आईपीएल २०२० अन्तर्गत आठौँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै लिगको पहिलो जित दर्ता गर्यो। हैदरावादले दिएको १४३ रनको लक्ष्य मात्र ३ विकेट गुमाएर कोलकाताले पुरा गर्यो। जित सहित कोलकाता अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ। मुम्बईसंग पहिलो खेलमा ४९ रनको ठूलो हार पछि कोलकाताले दोश्रो खेलमा शानदार पुनरागमन गर्यो। खेलमा कोलकाताको जितमा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरु निम्न छन् –
१. प्याट कमिन्स : अस्ट्रेलियन फास्ट बलरले शानदार बलिंग गर्ने क्रममा ४ ओभरमा १९ रन मात्र खर्चेर १ विकेट लिए। उनले पहिलो खेलमा ६१ रन बनाएका हैदरावाद ओपनर जोनी बेयरस्टोको महत्वपूर्ण विकेट लिए। पावरप्लेमा बलिंग गर्ने क्रममा कमिन्सले पहिलो ३ ओभरमा मात्र ११ रन खर्चेर १ विकेट लिएका थिए। कमिन्सको बलिंगले हैदरावादले सुस्त सुरुवात गर्यो। १७ औं ओभरमा चौथो ओभर बलिंग गर्ने क्रममा उनले मात्र ८ रन खर्चिए।

२. ओएन मोर्गन : १४३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाता एक समय ५३/३ को अवस्थामा थियो। कप्तान दिनेश कार्तिक पेभेलियन फर्किएपछि टिमले अर्को विकेट गुमाएको अवस्थामा लक्ष्य पछ्याउन मुस्किल हुन सक्थ्यो। अर्को किनारमा राम्रो ब्याटिंग गरिरहेका शुबमन गिललाई उनले राम्रो साथ दिए र कुनै गल्ति नगरी साझेदारी अघि बढाउदै टिमलाई मुस्किल अवस्था पार लगाए। इंग्ल्यान्ड कप्तानले अविजित ४२ रन बनाउने क्रममा २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

३. वरुण चक्रवर्ती : आईपीएल डेब्यु गरेका लेग स्पिनरले बीचको ओभरमा हैदरावादलाई दबाबमा राखे। उनले डेभिड वार्नरलाई पहिलो ओभरमा खुल्न दिएनन् र स्पेलको दोश्रो ओभरमा वार्नरको विकेट लिए। ३६ रन बनाएर क्रिजमा जमेका वार्नरलाई आफैले क्याच गरेर उनले लिगको पहिलो विकेट लिए। मनिष पाण्डेसंग राम्रो साझेदारी गरिरहेको बेला वार्नरको ठूलो विकेटले मध्यम ओभरमा हैदरावाद दबाबमा आएको थियो। पहिलो २ ओभरमा चक्रवर्तीले मात्र ६ रन दिएर १ विकेट लिएका थिए।

४. शुबमन गिल : २१ वर्षीय दायाँ हाते ब्याट्सम्यानले टिमको उत्कृस्ट पुनरागमन जितमा शानदार ब्याटिंग गरे। ६२ बलमा ५ चौका र २ छक्का बनाएका गिलले अर्को किनारमा विकेट गुमेता पनि निरन्तर क्रिजमा डटिरहे। सुनिल नारायण छिट्टै आउट भए पछि उनले नितिश रानासंग ३७ रनको साझेदारी गरे। त्यसपछि राना र दिनेश कार्तिकको विकेट गुमेपछि उनले ओएन मोर्गनसंग ९२ रनको अविजित साझेदारी गरे। गिल खेलको प्लेयर अफ द म्याच चुनिए।
लिग अन्तर्गत हैदरावादले आगामी खेल सेप्टेम्बर २९ तारिख मंगलबार दिल्ली क्यापिटल्ससंग खेल्नेछ।
IPL : कोलकाताको शानदार जित, हैदरावादको लगातार दोश्रो हार ( अंकतालिका सहित )
चेन्नाईको संघर्षको पछाडी रैनाको अभाव, प्रशिक्षक फ्लेमिंगले स्वीकारे
जितपछि दिल्ली कप्तानले यी खेलाडीहरुलाई दिए श्रेय, धोनीले भने-“खराब खेल रह्यो”
