्बिनी प्रदेश समुह ‘बि’ मा छ जुन समुहमा नेपाल एपीएफ क्लब , प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेश रहेका छन्।

लुम्बिनीले पहिलो खेल पुष २६ गते दिउँसो १ बजे मुलपानी मैदानमा बागमती प्रदेशसंग खेल्नेछ। यस्तै दोश्रो खेल पुष २९ गते दिउँसो १ बजे टियु मैदानमा प्रदेश-२ संग, तेश्रो खेल पुष ३० गए मुलपानी मैदानमा दिउसो १ बजे एपीएफ क्लबसंग तथा चौंथो खेल माघ २ गते टियु मैदानमा दिउसो १ बजे गण्डकी प्रदेशसंग खेल्ने तालिका छ।

प्रतियोगितामा ७ वटा प्रदेश र तिन वटा विभागीय गरि १० टोलि सहभागी हुनेछन्। १० टिमलाई समुह ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। समुह चरणमा सबै टिमले एक-अर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। खेलहरु टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुर र मुलपानी मैदानमा आयोजना हुनेछ।

समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ छन्। समुह ‘बि’ मा नेपाल एपीएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]