IPL M24 : टस जितेर कोलकाताले ब्याटिंग रोज्यो, दुवै टिममा एउटा परिवर्तन

२०७७ आश्विन २४, शनिबार १५:२७

युएईमा जारि १३ औं आईपीएल २४ औं खेलमा कोलकाता नाइट राइडर्स र किंग्स-११ पन्जाब प्रतिस्पर्धा गर्दैछन्। शेख जायद स्टेडियम अबुधाबीमा हुने खेल ३:४५ बजे दिउसो सुरु हुँदैछ।

हालसम्म ५ खेल खेलेको कोलकाता ३ जित र २ हारपछि अकंतालिकाको चौथौं स्थानमा छ भने ६ खेल खेलेको पन्जाबले १ खेलमा जित निकाल्दै मात्र २ अंक बटुल्न सकेको छ जसकारण तालिकाको पुछारमा छ। कोलकातालाई आजको खेलमा जित हात पार्दै तालिकाको दोस्रो स्थानमा उक्लने मौका छ। लगातार खराब प्रदर्शन गर्दै आएको पन्जाब आजको खेलमा आफ्नो पराजय यात्रालाई पुर्णविराम लगाउन चाहन्छ।

टस जितेर कोलकाताले ब्याटिंग गर्ने 

खेलमा कोलकाताले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ।

कोलकाताले टिममा एउटा परिवर्तन गरेको छ। शिभम माभीको स्थानमा फास्ट बलर प्रसिध कृष्णलाई खेलाइएको छ। माभी फिट नभएको बताईएको छ। कृष्णले आईपीएलमा १८ खेल खेल्ने क्रममा १४ विकेट लिएका छन्।

प्रसिध कृष्ण

कोलकाताको अन्तिम ११ : शुबमन गिल, सुनिल नारायण, नितिश राणा, दिनेश कार्तिक ( कप्तान/विकेटकिपर ) ओएन मोर्गन, आन्द्रे रसेल, प्याट कमिन्स,प्रसिध कृष्ण , कमलेश नगरकोटी, राहुल त्रिपाठी, वरुण चक्रवर्ती

पन्जाबले अन्तिम-११ मा एउटा परिवर्तन गरेको छ। शेल्डन कटरेलको स्थानमा क्रिस जोर्डनलाई पुनः मौका दिईएको छ। कटरेलले लगातार २ खेलमा विकेटविहिन रहेका थिए। क्रिस गेललाई भने पन्जाबले अझै मौका दिएको छैन।

पन्जाबको अन्तिम ११ : केएल राहुल ( कप्तान/विकेटकिपर ) , मायाँक अग्रवाल, निकोलास पुरन , मन्दिप सिंह, मुजिब उर रहमान, रभी बिस्नोइ, क्रिस जोर्डन , मोहम्मद शामी, सिमरन सिंह, अर्शदिप सिंह

IPL मा आज २ खेल : कोलकाता र बैंगलोरसंग चेन्नाई र पन्जाबलाई जित्ने दबाब

करन केसीको ७ उत्कृस्ट बलिंग प्रदर्शन

“म कप्तानीको मजा लिईरहेको छु” – ऐयर

लगातार तेश्रो जितपछि मुम्बईलाई पछि पार्दै दिल्ली शिर्षमा

नेपाली क्रिकेट टिमलाई कस्तो प्रशिक्षक आवस्यक छ ?

सन्दिप र सुनम सहभागी ‘लंका प्रिमियर लिग’ ड्राफ्ट नयाँ मितिमा हुने

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy