युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बुधबार ३९ औं खेलमा ओएन मोर्गन कप्तानीको कोलकाता नाइट राइडर्स र बिराट कोहली कप्तानीको रोयल च्यालेंजर्स बैंगलोरबीच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार रातीको ७:४५ बजे आबुधाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ।
हालसम्म ९ खेल खेलेको बैंगलोर ६ जित र ३ हारपछि १२ अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा छ। बैंगलोरलाई आज जित हात पार्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लने मौका छ। यस्तै, समान ९ खेलमा १० अंक बटुल्दै कोलकाता अंकतालिकाको चौथौं स्थानमा छ। कोलकाता आज जित हात पार्दै शिर्ष-४ मा पर्दै प्लेअफ पुग्ने सम्भावना मजबुत पार्न चाहन्छ।
कोलकाता : नवनियुक्त कप्तान ओएन मोर्गनको नेतृत्वमा रहेको कोलकाता १० अंकसहित चौथौं स्थानमा छ। युवा खेलाडी सुभमन गिलले लगातार रन बनाएता पनि तर ब्याटिंग भने सुस्त रहेको छ। उनलाई अन्य ब्याट्सम्यानले साथ दिनसकेका छैनन्। राहुल त्रिपाठीले सन्तोषजनक प्रदर्शन गरेता पनि स्थिरता छैन। खराब लयमा रहेका नितिश राना रन बनाउन संघर्षरत छन् जसले जारी सिजन ९ खेलमा मात्र १८४ रन बनाएका छन्। पूर्व कप्तान दिनेश कार्तिकले पछिल्लो खेलहरुमा फिनिसिंगको भुमिका राम्रोसँग निर्वाह गरेका छन्। पछिल्लो खेलमा हैदरावाद बिरुद्ध मोर्गन र कार्तिकले राम्रो साझेदारी गरेका थिए। प्रमुख खेलाडी आन्द्रे रसेलको प्रदर्शन अझै देख्न पाइएको छैन। ओएन मोर्गन लयमा रहेका छन् जसलाई मध्यक्रममा साथको आवस्यकता छ। बलिंग अल-राउण्डर प्याट कमिन्सले मुम्बई विरुद्ध अर्धशतक बनाउदै टिमको ब्याटिंग गहिराइ देखाएका छन्। तर बलिंगमा भने कमिन्सले धार देखाउन सकेका छैनन्।
हैदरावाद विरुद्ध सुपर ओभरमा जित हात पारेको कोलकाताका लागि पहिलो खेल खेल्ने क्रममा लकी फर्गुसनले घातक बलिंग गर्ने क्रममा ४ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिएका थिए। उनले सुपर ओभरमा हैदरावादलाई २ रनमा समेट्न ३ बलभित्र २ विकेट लिएका थिए। उनको आगमनले कोलकाताको बलिंग आक्रमण मजबुत बनेको छ। युवा फास्ट बलर शिभम मावीले प्रभावशाली प्रदर्शन गरेका छन्। आन्द्रे रसेलको निर्णायक मोडमा सम्हालिएको बलिंगका कारण कोलकाताले जित निकाल्न सकेको छ। वरुण चक्रवतीले किफायती बलिंग गर्नु साथै महत्वपूर्ण विकेट लिएका छन्। ब्याटिंगमा राम्रो गरेता पनि बलिंगमा कमिन्सको प्रदर्शन सोचे अनुरुप हुन सकेको छैन। सुनिल नारायणको बलिंग याक्सन शंकास्पद पाइएपछि उनको स्थान फास्ट बलर लक्की फर्गुसनले परिपूर्ति गरेका थिए।
बैंगलोर : पछिल्लो खेलमा राजस्थान विरुद्ध ७ विकेटको जित हात पारेको बैंगलोर आफ्नो विजयी लयलाई निरन्तरता दिन चाहन्छ। बैंगलोर निकै सन्तुलित देखिएको छ। जारी सिजन लिगमा डेब्यु गरेका देभदत्त पडिक्क्ल ९ खेलमा २९६ रन बनाउदै प्रभावशाली प्रदर्शन गरेका छन्। उनले बैंगलोरलाई मजबुत सुरुवात दिलाउदा कप्तान बिराट कोहली र एबि डिभिल्लियर्सले त्यसको सदुपयोग गर्दै टिमलाई विशाल योगफलतर्फ डोर्याउने गरेका छन्। एरोन फिंचको प्रदर्शन देख्न बाँकी रहेको छ। क्रिश मोरिसले पन्जाब विरुद्ध ८ बलमा २५ रनको आक्रामक पारी खेलेका थिए जुन बैंगलोरको लागि सुखद पक्ष हो। वासिंगटन सुन्दर, शिभम दुबे र इसुरु उदाना रहेको बैंगलोरको ब्याटिंगमा गहिराई छ।
बैंगलोरको बलिंगमा इसुरु उदाना र नभदिप सैनीको प्रदशन तारिफयोग्य छ। वासिंगट सुन्दरले पावरप्लेमा किफायती बलिंग गर्दै विकेट लिएका छन्। लेग-स्पिनर युजवेंद्र चाहालले महत्वपुर्ण विकेट दिलाएका छन्। मोहम्मद सिराजले सन्तोषजनक प्रदर्शन गर्दा प्रशस्त बलिंग विकल्प छ। क्रिस मोरिसले घातक बलिंग गरेका छन् जसले ४ खेलमा ९ विकेट लिएका छन्।
पछिल्लो भेट : लिग अन्तर्गत २८ औं खेलमा यी दुई टोलिबीच प्रतिस्पर्धा भएको थियो जसमा बैंगलोर ८२ रनको फराकिलो अन्तरले विजयी भएको थियो। शारजाह स्टेडियममा सम्पन्न खेलमा पहिले ब्याटिंग गरेको बैंगलोरले एभि डिभिल्लियर्सको विस्फोटक ७३ रनको पारीको मद्दतमा १९५ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा कोलकाताले मात्र ११२ रन बनाउन सकेको थियो।
हेड टु हेड : हालसम्म यी दुई टोलिबीच कुल २६ पटक प्रतिस्पर्धा भएको छ जसमध्य कोलकाता १५ तथा बैंगलोर ११ खेलमा विजयी भएको छ।
दुबै टिममा हुन सक्ने परिवर्तन :
कोलकाता : पछिल्लो खेलमा चोटिल भएका आन्द्रे रसेलले अन्तिम ओभरमा १८ रन जोगाउन सकेका थिएनन्। ब्याटिंगमा फ्लप भएका रसेलको चोट गम्भिर रहेको खण्डमा सुनिल नारायणले पुन: स्थान पाउन सक्छन्। अन्यथा, टिमले अन्य परिवर्तन गर्नुपर्ने देखिदैन।
कोलकाताको सम्भावित ११ : सुभमन गिल, राहुल त्रिपाठी, नितिस राना, ओएन मोर्गान, दिनेश कार्तिक, आन्द्रे रसेल/सुनिल नारायण/क्रिस ग्रिन , प्याट कमिंस, सिभम माभी, लकी फर्गुसन, कुलदिप यादव, वरुण चक्रवर्ती
बैंगलोर :- एरोन फिन्चको खराब प्रदर्शनका कारण टिम सोच्न बाध्य हुनेछ। तर, राम्रो नतिजा निकालेको बैंगलोरले परिवर्तन गर्नुपर्ने देखिदैन।
बैंगलोरको सम्भावती ११ :- एरोन फिन्च, देभदत्त पाडिक्कल, बिराट कोहली, एबि डि भिल्लियर्स, गुर्किरन सिंह, शिभम दुबे, वासिङ्टन सुन्दर, इसुरु उदाना, युजभेन्द्र चहल, नवदिप सैनी, क्रिस मोरिस
रोचक रेकर्ड :-
१.लिगमा १००० रन पूरा गर्नबाट राहुल त्रिपाठी ७४ रन टाढा छन्।
२. लिगमा १०० क्याच समात्नबाट एबि डिभिल्लियर्स २ क्याच टाढा छन्।
३. लिगमा २००० रन पूरा गर्नबाट एरोन फिन्च ५८ रन टाढा छन्।
लाराद्वारा पन्जाब कप्तान केएल राहुलको तारिफ
हारका बाबजुद कीर्तिमानी ब्याट्सम्यान धवन बने ‘प्लेयर अफ द म्याच’
दिल्ली कप्तान ऐयरले बताए पन्जाबसंग हारको कारण
मुख्य प्रशिक्षक राजपुत बिनै पाकिस्तान पुग्यो जिम्बाब्वे क्रिकेट टिम