हैदराबादमाथि सहज जित निकाल्दै कोलकाता तेस्रो पटक च्याम्पियन

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेलमा कोलकाता नाइट राईडर्स सनराइजर्स हैदराबादमाथि सहज जित निकाल्दै तेस्रो पटक च्याम्पियन भएको छ ।

एमए चिदम्बरम क्रिकेट स्टेडियम चेन्नईमा भएको फाइनल खेलमा हैदराबादमाथि ८ विकेटको सहज जित निकाल्दै कोलकाताले तेस्रो पटक लिगको उपाधी जितेको हो ।

हैदराबादले दिएको १ सय १४ रनको लक्ष्य कोलकाताले १० दशमलब ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

कोलकाताका लागि वेंकटेस अय्यरले २६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५२ रनको अर्धशतकीय इनिङ खेले । ओपनर रहमाउल्लाह गुर्वाजले ३२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ३९ रन बनाए ।

दोस्रो विकेटका लागि अय्यर र गुर्वाजले ४५ बलमा ९१ रनको साझेदारी गरे । अर्का ओपनर सुनिल नारायणले २ बलमा १ छक्काको सहयोगमा ६ रन बनाए ।

हैदराबादका लागि कप्तान प्याट कमिंस र शाहबाज अहमदले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबाद १८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय १३ रन मात्र बनाएको थियो ।

हैदराबादका लागि कप्तान प्याट कमिसंले १९ बलमा सर्वाधिक २४ तथा एडेन मारक्रमले २३ बलमा २० रन बनाए । हेनरिक क्लासेनले १७ बलमा १६ तथा नितिश रेड्डिले १० बलमा १३ रन बनाए । हैदराबादका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आइपीएल इतिहासको फाइनलमा बनेको यो नै कम योगफल हो ।

कोलकाताका लागि आन्द्रे रसेलले तीन तथा मिचेल स्टार्क र हर्षित रानाले समान दुई दुई विकेट लिए । वैभव अरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले समान एक एक विकेट लिए ।

२०१२ र २०१४ मा च्याम्पियन भएको कोलकातालाई तेस्रो पटक च्याम्पियन हुन १० वर्ष पर्खनु परेको थियो । कोलकातालाई दुवै उपाधी जिताएका गौतम गम्भिर हाल कोलकाताको मेन्टरको भुमिकामा रहेका छन् ।

समूह चरणमा कोलकाता पहिलो र हैदराबाद दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका थिए । दुवै टोलीबीच यस संस्करणको यो तेस्रो भेट थियो । यसअघिका दुवै भेटमा पनि कोलकाता विजयी भएको थियो ।

समूह चरणको भेटमा कोलकाताले हैदराबादलाई चार रनले पराजित गरेको थियो । पहिलो क्वालिफायरमा हैदराबादलाई नै पराजित गरेर कोलकाताले फाइनलमा स्थान बनाएको थियो । पहिलो क्वालिफायरमा हैदराबाद ८ विकेटले पराजित भएको थियो ।

दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गरेर हैदराबादले फाइनल यात्रा तय गरेको थियो ।

 





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]