कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै राजस्थान रोयल्सले आईपीएल १४ मा दोश्रो जित दर्ता गरेको छ।
मुम्बई स्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा कोलकाताले दिएको १३४ रनको लक्ष्य १८.५ ओभरमा ४ विकेट गुमाएर भेटायो।
लक्ष्य पछ्याउने क्रममा ओपनर जोस बटलर ५ रन बनाएर आउट भएपछि तेश्रो नम्बरमा आएका सन्जु स्यामसनले अर्को किनारमा विकेट गुमेता पनि एक किनार सम्हाले। अर्का ओपनर यसस्वी जैसवाल २२ रन बनाएर आउट भए पछि तेश्रो विकेटको लागि स्यामसनले शिभम दुबेसंग ४५ रन जोडे। ११ औं ओभरमा २२ रन बनाएर दुबे आउट भए भने १४ औं ओभरमा ५ रन बनाएर राहुल तेवतिया आउट भए। त्यसपछि स्यामसनले डेभिड मिलरसंग अविजित ३४ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।
कप्तान संजु स्यामसनले अविजित ४२ रन बनाए जुन क्रममा ४१ बलमा २ चौका र १ छक्का प्रहर गरे। डेभिड मिलरले २३ बलमा ३ चौका मद्दतले अविजित २४ रन बनाए।

कोलकाताको बलिंगमा वरुण चक्रवर्तीले सर्वाधिक २ विकेट ( ४-०-३२-२ ) लिए। शिभम माथि ( ४-०-१९-१ ) र प्रसिध कृष्णा ( ३-०-२०-१ ) ले समान १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १३३ रन बनाएको थियो।
कोकताको लागि राहुल त्रिपाठीले सर्वाधिक ३६ रन, दिनेश कार्तिकले २५ रन, नितिश रानाले २२ रन, शुबमन गिलले ११ रन तथा प्याट कमिन्सले १० रन योगदान दिए। इनिंग्सको सुरुवात देखि कोलकाताले लगातार विकेट गुमाउन पुगेको थियो।
राजस्थानको बलिंगमा क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २३ रन खर्चिए। मोरिसले आन्द्रे रसेल, दिनेश कार्तिक, प्याट कमिन्स र शिभम माभीको विकेट लिए जयदेव उनदकत, चेतन सकरिया र मुस्तफिजुर रहमानले समान १ विकेट लिए।

अंकतालिका : जित पछि राजस्थान पुछारबाट छैठौं स्थानमा उक्लने क्रममा ५ खेलमा २ जित र ३ हार पछि ४ अंक भएको छ। कोलकाता भने ५ खेलमा १ जित र चौथो हार पछि २ अंक सहित पुछारमा रहेको छ।
लिग अन्तर्गत आइतबार दुईवटा खेलहरु हुनेछ। ३:४५ बजे हुने पहिलो खेलमा चेन्नाई र बैंगलोर तथा ७:४५ बजे हुने दोश्रो खेलमा हैदरावाद र दिल्लीले प्रतिस्पर्धा गर्नेछन्।
यो पनि पढ्नुस
https://wicketnepal.com/champ-nepal-team-icc-cover-pic/
https://wicketnepal.com/kushal-pos-6-thula-kirtiman-wn21/
https://wicketnepal.com/nep-vs-ned-final-news-wn21-tri/
