“काठमाण्डौ किंग्स एलेभेनलाई परिवारको रुपमा विकास गर्दै आएका छौँ” – सीईओ राज जंङ्ग थापा

नेपालमा फ़्रेन्चाइज् टि-२० लिगहरु केहि वर्ष अघि देखि संचालन हुँदैछ जुन समर्थकहरुमाझ निकै लोकप्रिय रहँदै आएको छ। १ महिना भन्दा पनि कम अवधिमा संचालन हुने लिगले प्रतियोगिता अवधिमा फ्यानहरुको मन त जित्ने काम गर्छ तर त्यसपछि वर्षभरि टिमहरु गुमनाम जस्तो हुने गरेको छ। फ़्रेन्चाइज् लिगका टिमहरु प्रतियोगिता पछि हराउने परिस्थितिमा इपिएलको टिम काठमाडौँ किंग्स-एलेभेनले भने आफुलाई फरक रुपमा प्रस्तुत गरिरहेको छ।

लिग नभएको अवधिमा पनि आफ्नो फ्यानहरुलाई र खेलाडीहरुलाई टिम प्रति नजिक राखीराख्न किंग्स-एलेभेनले वर्षभरि बिभिन्न गतिविधिहरु आयोजना गर्दै आएको छ। किंग्स-एलेभेन यति बेला कर्पोरेट कप इन्डोर क्रिकेट प्रतियोगिता आयोजनाको तयारीमा व्यस्त रहेको छ। आफ्नो बार्षिक कार्यतालिका अनुरुप अगष्ट तेस्रो हप्ताबाट आयोजना हुने प्रतियोगिताले दोस्रो संस्करणमा समेत निरन्तरता पाएको हो। यो वर्ष इपिएल फाल्गुन महिनामा आयोजना हुने भएता पनि किंग्स-एलेभेन अहिले देखिनै लिगको तयारीमा जुटीसकेको छ।

कर्पोरेट कपको आयोजना र किंग्स एलेभेनसंग जोडिएका अन्य विविध बिषयमा टिमका प्रमुख कार्यकारी अधिकृत राज जंङ्ग थापाले विकेटनेपालसंग कुराकानी गर्नुभएको छ-

कर्पोरेट कपको आयोजना गर्न पछाडीको उद्देस्य के हो ?

क्रिकेटलाई योगदान गर्नका लागि काठमाण्डौ किंग्स एलेभेनले हरेक बर्ष ट्यालेन्ट हन्ट, फ्यान्स कप र कर्पोरेट कप जस्ता फरक कार्यक्रम संचालन गर्दै आएको छ र कर्पोरेट कप समेत त्यसकै हिस्सा हो। यस्तै कार्यक्रमलाई अघि बढाउने उद्देश्यले यस प्रतियोगिता समेत संन्चालन हुन लागेको हो। यससंगै काठमाण्डौ किंग्स एलेभेनले आउँदो दिनमा प्रतिभा भएका खेलाडीलाई ट्यालेन्ट हन्ट मार्फत छात्रवृत्तिको योजना समेत अघि सार्दैछौं।

नेपाली क्रिकेटलाई कर्पोरेट क्षेत्रले कसरि सहयोग गर्दै आएको छ ?

नेपालमा हुने अधिकांश घरेलु क्रिकेट प्रतियोगितामा कर्पोरेट क्षेत्रको ठुलै सहयोग रहँदै आएको छ। कर्पोरेट हाउसहरुमा नेपाली क्रिकेट प्रति माया रहेको हामीले पाएकाछौँ र उहाँहरु आफैंपनि क्रिकेट खेल्न चाहानुहुन्छ। त्यहि मर्मलाई बुझ्दै समेत काठमाण्डौ किंग्स एलेभेनले    कर्पोरेट कपको अवधारणा ल्याएको हो।

NIC ASIA - Winner , The First Season of KKXI Corporate Cup
NIC ASIA – Winner , The First Season of KKXI Corporate Cup

दोस्रो संस्करणको कर्पोरेट कपले के नयाँ स्वाद दिंदैछ त ?

पहिलो सिजन प्रतियोगिता राम्रो नै भएको थियो तर हाम्रो लागि पहिलो प्रयास भएकाले केहि सानो तिनो गल्ति भएका थिए र त्यसलाई यस बर्ष सुधार गरेका छौं। यस बर्षको प्रतियोगितामा स्कोरिंगसंगै प्रत्यक्ष प्रसारण गर्ने योजनामा छौं। खेलाडीलाई दिईने अवार्डहरुमा समेत केहि थप गरेका छौं। एक इन्डोर क्रिकेटबाट दिनसक्ने अधिकांश फाइदा दिने प्रयास रहनेछ।

इपिएलका र नेपालका अन्य फ्रेन्चाईज टोलीभन्दा काठमाण्डौ किंग्स एलेभेन कसरि फरक छ  ?

घरेलु क्रिकेटमा अन्य धेरै टोलीहरु हुनुहुन्छ र उहाँहरुले समेत बिभिन्न काम गर्दै आउनुभएको छ तर काठमाण्डौ किंग्स एलेभेनले बर्ष भरिको लागि योजना बनाएर विविध कार्यक्रम ल्याउने गर्छ। कर्पोरेट कप, फयान्स कप, ट्यालेन्ट हन्ट, छात्रवृत्ति योजना जस्ता हाम्रा कामहरु हरेक बर्ष चल्दै आएका छन्। त्यस बाहेकपनि टोलीले निरन्तररुपमा आफ्ना खेलाडीहरुसंग सम्पर्क कायम राख्दै काठमाण्डौ किंग्स एलेभेनलाई एउटा परिवारको रुपमा विकास गर्दै आएको छ।

काठमाण्डौ किंग्स एलेभेन सामजिक संजालमा पनि अघि देखिन्छ नि ?

हो, हामीले हाम्रो फेसबुक, ट्वीटर, यूट्युब जस्ता सामाजिक संजालबाट खेलाडीसंग प्रतियोगिता नहुँदा समेत जोडिंदै आएका छौं। हाम्रा खेलाडीको कुनै राम्रो प्रदर्शनको तारिफ होस् वा जन्मदिन पर्दा होस् वा अन्यकुनै बिषयमा समेत सामाजिक संजालबाट पोस्ट गर्दै आएका छौं। टोलीले आफ्ना खेलाडीमा बिश्वाश राखेको छ र यो बनाइराख्न समेत सामाजिक संजालको ठूलो भूमिका हुन्छ।

ट्यालेन्ट हन्ट र छात्रवृत्ति योजनाका बिषयमा कुरा गर्नु भएको थियो, थप केहि प्रकाश पार्न सक्नुहुन्छ ?

अन्तिम सिजनको ट्यालेन्ट हन्ट पछि हामीले घरेलु क्रिकेटमा धेरै प्रतिभा भएका खेलाडी पायौं। सन्दिप रजाली र सिके पौडेलले त इपिएल खेल्ने मौका नै पाउनुभयो। तर त्यस्ता धेरै खेलाडीहरु छन् जसको टेक्निकमा सुधार आवश्यक छ र मौका कम पाएका छन्। त्यसैले हामीले छिट्टैनै ट्यालेन्ट हन्टबाट आएका केहि खेलाडीहरुलाई भारतका केहि एकेडेमीमा छात्रवृत्तिमा पठाउने योजना बनाएका छौं। तर यसमा केहि समय चाँही लाग्नेछ।

अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?

काठमाण्डौ किंग्स एलेभेनले खेलाडी, समर्थक र सिंगो क्रिकेटलाईनै फाइदा पुग्ने धेरै काम गर्दै आएको छ र गर्दै जाने पनि छ। र हरेक    कार्यक्रममा फयान्सहरुबाट धेरै समर्थन र माया समेत पाएका छौं। आउँदो दिनहरुमा पनि यस्तै समर्थन र साथको अपेक्षा यहाँहरुबाट रहेको छ। धन्यबाद !

 





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]