IPL : लयमा रहेको दुई टिम बैंगलोर र कोलकाता खेल्दै, हेड टु हेडमा को अघि

२०७७ आश्विन २६, सोमबार १२:२५

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत सोमबार २८ औं खेलमा बिराट कोहलीको कप्तानिमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले दिनेश कार्तिकको कप्तानिमा रहेको कोलकाता नाइट राइडर्सको सामना गर्दैछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ।

दुबै टोलि यस अघि समान ६ खेलमा ४ जित र २ हारपछि नेट रन रेटको आधारमा तेस्रो (कोलकाता) र चौथो स्थानमा (बैंगलोर) छन्। आजको खेलमा जित हात पार्दै दुबै टोलि शिर्ष ४ मा स्थान स्थान मजबुत पार्न चाहन्छन्।

कोलकाता :- पहिलो खेलमा मुम्बई विरुद्ध ४९ रनले पराजित भएपछि कोलकाताले  हैदराबाद विरुद्ध ७ विकेटको तथा राजस्थान विरुद्ध ३७ रनको जित दर्ता गरेको थियो। चौथो खेलमा दिल्लीसंग १७ रनले पराजित भएपछि चेन्नाई विरुद्ध १० रनले तथा छैटौं खेलमा पन्जाब विरुद्ध २ रनले विजयी भएको थियो।

कोलकाताका लागि युवा ब्याट्सम्यान शुभमन गिलको प्रदर्शन खास रहेको छ। ओपनिंगमा उनको साथ राहुल त्रिपाठीले दिनेछन्। नितिष राणाको प्रदर्शनमा कोलकाता स्थिरता चाहन्छ। पछिल्लो खेलमा पन्जाब विरुद्ध कप्तान कार्तिकको ब्याटबाट रन बन्नु कोलकाताको लागि सुखद पक्ष हो। मोर्गानको लय राम्रो रहदा कोलकाताको मिडल अर्डर मजबुत बनेको छ। आन्द्रे रसेल र सुनिल नारायण जस्ता विस्फोटक ब्याट्सम्यानको प्रदर्शन देख्न बाँकीछ।

बलिंगतर्फ जारी सिजन पन्जाब विरुद्ध पहिलो खेल खेलेका प्रसिध कृष्णाले ३ विकेट लिएका थिए जुन कोलकाताको लागि राम्रो पक्ष हो। प्याट कमिन्सको किफायती बलिंग, आन्द्रे रसेल र सुनिल नारायणको निर्णायक मोडमा सम्हालिएको बलिंगका कारण कोलकाताले जित निकाल्न सकेको छ। वरुण चक्रवती र कमलेश नगरकोटीले राम्रो बलिंग प्रदर्शन गर्दा कप्तानलाई सहज भएको छ।

बैंगलोर :- पहिलो खेलमा हैदराबाद विरुद्ध १० रनको जित दर्ता गरेको बैंगलोर दोस्रो खेलमा पन्जाब विरुद्ध ९७ रनको फराकिलो अन्तरले पराजित भएको थियो। त्यसपछि बैंगलोरले मुम्बईलाई सुपर ओभरमा तथा राजस्थानलाई ८ विकेटले पराजित गर्यो। त्यसपछि दिल्लीसंग ५९ रनको हार बेहोरेको बैंगलोरले त्यसपछि चेन्नाईलाई ३७ रनले पराजित गर्यो।

चेन्नाई विरुद्ध ९० रनको पारी खेलेका कप्तान कोहलीको फर्म टिमको लागि सुखद पक्ष हो। ओपनर देभदत्त पडिक्कलको परिपक्व ब्याटिंग र शिभम दुबेको लामो शट प्रहार गर्नसक्ने खुबीले बैंगलोरको ब्यटिंग मजबुत बनाउछ। राम्रो लयमा रहेका एबि डिभिल्लियर्सको ब्याटबाट रन बन्नु महत्त्वपूर्ण हुन्छ। एरोन फिन्चको प्रदर्शन देख्न बाँकी रहेको छ।

जारी सिजन बैंगलोरको बलिंग प्रदर्शन शानदार रहेको छ। वासिङ्टन सुन्दरले पावरप्लेमा किफायती बलिंग गर्दै विपक्षी टोलिलाई सुरुवाती झट्का दिने गरेका छन्। इसुरु उदाना र नभदिप सैनी महत्वपूर्ण विकेट लिन सक्षम छन् जो डेथ ओभरमा कसिलो बलिंग गर्ने गर्छन्। जारी सिजन चेन्नाई विरुद्ध पहिलो खेल खेलेका क्रिश मोरिसले ३ विकेट लिएका थिए जसको आगमनसंगै बैंगलोरको बलिंग अझ मजबुत देखिन्छ। युजवेन्द्र चहलको चतुर बलिंगका कारण विरोधी टोलि मिडल ओभरमा दबाब बन्ने गर्छ।

हेड टे हेड :- हालसम्म यी दुई टोलिबीच कुल २५ पटक प्रतिस्पर्धा भएको छ जसमध्ये १५ खेलमा कोलकाता विजयी हुँदा बैंगलोरले १० खेलमा जित हात पारेको छ। गत सिजन दुबै टोलिले समान एक-एक खेल जितेका थिए। कोलकाताले ५ विकेटको तथा बैंगलोरले १० रनको जित दर्ता गरेको थियो।

खेल हुने मैदान :- हालसम्म शारजाह स्टेडियममा ५ खेल खेलिएको छ। कोलकाताले दिल्ली विरुद्ध यसै मैदानमा खेलेको थियो जुन खेलमा १८ रनले पराजित भएको थियो। बैंगलोरले शारजाह स्टेडियममा आज आफ्नो पहिलो खेल खेल्दैछ।

पहिलो इनिंग औशत स्कोर :- २१२ ( जारी प्रतियोगिमा), लक्ष्य पछ्याउदाको रेकर्ड :- विजयी-१, हार-४, बराबरी-०

टिममा हुन सक्ने परिवर्तन :-

बैंगलोर :- पछिल्लो खेलमा एकपक्षीय जित निकालेको बैंगलोरले सोही टिम मैदान उतार्न सक्छ। चेन्नाई विरुद्ध टसको क्रममा कप्तान कोहलीले बैंगलोरले सुरु बाटै चाहेको अन्तिम-११ यहि हो भनेर भनेका थिए जुन क्रिस मोरिसको चोटको कारण सुरुवाती खेलहरुमा सम्भव भएको थिएन। सन्तुलित देखिएको बैंगलोरले परिवर्तन गर्न चाहदैन।

बैंगलोरको सम्भावित ११ : एरोन फिन्च, देभदत्त पडिक्कल, बिराट कोहली, एबि डि भिल्लियर्स, गुरकिरत मान सिंह , शिभम दुबे, वासिङ्टन सुन्दर, इसुरु उडाना, क्रिस मोरिस , युजभेन्द्र चहल, नभदिप सैनी

कोलकाता :- कोलकाताले पछिल्लो खेलमा युवा खेलाडी शिभम माभिको राम्रो बलिंग प्रदर्शन बाबजुद प्रसिद्ध कृष्णलाई मौका दिएको थियो जसले ३ विकेट लिएका थिए। कोलकातासंग बलिंग विकल्प प्रशस्त रहदा माभिले बेञ्चमै चित्त बुझाउनु पर्ने हुन्छ। यद्यपि टिमले कमलेस नगरकोटीको स्थानमा उनलाई मौका दिनसक्छ। अन्यथा टिमले परिवर्तन गर्न चाहदैन। आन्द्रे रसेल पछिल्लो खेलमा चोटका कारण मैदान बाहिरिएका थिए। उनी फिट नभएको अवस्थामा टम ब्यान्टन या लकी फर्गुसनले मौका पाउन सक्छन्। सुनिल नारायणलाई रेस्ट दिन चाहेको खण्डमा क्रिस ग्रिनले मौका पाउन सक्छन्।

कोलकाताको सम्भावित ११ : शुबमन गिल, सुनिल नारायण, नितिश राणा, दिनेश कार्तिक ( कप्तान/विकेटकिपर ) ओएन मोर्गन, आन्द्रे रसेल, प्याट कमिन्स, प्रसिद्ध कृष्ण, कमलेश नगरकोटी/शिभम मावी, राहुल त्रिपाठी, वरुण चक्रवर्ती

लयमा रहेका ४ खेलाडी :-

१. बिराट कोहली : सुरुवाती खेलहरुमा रन बनाउन संघर्षरत रहेका कप्तान कोहलीले त्यसपश्चात राजस्थान र चेन्नाई विरुद्ध शानदार प्रदर्शन गरेका थिए। लयमा फर्किएका कोहलिले पछिल्लो खेलमा चेन्नाई विरुद्ध ५३ बलमा ९० रनको अविजित पारी खेलेका थिए।

२.दिनेश कार्तिक : कोलकाताका कप्तान कार्तिकको सुरुवाती खेलहरुमा खराब प्रदर्शन रहेको थियो। पछिल्लो खेलमा पन्जाब विरुद्ध उनले २९ बलमा ५८ रनको विस्फोटक पारी खेल्दै लयमा फर्किएका थिए।

३. वासिङ्टन सुन्दर : बैंगलोरका युवा अल-राउण्डर सुन्दरले पावरप्लेमा कसिलो बलिंग गर्दै विकेट हात पार्ने गर्छन्। उनले पछिल्लो खेलमा फाफ डुप्लेसिस र शेन वाट्सनको महत्त्वपूर्ण विकेट लिएका थिए।

४. प्रसिद्ध कृष्ण : जारी सिजन पन्जाब विरुद्ध आफ्नो पहिलो खेल खेलेका कृष्णले ३ विकेट लिएका थिए। दायाँ हाते तिव्र गतिका बलर कृष्णले राहुल र मायाँक जस्ता लयमाअ रहेका खेलाडीको विकेट लिदैँ कोलकातालाई जितसम्म डोर्याएका थिए।

रोचक रेकर्ड :-

१. आईपिएल बिराट कोहली ५०० चौका प्रहार गर्नबाट ७ चौका र २०० छक्का प्रहार गर्नबाट ३ छक्का टाढा छन्।

२. आईपिएलमा १०० क्याच हात पार्न एबि डि भिल्लियर्स ३ क्याच टाढा छन्।

३. ओएन मोर्गान लिगमा ५० छक्का हिर्काउनबाट ५ छक्का टाढा छन्।

४. लिगमा ५० छक्का प्रहार गर्नबाट सुनिल नारायण ३ छक्का टाढा छन्।

IPL : हैदरावादसंग खेलपछि तेवतियाले कसलाई ठड्याए औंला, जान्नुस विवादको कारण

रोमान्चक खेलमा दिल्लीलाई पराजित गर्दै मुम्बई शिर्षस्थानमा

छक्का हान्दै राजस्थानलाई जिताएपछि परागको रोचक नृत्य, खेलपछि बताए रहस्य

तेवतिया र परागको उत्कृस्ट साझेदारी, रोमान्चक खेलमा राजस्थानद्वारा हैदरावाद पराजित

टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy